अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

राजकुमार ह्यारीको बिहेको मिति तोकियो

लण्डन, (रासस/सिन्ह्वा) २०७४ मंसिर २९ गते १२:०७ मा प्रकाशित

बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ । अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको औपचारिक विवाह हुने मिति तय भएको हो ।

केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उहाँहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ । वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो । उहाँहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउनु हुनेभएको छ ।

विवाहपछि उहाँहरू केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नुहुने भएको छ । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुनुहुन्छ । अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू