अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

अमेरिकामा विद्यार्थीहरू स्कुल छोडने कारणहरू- विजय थापा

बिआरटीनेपाल २०७३ चैत ३१ गते ११:०८ मा प्रकाशित

भानिन्छ कि पढेर जानिन्छ कि परेर जानिन्छ l ज्ञान हासिल गर्न पढ्नै पर्छ l पढेर जान्ने हुँदा फ़ाईदै फाइदा हुन्छ । शिक्षा नै ज्ञानको ज्योति हो । शिक्षा बिना जीवन अन्धकारमय हुन्छ l शिक्षा बिना जीवनको परिकल्पना पनि गर्न सकिँदैन l विश्व कै सबै भन्दा उत्तम विश्व विद्यालय मध्ये कै उत्कृष्ट विश्व विद्यालय भएको राष्ट्र अमेरिकामा लाखौ लाख मानिस अध्ययन कै लागि आउने गर्छन् l अमेरिकी सरकारले ज्ञानको ज्योति सबैले लिन पाउन भनी १ कक्षा देखि १२ कक्षा सम्म निःशुल्क गरेता पनि लाखौ लाख विद्यार्थीहरू पढाइलाई अधुरो पार्दै पाठशाला छोड्ने गरेका छन् । पढ्दा पढ्दै अपुरोमा नै पाठशालामा छोडछन् l गयल हुँदा हुँदै गर्दा पढाइलाई पूर्ण रूपमा तिलान्जली दिन्छन । हाइ स्कुल (१२ कक्षा सम्म) नपुगी नै अध्ययन बन्द गर्छन् l

अमेरिकामा यस कारण अधुरोमा पाठशाला त्याग गर्छन्:
सरकारले १२ कक्षा सम्म पढ्न निःशुल्क तथा खानपानको व्यवस्था गरे पनि किन अधकल्चो मै छोड्न बाध्य हुन्छन् युवा किशोर किशोरीहरु अमेरिकामा l विश्वले देख्दा अमेरिका सम्पन्न भएता ठुलो जनसङ्ख्या र परिवार भएको कारण आर्थिक बोझ तथा गरिबीको कारण आर्थिक बोझ थाम्न नसक्ने भए पछि ” पढाइको मारो गोली ” भनी छोडछन् l एउटा तथ्याङ्क अनुसार घरको अस्थिर वातावरण ,उपेक्षित ,दुर्व्यवहार,पारिवारिक मृत्यु तथा अन्य विनाशकारी घटनाको कारण विद्यार्थीहरू पाठशाला छोड्ने गरेको बताएको छ ।

अमेरिकाको टफ्स विश्व विद्यालयले ३ हजार युवा तथा २ सय भन्दा ज्यादा उच्च गरिबी समुदायसँग लिएको सर्वेक्षण तथा अन्तर्वार्ताको निचोड के निकालेको छ भने नकारात्मक गिरोहको प्रभावको कारण घर तथा विद्यालयमा मनोमालिन्य हुने भएकोले विद्यालय अपुरो गर्न देखाएको पनि छ l

यसको अतिरिक्त एक स्थानबाट अर्को स्थानमा सर्ने, विद्यालय परिवर्तन, घरबार बिहिन, अनुत्तरदायी अभिभावकको कारण पढाई छोड्न बाध्य हुन्छन् अर्को कारण जसलाई आफ्नो ठानेर शरण लिएकाले तिरस्कार गरेको कारण पनि १२ कक्षा नपुग्दै छोड्न बाध्य भएको आंकडाले देखाएको छ l धेरै दिन सम्म गयल भ्याए पछि विद्यालय जान न मानेको कारण, धेरै जना डी-प्रेसन भएको कारण, पढाइमा रुचि नभएको कारण तथा झगड़ालू स्वभाव भएको कारण तथा आमा बुवाको सम्बन्ध बिच्छेदले पनि केही असर पर्नेको कारण पढाई छोड्ने देखिएको छ l

