अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

बे एरियामा लायन्सक्लबले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्दै

बिआरटीनेपाल २०७३ चैत २३ गते १०:०२ मा प्रकाशित

धुर्ब थापा, क्यालिफोर्निया । 
लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको पहलमा पहिलो पल्ट बे एरियामा रहेका पाच वटै नेपाली लायन्स क्लबको संयुक्त आजयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम यही आउदो अप्रिल २९ तारिकमा बर्क्लीको निम्न स्थान र समयमा हुँदैछ।

स्थान :
414 Martin Luther King Jr. Way,
Berkeley, California 94704 समय दिनको १० बजे देखि ४ बजे सम्म। स्वस्थ शिविरको विस्तृत जानकारीको लागि बर्क्ली अन्नपूर्णको वेबसाइट berkeleyannapurna.org मा सम्पर्क गर्न सकिने छ।संयोजकमा डा. अमोद पोख्रेल रहनु भएको छ भने कार्यक्रमको तयारी हुँदै गरेको र स्थानीय कोही नर्सहरु यस शिविरमा स्वयम् सेवकको रूपमा काम गर्न इच्छुक हुनु हुन्छ भने सम्पर्क गर्न समेत आह्वान गर्नु भएको छ। यस प्रकारको मानव सेवा र पुण्यको कार्यमा आफ्नो सिप र क्षमताले भ्याए सम्म सबैले सहयोग गर्नु पर्ने वहाको धारणा रहेको छ।

यो स्वस्थ शिविर मात्र नभई यो स्वास्थ सम्बन्धी जान चेतना जगाउने कार्यक्रम समेत भएकोले सबैलाई उपस्थित हुन् अनुरोध गर्दै लायन्स कल्ब डिस्ट्रिक ४ सी ३ का जोन चियर र बर्क्ली अन्नपूर्णका निबर्तमान अध्यक्ष ध्रुव थापाले बे एरियामा स्वास्थ शिविर चलाउन भनेरै गत वर्ष आँखा जाच्ने अत्याधुनिक हाते क्यामेरा समेत किनी सकेको र यही आउदो नोभेम्बरमा नेपालमा समेत अखा शिविर कार्यक्रम लिएर जानकारी गराउनु भएको छ। यस कार्यक्रममास्वास्थ सम्बन्धी जनचेतना मूलक शिक्षा समेत दिने र स्वास्थ रहन के कस्तो जीवन शैली अपनाउनु पर्छ भन्ने बारे समेत जानकारी दिने भएकोले सबैलाई उपस्थितिको लागि आह्वान गरिएको हो। साथै लायन्स क्लबले नेत्र सम्बन्धी मात्र नहेरेर मानिसको सम्पूर्ण स्वास्थ्य समेतलाई विशेष महत्वका साथ् हेर्दै आएको र विश्वको हरेक देशमा यस प्रकारको कार्यक्रम हुने जानकारी समेत दिनु भयो।

१९२५ मा पहिलो पल्ट हेलेन केलरले लायन्स क्लब मार्फत नेत्र चिकित्सालाई आफ्नो समाज सेवाको लक्ष्य राख्न अनुरोध गरे देखिनै हरेक वर्ष लायन्स क्लबले विश्वको हरेक देशमा अखा उपचारमा लागि परेको र अहिले सम्म ८० % भन्दा धेरै अखा को समस्या समयमै जानकारी नहुनाले हुने गरेको तथ्य र यसको समयमा उपचार गर्न सकिने भएको ले हरेकले समय समयमा आफ्नो आँखा जचाउन नितात्न आवश्यक रहेको छ।

लायन्सले आँखा सम्बन्धी शिक्षा , जनचेतना र रोकथाममा जहिले पनि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ। यसको साथ् साथै अहिले विश्वमै सबै भन्दा खतरनाक रूपमा फैलिएको रोग हो मधुमेह अथवा डाइबिटिज जसलाई स्वास्थ चेतना र जीवन शैलीमा केही परिवर्तन गरेर रोक्न सक्ने भएकोले यसबारेमा समेत जानकारी प्रदान गरिने र यसको जाच समेत गरिनेछ। त्यसै गरी ब्लड प्रेसर लगायत अन्य विविध प्राथमिक स्वस्थ सम्बन्धी जाचिने जानकारी बर्क्ली अन्नपूर्णका अध्यक्षका मनिल बाबु श्रेष्ठले जानकारी दिनु भएको छ। लायन्स क्लबले हरेक वर्ष २०२१ सम्ममा २० मिलियन मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखेको छ।

१०१७ मा अन्तर्राष्ट्रिय लायन्स क्लबले आफ्नो १०० वर्षको कार्यक्रम भब्यरुपमा यही आउदो जुन ३० तारिख देखि जुलाई ४ सम्म यसको स्थापना भएको सहर चिकगोमा भव्यताका साथ् हुँदै गरेको र पहिलो पल्ट नेपाल बाहिर एउटा नेपाली छोरो लायन्स क्लबको गभर्नर जस्तो पदमा राजेन थापाले सिकागोमा सपथ ग्रहण गर्दै हुनु हुन्छ। अहिले बे एरिया लगायत अमेरिकाको थुप्रै सहरहरूमा नेपाली समुदाय माझ लायन्स क्लबको स्थापना भइरहेको छ। मानव सेवानै धर्म हो भन्दै सधैँ सामाजिक कार्यमा समर्प्रित नेपाली हरुलाई लायन्स क्लबमा आबद्ध हुन चाहनेलाई नजिकको लायन्स क्लब वा यसका सदसयलाई सम्पर्क गर्न सकिने जानकारी क्लबका अध्यक्ष श्रेष्ठले जानकारी गराउदै चाडै नयाँ सदस्यहरूको पदस्थापना कार्यक्रम समेत हुने जानकारी दिनु भएको छ जसको लागि स्थानीय लायन्स क्लबहरु बर्क्ली अन्नपूर्ण, फ्रिमंट सगरमाथा , बर्क्ली मकालु, सान लियन्द्रो मनकामना र सन् फ्रान्सिस्को बुद्धका अध्यक्षहरुलाई सम्पर्क गर्न समेत यसै प्रेस विज्ञप्ति मार्फत आहवान गरिएको छ।

प्रतिक्रिया