अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

रमाइलोका लागि बनाएको भिडियो ब्लग चर्चामा

बिआरटीनेपाल २०७४ असार २४ गते २१:५५ मा प्रकाशित

न्यु योर्क । न्युयोर्कमा रहेका पत्रकार जोडी अनुज थापा र दिपिका श्रेष्ठले गत हप्ता आफ्नो नियमित भिडियो ब्लगका लागि एउटा भिडियो रमाइलोका लागि तयार पारेका थिए । अहिले उक्त भिडियोलाई धेरैले मन पराएका छन् ।

पुरानो नेपाली फिल्म कोसेलीको “ यो बाटो कहाँ जाने हो ” भन्ने गीतलाई जोडीले आफ्नै ढङ्गले न्यु योर्क सहरको कोरोना पार्कमा साइकल चलाउंदै छायाङ्कन गरेका थिए । त्यो रमाइलो भिडियो यसरी मन पराइन्छ भनेर उनीहरूले सोचेको पनि थिएनन् ।

आइफोनबाट खिचिएको उक्त भिडियो ब्लगलाई धेरैले सेयर गरेका छन् । यता उक्त पुराना गीतका कलाकार विजय लामाले उक्त ब्लग मन परेको भन्दै आफूहरू चाँडै यो गीतलाई गाउने तरखरमा रहेको बताएका छन् ।

“म र समृद्धि राई मिलेर यो गीत गाउने कुरा भइरहेका छ , ” लामाले बताए ।

यता भिडियो ब्लग बनाएका पत्रकार अनुज थापा भने आफूले नियमित जसो भिडियो ब्लग बनाइरहेकामा यो ब्लग धेरलै मन पराएकोमा अचम्ममा परेको बताए । “हामीले रमाइलोका लागि मात्र बनाएका हो , ” पत्रकार थापाले भने । “भिडियोमा हेर्नुहोस् न, म चुइगम चपाउंदै छु तर यही कुरा दर्शकले मन पराए , ” थापाले हाँस्दै भने ।

यो जोडीको रमाइलो भिडियो ब्लग यहाँ हेर्न सकिन्छ ।

प्रतिक्रिया