एक सर्वेक्षण अनुसार घरलाई आर्थिक सहयोग गर्न र घरका सदस्य बिरामी परेको अवस्थामा बाध्य भई काम गरेन भने मुखमा मांड लगाउन नसकिनेको कारण विद्यालय छोड्ने देखाएको छ l यसको अतिरिक्त विश्वसनीय तथा सुरक्षित घर तर्फको खोजीमा काम गर्नु पर्ने अपरिहार्य भएकोले पाठशाला छोड्ने देखिएको छ l अमेरिकामा १८ वर्ष देखि अभिभावक सँग नबस्ने तथा घर छोड्ने भएको कारण अधिकांश युवाहरू खराब वातावरणमा फ़स्दछन अनि कमाउने ध्येयले विद्यालय छोड्ने गरेको पनि आँकडाले देखाएको छ l

यस्तो छ विश्वको उत्कृष्ट राष्ट्र अमेरिकामा १२ कक्षा नपुग्दै छोड्नेको आंकडा :
अमेरिकामा मात्र प्रत्येक वर्ष १२ लाख लाख भन्दा ज्यादा विद्यार्थीहरूले पढाई बिच मै छोडछन् l जस अनुसार प्रत्येक २६ सेकेन्ड अथवा प्रत्येक दिन ७ हजार विद्यार्थीले विद्यालय छोड्ने गरेको आंकडाले देखाएको छ l अमेरिकामा आश्चर्यको कुरा के छ भने करिब २५ प्रतिशत विद्यार्थीहरू उच्च विद्यालय समय भित्र उत्रीण हुन् असफल हुन्छन् l विश्व कै उत्कृष्ट उत्रीण दर भएको २७ वटा विकसित मुलुकको तुलनामा अमेरिका २२ औ स्थानमा परेको देखाएको छ l यसै गरी ९० को दशक देखि २०१० सम्म अमेरिकामा उच्च विद्यालय छोड्ने दर १२. १ प्रतिशत बाट घट्न गै ७.४ प्रतिशतमा झरेको तथांक रहेको छ l यो झन्डै ३ प्रतिशतले कम हुन् पुगेको छ l

यस क्रममा अमेरिकामा रहेका लेटिनो छात्र छात्राहरुमा उच्च विद्यालय सफल गर्ने सङ्ख्यामा निकै वृद्धि भएको देखिएको छ l २००६ मा ६१.४ प्रतिशत उपाधि प्राप्त गरेका थिए भने २०१० मा आएर ७१.४ प्रतिशतले पाठशाला उत्रीण गरेका छन् l तथापि एसियन अमेरिकन तथा गोरा अमेरिकन विद्यार्थीहरू लेटिनो र अफ्रिकन अमेरिकन विद्यार्थीको तुलनामा ज्यादा उच्च विद्यालय उत्रीण हुने गरेका छन् l

१२ कक्षा नपुग्दै छोड्ने विद्यार्थीले जीवन कालमा २ लाख डलर कम आम्दानी गर्छ भने कलेज (महा विद्यालय )को उपाधि लिएको विद्यार्थीले भन्दा १० लाख कम आम्दानी गर्छन् l २०१० मा गरिएको सर्वेक्षण अनुसार ३८ वटा राज्यहरूमा उच्च विद्यालय उत्रीण गर्नेको सङ्ख्या उच्चतम रहेको थियो l यसै गरी भरमन्ट राज्यबाट ९१.४ प्रतिशत विद्यार्थीहरू उत्रीण हुन् सफल भएको देखाएको छ भने नेवादा राज्यमा १२ कक्षा उत्रीण हुनेको प्रतिशत केवल ५७.८ प्रतिशत रहेको थियो l

अमेरिकाको झन्डै २ हजार उच्च विद्यालयबाट ६० प्रतिशत भन्दा कम विद्यार्थीहरू १२ कक्षा उत्रीण हुन्छन् l ६ विद्यार्थीमा १ विद्यार्थी १० कक्षा नपुगी छोड्ने गर्छन् भने ३ मा १ अल्पसंख्यक विद्यार्थी (करिब ३२ प्रतिशत) त्यही छोड्ने झुण्डमा प्रवेश गर्छन् । यसरी अधुरो मै पढाई छोड्ने विद्यार्थीहरू मध्ये ७५ प्रतिशत अपराध गतिमा संलग्न हुने गरेको देखाएको छ l

प्रतिक्रिया