अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

निर्वाचन आयोग, एनआरएन एनसीसी अफ युयसएले निर्वाचन कार्यक्रम स्थगित गर्नु राम्रो हुन्छ

विनोद रोका २०७४ साउन १७ गते १४:३९ मा प्रकाशित

निर्वाचन आयोगले विवादको निरुपण गर्नका लागि हाल प्रकाशित गरेको निर्वाचन तालीका अनुसारका कार्यक्रमहरू स्थगित गरिनु उपयुक्त हुन्छ भनी मैले हिजो बिहान निर्वाचन प्रमुख र यसका सदस्यज्युलाई टेक्समेसेज गरेको थिए। किनकि ऊहाहरुसंग सम्पर्क हुन सकेन। आज पुन आईसीसीको आधिकारिक भनेर सार्वजनिक भएको पत्रमा पनि त्यही उल्लेख भएको पाइन्छ। आशा छ यो पत्र नियामानुसारनै प्रेषित भएको होला।

निर्वाचन आयोगले अध्यक्ष पदका उम्मेदवार गौरी जोशी संस्थाको विधिवत सदस्य रहेकोमा विवाद गरेको छैन। आयोगले जोशीसंग संस्थाको विधानले नतोकेको तर आईसीसीको विधानले तोकेको १ अवधि कार्य समितिमा रही काम गरेको अतिरिक्त योग्यताको प्रमाण मागेको थियो। र यो प्रमाण पनि जोशीले आयोगलाई बुमmाए पछि जोशीको उम्मेदवारी स्वीकार गरिएको जानकारी आयोगले जोशीलाई ईमेलद्धारा गराइ सकेको छ। तर जोशीको अतिरिक्त योग्यता सम्बन्धी पत्र प्रक्रिया नपुरयाई आएको भनी यस्लाई आईसीसीका पदाधिकारीहरुले व्यक्तिगत रूपबाट आफना धारणाहरु सार्वजनिक भए। त्यसैले होकि आफनै संस्थाको न्यायीक समितिले जोशीको नाम अध्यक्ष पदको उम्मेदवारको सूचीमा अविलम्ब प्रकाशित गर्नु भनी २९ जुलाईका दिन दिएको आदेश विपरीत आयोगले जोशीको नाम निकालेन।

आयोगले आफनै संस्थाको आधिकारिक व्याख्या गर्ने तीन जना न्युर्योकका एर्टनी एट ल, दुर्गा भुर्तेल, गिरिजा गौतम, र यज्ञ नेपाल, सदस्य रहेको न्यायिक समितिको फैसलालाइ पनि वेवास्था गरयो। २०१५ सालमा पनि आईसीसीका सदस्यहरूको निर्वाचनको समयमा यस्तै विवादमा न्यायिक समितिले यहाको संस्थाको निर्वाचनमा आईसीसीको प्रावधान लाग्दैन भनेको थियो। तथापि निर्वाचन आयोगले यो आदेश र नजीरलाई मानेन। सम्भवत आयोगले आफ्नो निर्णयको आधार आईसीसीको विधानमा रहेको व्यवस्थालाई बनाएर जोशीको नाम निकालेन।

तर अहिले आईसीसीले नै जोशीको अतिरिक्त योग्यता पुगेको आधिकारिक प्रमाण प्रकृयागत रूपबाट गए नगएको जस्ता विषयमा छलफल गरी राय दिन समिति गठन गरेको अवस्था छ। निर्वाचन आयोगले आधार मानेको तर न्यायिक समितिले आधार मान्न हुँदैन भनेको यो अतिरिक्त योग्यताको आधारै भत्कीयो भने निर्वाचन आयोगले निकालेको कार्य तालिकाको अर्थ रहदैन। र असर पर्ने पक्षले कानुनी उपचारको लागि अदालतमा जाँदा लाग्ने समय, खर्च, र अन्य अपूरणीय क्षतिको अनुमान गर्न सकिँदैन। अत निर्वाचन आयोगले आफ्नो हातमा रहेको गाडीको स्टेयरिंगलाई सही बाटोतिर लग्नेहो भने तत्कालै चुनावका सम्पूर्ण कार्यतालीका स्थगित गरी सही बाटोबाट सीमित गतिमा गाडी अगाडी बढाउनु पर्दछ। र यो स्वतन्त्र निर्वाचन आयोगले यसो गर्दा कसैको आडभरोस लिई रहनु पनि पर्र्दैन।