अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

टिकापुर घटनाका फरार आरोपी रेशम चौधरी कैलाली- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बिआरटीनेपाल २०७४ मंसिर २६ गते १:३९ मा प्रकाशित

कैलाली,२६  मंसिर ।

 

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा डेढ वर्षीय नाबालकसहित भएको आठ जना सुरक्षाकर्मीको सामूहिक हत्याका मुख्य योजनाकारको आरोपमा फरार अभियुक्त घोषित भएका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराउँदै राजपाका उम्मेदवार चौधरी ३४ हजार ३४१ मत सहित बिजयी भएका हुन् ।

बिजयी रेशम चौधरीका प्रतिद्धन्दी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह गरिमाले १३ हजार ४०६ मत मात्र पाइन् भने कांग्रेसकी इश्वरी न्यौपाने ११ हजार २०३ प्राप्त गरेकी छन्् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू