अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

बाना निर्वाचनमा हारेरै पनि जीतको शान बटुल्दै सतिश चापागाईं (भिडियो)

बिआरटीनेपाल २०७३ चैत १८ गते ०:०५ मा प्रकाशित

अमेरिकामा धेरै संघसंस्था छन् | तिनीहरुका निर्वाचन भईरहन्छन र हारजीत पनि भईरहन्छ | कतिको निर्वाचन भएको पनि थाहा हुदैन | कति संस्थाको नयाँ कार्य समितिको अध्यक्षको मात्र फोटो टाँसेर समाचार बाहिर आउछ | तर बानाको निर्वाचन सकिएपछि भने हारेका व्यक्ति सतिश चापागाईंको चर्चा एकाएक चुलिएको छ |सन्दर्भ बानाको निर्वाचनको हो | बाना अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको एउटा सक्रिय सामाजिक संस्था हो | यही संस्थाको अध्यक्ष पदमा हरेका युवा सतिश चापागाईंको भने धेरै नै चर्चा बाहिर आएको छ | कारण पराजित हुनु लगत्तै चापागाईंले ब्यक्त गरेको विचार नै हो |

चापागाईंले आफ्ना प्रतिद्वन्दीभन्दा ७९ मत कम ल्याएर पराजीत भएका थिए | आफु पराजीत भएको थाहा पाएर पनि उनि निर्वाचन घोषणा सभामा हासीखुशी बसिरहेका थिए | जबकी संगै चुनाब लडेका र हारेका अध्यक्षका उमेद्वार सृजन ताम्राकार र बरिष्ठ उपाध्यक्षका उमेद्वार ईन्दुराज रेग्मी हार्ने निश्चित भएपछी मतगणना स्थल छाडेर हिडेका थिए | कतिपयले उनीहरुलाई भागेको भन्ने समेतको आरोप लगाएका थिए |

चापागाईं त्यहाँ बसेका मात्र होइनन उनले भारी सभामा सारगर्वीत मन्तब्य समेत राखे | मन्तब्यको शुरु मै उनले निर्वाचन कमिटिले घोषणा गरेको परिणामलाई स्वीकार गर्दछु भनेपछि कार्यक्रमस्थलमा तालीको पर्रा छुटेको थियो | जुन कुरा भिडियोमा देख्न सकिन्छ |

अमेरिकाका संघसंस्थाहरुमा निर्वाचन परिणाम आफ्नो पक्षमा नभएमा धाँधली भएको भन्दै बिरोध गर्ने र परिणाम अस्विकार गर्ने र अदालतसम्म पुग्ने चलनै बनेको छ | तर चापागाईंले निर्वाचन समितिले अत्यन्त मेहेनतसाथ निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद दिदै सम्पूर्ण मतदातालाई पनि धन्यवाद ब्यक्त गरेका थिए |

उनले भनेका छन्, “आफुलाई प्राप्त मतको सम्मान गर्दै अर्को दुई बर्ष अध्यक्षसंगै छायाँमा रहेर बानामा सक्रिय रहनेछु | साथै, राम्रा काममा सहयोग गर्नेछु र नराम्रा काममा निगरानी गर्नेछु |”

प्राप्त जनमतको कदर गर्दै उदाहरणीय व्यक्तित्व प्रदर्शन गरेकोमा उनको सबैले तारिफ र प्रशंसा गरेका छन् | सतिश चापागाईं चर्चित युवा संचारकर्मी पनि हुन् | उनी द नेपाल टुडे डटकमका प्रधान सम्पादक पनि हुन् |

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू