अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४ | Colorodo: 12:09

यो चुनावमा जित्नै पर्ने केही सभासदका उम्मेदवारहरु –  रामभक्त राई

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते ९:०२ मा प्रकाशित

राजनीति वास्तवमै कठिन विषय हो, यसलाई बुझेर पनि बुझ्न सकिन्न किन कि नेता एक तर हजार आकाङ्छा ,हजार कार्यकर्ता ,हजारौँ जनताहरुको असख्य पिडा हुन्छन् तसर्थ ती एक व्यक्तिले सबै जनाको सम्पूर्ण कुरा सम्बोधन गर्न अति नै गाह्रो हुने हुँदा नेता हुन अति नै साहसी ,त्यागी , सक्षम , अनुभबी , कडा , अध्ययन शील , व्यावहारिक हुन अति नै अनिवार्य छ। हामीले कुनै पनि नेताबाट सम्पूर्ण कुरा हामीले खोजे जस्तो पाउदैनौ किन कि उ एक्लैले सोचेर गरेर केही पनि हुँदैन ,उसलाई अन्य ब्यक्त्ती ,समाज , पार्टी अन्य सहपाठिहरुको सहयोग कस्तो रहयो त्यसले धेरै कुरामा महत्त्वपूर्ण भूमिका खेल्छ। तसर्थ म कुनै नेतालाई अनि कार्यकर्तालाई पनि केही नराम्रो दोष दिन चाहन्न। तर यती हो हामी जनताले इमान्दारिताका साथ बिचार  गरेर चुनावमा सभासदको चयन गर्नु पर्दछ। ती सभासदहरु राम्रा सोचका भए भने सम्पूर्ण सभासदहरुलाई जनताको हितको लागि देशको हितको लागि काम गर्न सजिलो हुन्छ फल स्वरूप हामीले गरिखानको लागि राम्रा वातावरण पाउदछौ।

हामीले सभासद् छनौट गर्द कसले कति सम्म साहस गरेको छ , सकरात्मक कोसिस गरेको छ , कसले कतिसम्म निस्स्वार्थ योगदान गरेको छ उक्त कुराको सूक्ष्म अध्ययन गर्नु पर्नेछ नकी कसले कति मिठो भाषण गर्छ त्यसको आधारमा हैन। तसर्थ उनीहरूको कार्य क्षमताको आधारमा देशको लागि समाजको लागि सकारात्मक परिवर्तनको लागि मेरो विचारमा जित्नै पर्ने केही उम्मेदवारहरु:

१ मदन राई – खोटाङ जिल्लाबाट नयाँ शक्तिबाट प्रतिनिधि सभाको लागि उम्मेदवार हुन मदन राई । उनी पेसाले कृषि वैज्ञानिक हुन , तर हृदयबाट स्व-स्फुर्त निस्स्वार्थ समाजसेवी अनि आर्थिक उन्नतिको लागि कृषि नै नेपालको एक मुख्य श्रोत हो भनी विश्वास गरी बोली भन्दा काममा विश्वास गर्ने राजनीतिग्य हुन उनी। उनले खोटाङ जिल्ला को सम्रिदिको लागि कारीब तीन दशक आफ्नो जीवन खर्चेका छन् । उनले खोटाङ जिल्ला बासीलाई कृषि बाट आफ्नो जीवन स्तर सुधार्न सकिन्छ भनेर कृषि सम्बन्धी विभिन्न उपाएहरु सिकाएर , आफ्नो ज्ञानलाई बाडेर, निःशुल्क बिउ बाडेर सदा खोटाङ्गेको निम्ति आफ्नो उपस्थिति जनाएका छन्। उनकै प्रयासका कारण आज खोटाङ जिल्लाले कृषिमा फडको मारिरहेको छ। तसर्थ कतिपय खोटाङबासी व्यावसायिक कृषक हुन सुरु भाईसकेको छ। यसलाई अझ आधुनिकिकरण गराउन सके खोटाङ जिल्लाले कृषिबाटै आर्थिक उन्नति गर्ने कुरामा दुइमत छैन। तर यसको लागि सम्पूर्ण खोटाङ बासीको ऐक्यबद्दता अनि खोटाङ बासीले मदन राईको अभियानमा सहभागिता जनाउनै पर्छ र अहिलेको अपरिहार्यता भनेको मदनलाई बिना कुनै स्वार्थ बिना पूर्वाग्रह मतदान गरी विजय गराउनु हो। उनले भनेका छन् जुन सम्भव पनि छ हलेसि महादेबिस्थनको देशव्यापी अनि अन्तरराष्ट्रियस्तर सम्म प्रचार प्रसार गर्ने अनि त्यसको सही सदुपयोग गरी पर्यटकीय स्थल बनाउने हलेसिलाई जुन गर्नको लागि पनि सम्पूर्ण खोटाङ बासीको सहभागिता चाहिन्छ र त्यस सहभागिताको निम्ति पनि नेतृत्व दिन सक्ने सिपालु व्यक्ति मदन राई नै हो किन कि उनी मात्र यस्ता खोटाङगे उम्मेदवार हुन जसले उच्च ओहोदाका ब्यक्तिसङ्ग काम गरेका छन् अनि उनी अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यक्ति हुन। तसर्थ खोटाङमा उनको विकल्प अरू कोही हुनै सक्दैन।

 

२, गगन थापा- गगन थापा नेपाली राजनीतिका सबै भन्दा उर्जावान साहसी अनि प्रगतिशील युवा नेता हुन। अहिलेको पुस्तामा रिस्क लिन सक्ने नेतृत्व दिन सक्ने अनि सिर्सस्थ नेताहरूलाई खबरदारी गर्न सक्ने होनहार राजनीतिग्य हुन गगन थापा। जुन बेला सिङ्गो काङ्रेस सबैधानिक राजतन्त्र मा  विश्वास गर्थ्यो त्यो बेलामा विद्यार्थी नेताको हैसियतमा रहेर पनि सिङ्गो पार्टीको व्हिप विपरीत गणतन्त्रको पक्षमा लडने हिम्मतिला व्यक्ति हुन उनी। उनीहरूको सिङ्गो पुस्तामा पार्टीको नेतृत्व अब नयाँ पुस्तामा हुनुपर्छ भनी आफ्नो राजनीतिलाई नै दाउमा राखी पार्टीको महामन्त्रिमा उम्मेद बारी दिई नेपाली राजनीतिको  पुरानो परम्परालाई तोडन हिम्मत गर्ने साहसी एक मात्र नेपाली राजनीतिका व्यक्ति हुन उनी। नेपालमा अस्पताल खुलेको धेरै वर्ष भए पनि बिना नियम कानुन नै चलिरहेको अवस्थामा नेपालको स्वास्थ्य सम्बन्धी नियम कानुन बनाइ नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने पहिलो स्वास्थ्य मन्त्री हुन उनी। उनी मात्र एक यस्तो व्यक्ति हुन नेपाली राजनीतिमा जसले परिवारबादलाई ठाडो चुनौती दिएका छन् आफ्नो ससुरा विरुद्ध उम्मेदवारी दिएर। म ठोकुवाका साथ भन्छु उनको दौतरिमा उनी जतिका सक्षम , साहसी , दूरदर्शी अरू कोही छदै छैन तसर्थ उनको जित भनेको नयाँ पुस्ताको जित हो, हिम्मतिला व्यक्तिहरूको जित हो , चाकरी चाप्लुसी विरुद्ध गतिशीलताको जित हो।

 

३, लालबाबु पण्डित – लालबाबु पण्डित यस्तो व्यक्ति हो ,यस्तो अपबादको मन्त्री हो, जसले तलब भत्ता मात्र खान मन्त्री हुनेहरुलाइ दरिलो झापड हानेका छन्।  उनले एक मन्त्री इमान्दार भयो भने साहसी भयो भने सक्षम भयो भने कति सम्म राज्य व्यवस्थामा सुधार ल्याउन सक्छ भनेर एक उदाहरण पेस गरेका छन् नेपाली राजनीतिमा अनि उनले सम्पूर्ण नेताहरूमा अति गरुङ्गो प्रेसर छोडेका छन् आफू मन्त्री हुँदा नेपालको सम्पूर्ण प्रशासनिक क्षेत्रमा अपत्यारिलो परिवर्तन गरेर अब उसले गरेको त्यो सकारात्मक परिवर्तनलाई कसैले पनि तोड मोड गर्न सक्ने वाला छैन । तसर्थ यस्तो नेपालको अतुलनिय काम गर्न सक्ने व्यक्ति अनि सम्पूर्ण नेपालीहरूको निम्ति आशाको श्रोत लालबाबु पण्डितले चुनाव जित्नु भनेको देशमा भएका नराम्रा कुरितिहरुको अन्त्य भई कानुन सम्मत राष्ट्रको निर्माण हुनु हो। यसरी उनी जस्ता व्यक्तिको जित हुनु भनेको अन्य राम्रा व्यक्तिहरूलाई अझ धेरै हौसला प्रदान गर्नु हो, अनि नराम्रा सोच भएका व्यक्तिहरूलाई पनि सही बाटोमा आउन प्रेरणा दिनु हो। तसर्थ देशमा सुशासनको निम्ति लालबाबुको जित अप्रिहार्य छ।

 

४, जनार्दन शर्मा- जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा नेपालमा लोडसेट्टिङ नै हटयो जुन धेरै मान्छेहरूले कल्पनानै गरेका थिएनन। तसर्थ उनले कर्मचारीहरूलाई सही बाटोमा हिडाउन अनि सही काम गराउन खेलेको सकारात्मक भूमिकालाई हामीले सम्मान गर्नै पर्छ। उनले जसरी आ- आफ्नो विभागमा सबै मन्त्रीले सफल हुन सके हाम्रो देश कति सुन्दर हुन्थ्यो होला। तसर्थ उनको यो उत्तरदायित्व बहन गर्न सक्ने क्षमतालाई हामीले समर्थन गर्नु भनेको सम्पूर्ण राम्रा मान्छेहरूको  समर्थन गर्नु हो । तसर्थ उनलाई भोट नगर्नको लागि अन्य बिकल्पै देख्दिन म।

हुन त नेपाली राजनीतिमा अन्य धेरै व्यक्तिहरू पनि निस्स्वार्थ भावनाले देश र जनताको लागि लागिरहेका छन् उनीहरू पनि सबैको सही मूल्याङ्कन गरोस नेपाली मतदाताले । देशको भलो चाहने अनि क्षमता भएका कोही पनि नहारुन । तर सबै भन्दा मुख्य कुरा के हो भने दश जना राम्रा मान्छे हारे पनि एक जना नराम्रा भ्र्स्ट गुण्डा अनैतीक व्यक्तिले चुनाव नजितुन किनकि एक वटा कुहिएको आलुले बोराकै आलु लाई कुवाउछ तसर्थ नराम्रा व्यक्तिलाई पराजय अनि राम्रा व्यक्तिलाई विजय गराउ। जय नेपाल

प्रतिक्रिया