अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

नेपालको “म्याक्रो इकोनोमी” नीति नै कमजोर

बिआरटीनेपाल २०७३ फागुन २२ गते ८:३६ मा प्रकाशित

नेपालमा हाल भइरहेको आर्थिक विकास सूक्ष्म तहमा सन्तोषजनक देखिएको तर समग्र (म्याक्रो इकोनोमी)मा नीतिगत असफलताका कारण कमजोर देखिएको अर्थशाश्त्रीहरुले औंल्याएका छन् ।
विश्व बैङ्कमा लामो समयसम्म वरिष्ठ अर्थशाश्त्रीका रूपमा कार्यरत प्रेम संग्रौालाले मार्च ४ तारिक भर्जिंनियाको आर्लिंटनमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रस्तृुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै अर्थ शाश्त्रीहरुले उक्त धारणा राखेका हुन ।

“ विश्वको आर्थिक विकासमा नेपालको वर्तमान अवस्था ”विषयक एक दिवसीय कार्यशालामा प्रस्तोता संग्रौलाले गरिबी निवारणमा नेपालले आफ्नो स्थान चीन पछि दोस्रोमा राखेको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
उहाँले यसको मुख्य कारण वैदेशिक रोजगार र यसबाट प्राप्त विप्रेषण नै भएको पनि उल्लेख गर्नु भएको थियो । उहाँले सन १९८० को तथ्याङ्कसँग तुलना गर्दै अर्थशाश्त्री संग्रौलाले त्यो बेला गरिबीमा अन्तिमबाट चौथो स्थानमा रहेको नेपाल सन २०१५मा आइपुग्दा २०सांै स्थानमा पुग्नुलाई प्रगति नै मान्नु पर्नै उल्लेख गर्नु भयो ।

उहाँले आफ्नो प्रस्तुतिमा नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित भएको उल्लेख गर्दै पुरुषहरू वैदेशिक रोजगारीमा जाँदा नेपालको आन्तरिक रोजगार बजारमा जनशक्तिको अभाव भएको र सामाजिक समस्या पनि निम्तिएको हुँदा देश भित्रै रोजगारको अवसर सिर्जन ा गर्न एकदम ढिला भइसकेको कुरामा जोड दिनु भएको थियो

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले यस किसिमको कार्यक्रमको निरन्तरताका लागि जोड दिनु भएको थियो । त्यस्तै कार्यक्रमका सहभागी नेपाली अर्थशाश्त्रीहरु/समाजशाश्त्रीहरु नानीराम पोखरेल,डा.श्याम थापा, डा. अनुप पाहाडी,डा. गोपी उप्रेती,कैलाश पोख्रेल,मन थापा,ठाकुर ढकाल,पवन खनाल लगायतले विश्व अर्थतन्त्रमा नेपालको वर्तमान अवस्थाका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

त्यस्तै सहभागीहरू डमरु अधिकारी , प्रकाश नेपाल, गोपाल रेग्मी,भूप नारायण घर्तीमगर विपीन पाठकलगायतले पनि यस प्रकारको कार्यक्रमबाट नेपालमा नीति निर्माणमा सहयोग पुग्ने विचार व्यक्त गर्नु भएको थियो । सहभागीहरुले यस प्रकारको कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा समाजशास्त्री नानीराम पोखरेलले यस्ता बौद्धिक मन्चहरुबाट नेपालको विकासका लागि सल्लाह र सुझाव दिँदा निष्पक्ष भएर दिनु पर्नेमा जोड दिँदै समस्या मात्र औंल्याएर हुन्न समाधानको उपाय पनि सुझाउनु पर्छ भन्नुभयो । उहाँले भइरहेका राम्रा कामहरूको निरन्तरताका लागि नियमन तथा सुपरिवेक्षण अति आवश्यक भएकोमा जोड दिनु भएको थियो । राम्रो परिणाम दिइरहेका विकासका गतिविधिले नियमन तथा सुरिबेक्षणको अभावका कारण रोकिनुपरेका धेरै उदाहरण पाइने गरेको पोखरेलको धारणा थियो ।

यो कार्यक्रम नेपालमा सम्पन्न विश्वका लगानीकर्ताहरुको सम्मेलन र यहाँ जनाइएको प्रतिबद्धताको सन्दर्भसँग मेल खाने गरी सम्पन्न भएको छ । नेपालमा हालै मात्र चीन, भारत,जापाललगायत देशका निजी लगानी कर्ता र बहुराष्ट्रिय निगमका लगानी कर्ताहरुको सम्मेलनले १४ खर्ब रुपैयाँ बराबरको लगानी गर्न सकिने प्रतिबद्धता जनाएको थियो । वरिष्ठ अर्थशास्त्री गोविन्द तिमल्सिनाले सञ्चालन गर्नु भएको सो कार्यक्रममा वासिङ्टन डिसी वरपर बस्ने बौध्दिक व्यक्तिहरूको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू