अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

कोलोराडोमा समर पिकनिक सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७४ साउन १ गते २३:३९ मा प्रकाशित

अमेरिका स्थित कोलोराडोमा रहेका नेपालीहरू बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रमसँगै आइतबार सम्पन्न भयो । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा अमेरीकाकोलागी नेपालका राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यता र स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङ, एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल, उपाध्यक्ष रामसी पोख्रेल, गायिका उषा किरण अधीकारी, गायिका नलिना चित्रकार, गायक सरोज दत्त लगायतका व्यक्तिहरूको विशेष आतिथ्यतामा कोलोराडोको नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झन्डै ८ सय भन्दा बढी नेपालीहरूको उपस्थिति रहेको थियो । 026

पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सक्रिय सहभागिता गराउन आयोजक संस्थाको संयोजनमा तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा आयोजित निबन्ध लेखन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई नगद सहित प्रशंसा पत्र वितरण गरिएको थियो । माध्यमिक स्कुलमा अध्यनरत छात्र छात्रा बिच गरिएको निबन्ध प्रतियोगिताका विजयीलाई क्रमशः १ सय पचास, १ सय र पचास डलर नगद प्रदान गरिएको थियो । 035

त्यस्तै आयोजक संस्थाको समन्वयमा विभिन्न सात किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलिबल बाई साइकल रेस बास्केट बल, लगायतका रहेका थिए । कार्यक्रममा खेलकुदका विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथि राजदूत डा. कार्की, विशेष अतिथि मेयर ज्वाईसी डाउन्निङ, आयोजक संस्थाका अध्यक्ष विनोद त्रीपाठीले र संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।  097

बाल बालिका, वृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा आई लभ नेपालको टिसर्ट लगाएर आउने मानिसहरूको उपस्थिति उलेख्य रहेको थियो । ठुलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागी बाल बालिका र महिलाहरूलाई मूजिकल चियर खेल खेलाईएको थियो । सहभागीहरू एक आपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफूलाई नेपालमै भए जस्तो भान हुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा पिकनिक सहभागीहरू नेपाली गीत गाएर नाची मनोरञ्जन गरेका थिए । अध्यक्ष विनोद त्रीपाठीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । 111

 

 

प्रतिक्रिया