अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

अनेसास न्यूयोर्कमा लक्ष्मी जयन्तीको अवमुल्यन गर्दै पदाधिकारी चयन- विष्णु सिंह (बैजु)

बिआरटीनेपाल २०७४ कार्तिक २१ गते २३:०० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाज न्यु योर्क च्याप्टरको कार्यक्रममा लक्ष्मी जयन्ती प्रमुख कार्यक्रमको रूपमा रहेको छ । त्यसैले समाजले सदैव दीपावली अगाडी लक्ष्मीपुजाका दिन जन्मेका महाकवि देवकोटाको जन्मजयन्ती निकै रोचक तरिकाले भब्यरुपमा आयोजना गरी मनाउदै आएको थियो । यसको ज्वलन्त उदाहरण सन २०१५ मा विकास विष्ट नेतृत्वले आयोजना गरेको लक्ष्मी जयन्ती अहिले पनि युट्युबमा हेर्न सकिन्छ । त्यसतै गरी गत साल २०१६ मा विजय शिम र मणी बांगदेलले नेपाली कन्सुलेट कार्यालयमा सञ्चालन गरेको हर्षोउल्लासमय लक्ष्मी जयन्तीको भिडियो केन्द्रीय सदस्य विकास विष्टले हेरेका पनि छ्न । लक्ष्मी जयन्तीका दिन एक से एक कविबर कवियत्रीहरुले आफ्ना विशिष्ट रचनाहरू प्रस्तुत गरेर महाकविलाई सम्झना गरेको मिठो याद सबैको मनमा अझै ताजै रहेको छ ।

तर गत अक्टोबर २९ तारिखका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्यापटर “बेला न कुबेला बजी नेला” भन्ने उक्खान चरितार्थ गर्ने लक्ष्मी जयन्ती आयोजना गर्‍यो । लक्ष्मी पूजा सकिएर नयाँ वर्ष सन २०१८ कुरिरहेको बेला वर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव शकुन ज्ञवालिले आफ्नो पदावधी लमब्याउने उदेश्यका साथ बेमौसमको लक्ष्मी जयन्ती आयोजना गरिएको रहेछ ।

सबै सदस्यहरूको इमेल ठेगाना अनेसाससंग सुरक्षित हुँदाहुँदै त्यसलाई उपयोग नगरी आफ्नो आशेपासेलाई मात्र खुस्सुक फेसबुक मार्फत जानकारी गराई, मन नपर्नेहरुको फेसबुक ब्लक गरेर् निम्न कार्यक्रमहरू गर्ने भनी डाकियो:
१. महाकवि प्रति श्रद्धासुमन,
२. रचना वाचन तथा विविध कार्यक्रम

तर कार्यक्रममा रचना सुन्ने, सुनाउने र महाकविलाई श्रधान्जली अर्पण गर्ने व्यवस्था गरिएको रहेनछ । यसरि बेमौसमको लक्ष्मी जयन्ती आयोजना गरेर लक्ष्मी प्रसाद देवकोटाको अवमुल्यन गरियो । यो आयोजना गर्नुको मुख्य उद्देश्य आफ्नो कार्यकाल समाप्त हुन लागेकोले फेरी लटरपटर जालासाज गरी आफू पदमा झुण्डिरहुनु बाहेक अरू कुनै उद्देश्य देखिएन ।

साहित्य रचना त्यागेर भिन्तुना क्यालेण्डर अध्यक्षलाई उपहार:
विगतका लक्ष्मी जयन्तीका मिठो याद् बोकेका सहभागीहरू रचनाहरू सुन्ने र महाकविलाई क्ष्रन्दाजली चढाउने लालसा बोकी आ-आफ्नो रचनाहरू लिएर कार्यक्रममा पुगे । मिठो रचना सुन्ने लालसामा चन्दा पनि दिए । केही बेर अनावश्यक टाउको दुख्ने भाषण पनि सुने । तर रचनाहरू प्रस्तुत गर्ने र महाकविलाई सम्झना गर्ने कुनै व्यवस्था नै रहेनछ । त्यसको सट्टामा अजय न्याछोँले अध्यक्ष राजेन्द्र श्रेष्ठलाई भिन्तुना क्यालेण्डर उपहार दिने कार्यक्रमा पो राखिएको रहेछ । सोही अनुसार महासचिव शकुनले रोचक तरिकाले उपहार प्रस्तुत गर्न आब्वान गरिन र अजयले राजेन्द्र श्रेष्ठलाई गड्गडाहट तालिका साथ एकदर्जन जति नयाँ वर्षको भिन्तुना क्यालेण्डर उपहार दिए ।

वर्तमान व्यवस्थापनले बेलाबेलामा नेपाली साहित्यको नाममा कहिले भ्यालेन्टाइन, कहिले अङ्ग्रेजी कविता त कहिले नेवारी क्यालेन्डर प्रचार गर्ने कार्यक्रम गरेर मुख्य भाषा साहित्यको आधार स्तम्भ रचनाहरुलाई दबाए पछि कसरी यो खास नेपाली राष्ट्रिय भाषा साहित्यको विकास र बिस्तार हुन्छ कुनै सदस्यले बुझन सकेका छैनन् ।

आजिवन सदस्यहरूलाई खबर नै नगरी धाँधलिपुर्ण तरिकाले स्वघोषित अध्यक्ष र उपाध्यक्ष:
साहित्य समाजमा दुई वर्षको पदावधी रह्ने कार्य समिति हुने व्यवस्था यसको विधानले व्यवस्था गरेको छ । सोही अनुसार सन २०१३-२०१५ मा विकास विष्टको नेतृत्वमा न्यु योर्क च्याप्टर चयन भएको थियो । विष्टले आफ्नो कार्यभार बुझेका थिए । आफू संस्थाको कार्य गर्न जिम्मेवारी पाएकोले निष्पक्ष र स्वच्छ तरिकाले कार्य गर्नु पर्छ भन्ने मान्यता राखी कार्य गरी आफ्नो सुनौलो इतिहास बनाउन सफल भए ।

त्यसपछि २०१५-२०१७ को लागी आएको वर्तमान राजेन्द्र नेतृत्वले भने आफै संस्था हो र संस्थामा आफूले जे गरे पनि हुन्छ भन्ने मनसाय बनाए । यो नेतृत्व आउना साथै अनेसासलाई चासो नै नभ्एको यहाँका ब्यापारीहरुले लगानी गरेको, जस्तो अहिले गायक शिव परियारको टोलीले गरेका छ्न । भूकम्प पीडित नाटक कलाकार भु. पु. हरि बहादुरलाईलाई सम्मान गर्ने नाममा आफूले नै कार्यक्रम गरेको जस्तो गरी प्रचार गरेर प्रश्ंसा बटुल्न थालियो । अनेसास एक गैर्ह नाफामुलक संस्थाले भुकम्पपिडितको नाम जोडेर प्रचार गरे पछि नेपालका पीडितले सहयोग पाउने आशा गर्नु स्वभाविक नै भयो । तर पछि पीडितले दुई कौडी सहयोग नपाए पछि अमेरिकामा अनेसासले भूकम्प पीडितको नाम भजाएर कमाई खायो भन्ने आरोप अनेसासलाई लगाए । यस्तो कलंकलाई महासचिव शकुनले आफ्नो कार्यकलको प्रगति भनी प्रगति विवरण सुनाइन ।

त्यति बेला नेपालका ख्याती प्राप्त महानायक राजेश हमाल यही न्यूयोर्कमा कार्यक्रम गरिरहेका थिए । यदि कलाकारलाई सम्मान गर्ने हो भने अनेसासले किन उनलाई सम्मान गरेन ? नेपाली कन्सुलेटका सरकारी साहित्यकार र अनेसासका केन्द्रीय सल्लाहकार तथा बोर्ड अफ ट्रष्टिले बुझ्न जरुरी छ, “के कलाकारलाई सम्मान गर्ने भनेको नाताबाद फरियाबादको आधारमा गर्ने हो ?”

गत अक्टोबर २९ तारिख लक्ष्मी जयन्ती गर्नुको उद्देश्य आजिवन सदस्यहरूले उनीहरूलाई भोट नदिने बुझे पछि छ्लकपट गरेर कसैलाई चुनावको खबर नै नगरी, “लौ चुनावमा कोही पनि भाग लिन आएन भनी बहाना बनाएर, आफ्ना आशे पासे चुनाव आयुक्त बनेको पनि देखाए र अनि तिनैबाट खादा र टिका लगाएर स्वघोषित फेरी क्रमशः अध्क्षय र उपाध्यक्ष राजेन्द्र श्रेठ र कुशन बने । योग्य पदाधिकारी छनौट गर्ने नपाउने यस्ता आजिवन सदस्यहरू त सिर्फ तमासा हेर्ने लाटोपुङो जस्तो पो भयो । यो जस्तो अनेसासका आजिवन सदस्यहरूको ठाडो अपमान अरू के होला ?

“सदस्यहरूलाई अचम्म लागेर आयुक्तलाई “तपाइले कसरी निर्णय गर्नु भयो ? हामीले त चुनावको जानकारी पाएका छैनौ र भोट पनि हालेका छैनौ” “तपाइले हाम्रो नाम देख्नु भयो भन्दा” राजेन्द्रले दिएको नाम लिष्टमा त्यो त देखिएन्” भने । अनि आजिवन सदस्यहरूको नाम त अनेसासको वेबसाइटमा छ नि हेर्नु भएन भन्दा, “हेरिएन” भने । केन्द्रका बोर्ड अफ ट्र्ष्टी र सल्लाह्कारले बुझ पचाएर धुँआधार भाष्ण गर्दै राजेन्द्र श्रेठ र शकुनलाई टिका र खादाले सम्मान गर्नुले त राणाकालिन श्री ३ महाराजको नियुक्ति भन्दा बढी तानाशाही नियुक्ति देखियो । यसरि समयमा लक्ष्मी जयन्ती समयमा आयोजना गर्न नसकेर असफल हुन पुगेका राजेन्द्र र शकुन जस्ता ब्यक्तिह्ररु पुन प्रमुख पदमा अप्रजाअतान्त्रीक तरिकाले चयन हुने हो भने अनेसास र साहित्यले कसरी विकास गर्ला ?

अनेसासका महासचिव गोबर्ध्न पूजा जस्तो गरिमामय व्यक्ति, विकास विष्ट, गीता खत्री जस्ता ख्याती प्राप्तिको एक उचाइ हासिल गरेका व्यक्तिहरू स्मेतले आँखा चिम्लेर गलत कुरालाई बढावा दिने हो भने कसरी साहित्य र समाजको विकास होला ? यसको जवलन्त उदाहरण त गुल्मीको गाउतिर वा पर्वतको पाखातिरको जस्तो आरथिक विवरण सुनेरै सदस्यहरूले “नाम बढे दर्शन छोटे” अनुमान गरे । के यही हो अमेरिकाको इंजीनियर राजेन्द्र अधक्षय भएको संस्थाको आरथिक विवरण? यो एक अन्तरअष्ट्रीय संस्था हो । यसको अलिकित स्तर त देखिनु पर्‍यो नि ।

विगतको सुरुको अवस्थामा लल्लुपन्जु जुन तरिकाले चलेको भए पनि अहिले त यहाँ एक से एक डाक्टर्, वकिल, प्रोफेसर्, ईन्जिनिएर्, पत्रकार्, बुद्धिजीवी प्रशस्त छ्न । के अहिले पनि अमेरिकाको न्यु योर्क सहरमा यो संस्थलाई गाँउले तरिकाले चलाउन सुहाउला ? सदस्यहरू सबैको इमेल ठेगाना सदस्यता लिदा राखिएको छ । के यो संस्थाले आफूले कार्यक्रम गर्दा इमेल मार्फत सबैलाई सूचना पठाउन जानेको छैन ?

साहित्य सृजना गर्नु एक प्रकारको सीप, कला हो भने संस्थालाई व्यवस्थापन गर्न बेगलै प्रकारको शिप्, कला खुबी आवस्यक्ता पर्द्छ । २०१७-२०१९ को पदधिकारी धाँधलिपुर्ण छ । यहाँ कुनै साथी प्रति कुनै व्यक्तिगत मनमुटाव वा दुर्भाव छैन । जो सुकै सदस्य साथीहरू ले बहुमत विश्वासको मत लिएर पद प्राप्त गर्नु सकिन्छ । अनि त्यस्ता ब्यकतित्वहरुले संस्थालाई निष्पक्ष तरिकाले चलाई प्रगति गराउनु सक्नु पर्‍यो । अहिलेको अधोगती तिर लम्केको संस्था प्रगति पथमा लग्नु पर्‍यो । यो अमेरिका हो नेपालको गाउँ होइन । अनेसास जस्तो बौधिक संस्थमा अप्रजातान्त्री क प्रक्रियाले पद प्राप्त गर्नु निकै लज्जास्पद कार्य हो । धाँधलिपुर्ण तरिकले चयन गरिएको पदाधिकारी खारेज गरी तुरुन्त सबै सदस्य हरुबाट मत लिएर स्वच्छ पदाधिकारी चयन होस भन्ने सदस्यहरूको चाहना र माग रहेको बुझिएको छ ।

प्रतिक्रिया