अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

एकै व्यक्तिले कोरोनाको कोभिसिल्ड र भेरोसिल्ड खोप लगाएँ हुन्छ ? लगाएमा के हुन्छ ? (भिडियो)

बिआरटीनेपाल २०७८ असार १४ गते ८:१७ मा प्रकाशित

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले कोभिड १९ विरुद्धको खोपको दोस्रो चरण छिटै आउने बताएका छन् । उनले भोरोसिल्ड खोपको पहिलो चरण लगाएकाहरूको लागी दोस्रो चरणको खोप नेपाल सरकारले छिटै उपलब्ध गराउने बताएका हुन् । केही हप्ता अगाडी कास्की जिल्लका ६२ देखी ६४ वर्ष उमेर समूहका नागरिकहरूका लागी भेरोसिल्ड खोप लगाइएको थियो ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख आचार्यका अनुसार कास्की जिल्ला भरी करिब १७ हजार जनाले भेरोसिल्ड खोप लगाएको बताउनुभयो । नेपालमा सुरुवातमा कोभिसिल्ड लगाइएको थियो भने पछि भेरोसिल्ड खोप नागरिकका लागी प्रदान गरिएको हो । कोभिसिल्ड लगाएकाहरूले भेरोसिल्ड लगाउन हुन्छ की हुँदैन भन्ने प्रश्नमा आचार्य भन्छन्–यसको कुनै परीक्षण नभएकाले त्यसो नगर्न सुझाव दिन्छन् ।

आचार्यका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले नागरिकको स्वास्थ्यमा ध्यान राख्दै जनस्तर सम्म स्वास्थ्य सेवा प्रदान होस् भन्ने गतिमा काम गरिरहेको बताए । बर्सातको समयमा हुने सामान्य रोग तथा महामारी देखी लिएर कोरोना भाइरस रोकथामको लागी आफू र आफ्नो माताहातका कार्यालयहरू सक्रिय रहेको समेत उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया