अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

नमस्ते गीत गजलको वार्षिक उत्सव भव्य हुने

बिआरटीनेपाल २०७४ जेठ २७ गते ८:४३ मा प्रकाशित

नेपाल र जापान बिचको संस्कृति आदान प्रदान गर्ने उद्देश्यले स्थापित संस्था नेपाल जापान सांस्कृतिक प्रतिष्ठानद्धरा टोकियोको मुटु शिनओकुबोमा संञ्चालित नमस्ते गीत गजलले आफ्नो प्रथम वार्षिक उत्सव भव्यताका साथ मनाउने जनाएको छ । नेपाली तथा जापनिज समुदायका प्रतिनिधिहरू द्धरा संञ्चालित उक्त गीत गजलले यही जुन १० र ११ तारिक का दिन मनाउने उत्सबमा भरतीय टेलिभिजनको रियालिटी सो सारेगम, अन्ताक्षेरी र भारत किसनमा सहभागी भई उत्कृष्ट स्थानमा पुग्न सफल नेपाली साङ्गीतिक आकाशका युगलजोडी बबिता मानन्धर र सुरेश मानन्धरका साथमा अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाएको छ । नमस्ते ब्याण्डका भोकलिस्ट ईश्वर गुरुङ्ग संरक्षक सल्लाकार रहनुभएको उक्त प्रतिष्ठानमा बोर्ड डाईरेक्टर रबिन शेरचन, अभिभावक सल्लाहकार विजय थकाली, बोर्ड मेम्वर अमर गुरुङ्ग, सुदिन गुरुङ्ग, र कुमार लामा हुनुहुन्छ भने शेयर होल्डरहरुमा मिनामी हिरोयुकी, तेराकादो मित्स्यु, विष्णु अर्याल र सिताराम केसी रहनुभएको छ ।

कमल खत्रीसंगको चर्चित गीत आत्मामा आत्मामा बोल गीतबाट थप चर्चा बोटल्नु भएका बबिता मानन्धर र उहाँकै श्रीमान् शुरेस मानन्धरको विशेष आकर्षक प्रस्तुति रहने उक्त कार्यक्रममा जापानमा छरिएर रहेका नेपाली र जापानी समुदायको बाक्लो उपस्थती रहने हामीलाई युवा व्यवसायी तथा प्रतिष्ठानका बोर्ड मेम्बर सुदिन गुरुङ्गले जानकारी गराउनुभयो । त्यस्तै प्रतिष्ठानका अर्का बोर्ड मेम्बर तथा यस कार्यक्रमका ब्यबस्थापक अमर गुरुङ्ग, वरिष्ठ बासुरी बादक खड्का पुन र स्थानीय चेली रञ्जना सापकोटाको पनि कार्यक्रममा प्रस्तुतीहरु रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू