अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

‘ एडभेन्चर अफ द यर-२०१७’ घोषित अल्ट्रा रनर मिरा राईलाई न्यु योर्कमा भब्य स्वागत

बिआरटीनेपाल २०७३ फागुन २२ गते ४:१८ मा प्रकाशित

नेशनल ज्योग्राफि द्वारा एडभेन्चर अफ द यर २०१७ घोषित अल्ट्रा रनर मिरा राईलाई न्यु योर्कमा भब्य स्वागत गरिएको छ । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका, भोजपुर् समाज अमेरिका र यु एस नेपाल क्लाइम्बर एसोसिएसनको आयाजना भएको कार्यक्रममा मिरालाई भब्य स्वागत गरिएको हो ।

बिष्णु राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै भने नेपाली कन्सुलेट कार्यालय न्यु योर्कका कन्सुलर कृसु क्षेत्रीले भोटिङ्गको समयमा मिरा राई जिताउ अभियानको बेला युनाइटेड किरात राई अर्गनाइजेसनले न्यु योर्कमा गरेको कार्यक्रममा सबैलाई भोट दिन आब्हान गरिएको थियो । त्यो सपना साकार भयो । आज पनी त्यहि सभापति त्यहि उद्घोषक र त्यहि प्रमुख अतिथिको भेट मिरा राईको उपस्थितिमा भएको छ । यो खुशीको कुरा हो । मिरा राईले नेपालको झण्डा बिस्वमा उचालेर नेपालको पहिचान राखेको हुँदा उहाँलाई नेपाल सरकारले केहि गर्नु पर्छ भनेर खेलकुद मन्त्री संग अनुरोध गरेको थिए त्यसको पनि केहि प्रभाव परेर होकी,अहिले सरकारले तिस लाख रकम दिने घोषणा गरेको छ ।


अल्ट्रा रनर मिरा राइले आफ्ना बिचार राख्दै भनिन् मेरो काम दगुर्ने हो म हिमाल पहाड जता पनि दौडन सक्छु तर बोल्न त्यति आउदैन बोल्दा गल्ति भए माफ दिनु होला भन्दै संसार को कुनामा जहा रहे पनि मलाइ भोट दिएर जिताउनु भो सबैलाई आभार ब्यक्त गर्दछु । आफ्नो अमुल्य समय दिएर नेपाल लगाएत युके, हंगकंग, अरब ,मलेशिया लगाएयका देशहरुमा रहनु हुने सम्पूर्ण नेपाली हरुलाइ विश्वको राजधानी शहर न्यु योर्कबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

सभापति बिष्णु राइले मिरा राई फ़ाउण्डेशन खोल्न आव्हान गर्नु गरे । भोजपुर समाज अमेरिका अध्यक्ष लिला राई,यु एस नेपाल क्लाइम्बर एसोसिएसनका सल्लाहकार तथा पत्रकार ङ्ग छिरिङ्ग शेर्पा,नेपाली जन सम्पर्क समिति न्यु योर्कका महा सचिव महेश मल्ल,जनसम्पर्क कै केन्द्रिय महासचिव मुनिन्द्र नेम्वाङ्ग ,पानस अमेरिकाका अध्यक्ष रुद्र राउत,किरात खेलकुद संघका प्रतिनिधि अमेरिकी कराते रेफ्री पर्खि राई,एन आर एन न्यु योर्कका अध्यक्ष तेम्बा शेर्पा,किरात राई सोसाइटिका न्यु योर्क अध्यक्ष भारती राई,आदिवाशी जनजाति महिला महासंग यु एस ए का अध्यक्ष संगिनी राना ,कनेक्टिकेट नेपाली समाजका अध्यक्ष जय राई लगायतले आफ्ना धारणा राखेको कार्यक्रममा
यु एस नेपाल क्लाइम्बर एसोसिएसनका सल्लाहकार भेनिशा ओबरायन, नेवा गुठी न्यु योर्कको रबिन बज्राचार्य ,युनाइटेड किरात राई अर्गनाइजेसनका न्युयोर्क चाप्टर सभापति केशब राम राई,अर्गनाइजेसन कै सल्लाहकार सुरेश चाम्लिङ्ग,युथ ग्रुपको तर्फ बाट सुप्रिम राई,एड्वानको तर्फ़ बाट बिष्णु माया परियार,ट्रेकिङ्ग एजेन्ट्स टानका एक्ज्युकेटिभ मेम्बर सरस्वति लामा,एन आर एन अमेरिकाका पुर्व सभापति शिब कुमार राईले पनि मन्तब्य राखेको थिए ।

कार्यक्रममा स्वागत भाषण युनाइटेड किरात राई अर्गनाइजेसन न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राइको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रममा मिरा राईलाई बिभिन्न सस्थाहरुले खादा ओढाई प्रशंशा पत्र प्रदान गरेका थिए भने युनाइटेड किरात राई अर्गनाइजेसनले एक हजार डलर एन आर एन न्यु योर्कले एक हजार डलर र किरात खेलकुद संघका पर्खि राइले दुइ सय डलर नगद रकम पनि ािरालाई हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू