अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो अधिवेशनको उद्घाटन सुरु (फोटो फिचर, प्रत्यक्ष प्रसारण भिडियो सहित)

बिआरटीनेपाल २०७३ चैत १९ गते ११:५० मा प्रकाशित

विजय थापा,बाल्टिमोर,
प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो अधिवेशनको उद्घाटन सुरु भएको छ l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि सुरु भई भोलि अप्रिल २ सम्म अधिवेशन चल्ने छ l र अधिवेशन अगाडी रक्तदान कार्यक्रम पनि गरिएको छ l ३ वर्ष पछि हुन लागेको मञ्चको दोस्रो अधिवेशनको लागि अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ l 

कार्यक्रमको उद्घाटन पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री ,एमाले सङ्गठन विभाग प्रमुख तथा अधिवेशनका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले पानसमा बत्ती बाली गरेका छन् l डिसी महानगर क्षेत्रका सङ्घ तथा संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको छ l कार्यक्रममा विशेष अतिथिमा पूर्व सामान्य प्रशासन मन्त्री युवराज कार्की तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको उपस्थिति रहको छ l तथा अन्य विशेष अतिथिहरूको उपस्थिति रहेको छ । 

अधिवेशनको सांस्कृतिक कार्यक्रमको लागि नेपालका चर्चित हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान् भण्डारी समेत नेपाल बाट आएका छन् l ३ दिन सम्म चल्ने कार्यक्रम रहेता पनि मार्च ३१ तारिख साँझ ५ बजे देखि प्रतिनिधिहरूको दर्ता तथा साँझ सांस्कृतिक कार्यक्रम रहेको थियो l आज अप्रिल १ तारिख शनिवार बिहान १० बजे भनिएता पनि कार्यक्रम डेढ़ घण्टा पछि सुरु गरिएको थियो । 

कार्यक्रम तथा अन्य कार्यक्रमहरू दिन भरि चल्ने छ र मन्तव्य राख्ने कार्यक्रम जारी रहेको छ l अप्रिल २ तारिखका दिन नयाँ कार्यकारी समितिको लागि निर्वाचन तथा नेतृत्व चयन हुने छ l र आइतबार १ बजे अधिवेशन समापन हुने छ l द्वितीय उपाध्यक्ष जीवन जोशीले स्वागत मन्तव्य राखेका थिए भने अतिथिलाई बिल्ला वितरण गरिएको थियो । कार्यक्रम सुरुमा नेपाली राष्ट्रिय गीत तथा अमेरिकन राष्ट्रिय गीत बजाईएको थियो l

प्रत्यक्ष प्रसारणको भिडियो:

फोटो: तिर्थ बर्मा, बिष्णु सितल, बिजय थापा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू