अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

गाईजात्रे कोसेली ‘दिल्लीको मुर्रा’मा नेताहरूलाई ब्यङ्ग्य

बिआरटीनेपाल २०८० भदौ २ गते १९:४४ मा प्रकाशित

काठमाडौँ । ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्व हो । यो पर्वलाई लक्षित गर्दै बजारमा विभिन्न हास्य व्यङ्ग्यका सामाग्री बजारमा भित्रिने गरेको छ । यस्तै १४ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै कलाकार आशिष् शाह ठकुरी र अजय शाह ठकुरीले कमेडी कोसेली ‘दिल्लीको मुर्रा’ सार्वजनिक गरेका छन् । राजनीतिक, आर्थिक, सामाजिक लगायत विभिन्न विषयवस्तु समेटिएको ‘दिल्लीको मुर्रा’मा देशमा बर्सभरि घटेका बिषय बस्तु माथि चेतनात्मक रूपमा ब्याङ्ग्य प्रस्तुत गरिएको छ ।

‘गाईजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको बेथिति विसङ्गति प्रति ब्याङ्ग्य गर्नु हो’, आशिषले भने ‘त्यही पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेका छौँ ।’

पछिल्लो समय रोजगारीका लागि कोरिया पुगेका आशिष् र अजयले ‘दिल्लीको मुर्रा’ उतैबाट सार्वजनिक गरेका हुन् । रेडियो कान्तिपुरको हास्यव्यङ्ग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’ लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा अनुभव भएका आशिष् र अजयको यो कोसेलीमा सहकार्य एकदमै गजबको रहेको छ ।

‘दिल्लीको मुर्रा’को छायाङ्कन अजय शाह र सम्पादन आशिष् आफैले गरेका छन् । करिब १७ मिनेटको भिडियो सहितको ‘दिल्लीको मुर्रा’ मा उल्लेखित व्यङ्ग्यात्मक प्रस्तुतिले दर्शक तथा श्रोताको मन जित्ने विश्वास आफूलाई रहेको आशिषले बताए । भिडियो अनलाइन चौतारी नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गतबर्ष आशिषले ‘बालकोटको बार्दली’ नामक कमेडी कोसेली सार्वजनिक गरेका थिए । जसको रामै चर्चा भएको थियो ।

प्रतिक्रिया