अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

हरुवा पार्टीको छेरुवा दाउ, फेरि पनि धाँधली गरी खाउ- रविन बज्राचार्य

बिआरटीनेपाल २०७३ फागुन २० गते ७:४५ मा प्रकाशित

मैले यहाँ हरुवा भन्दै गर्दा साथीहरूले बिना सिटी चार्ज लगायो भन्ने सोच्नु नहोला भनेर म भन्दिन। केही साथीहरूले तिमीहरुनै त चुनाव हार्ने हरू हुन भनेर नभन्ला भने पनि छैन।

कुरा टेनिसी कोर्टको हो। कुरा सदस्यहरूको अधिकार को हो। कुनै पनि निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन निश्पक्ष रूपमा सम्पन्न भएको हो हैन भन्ने कुराको पुष्टि सो निर्वाचनको डाटाहरुले गर्दछ। हामीले पनि निर्वाचन सम्पन्न भई सकेको अवस्थामा निर्वाचन सम्बन्धी डाटा हरू निरिक्षण गर्न पाउनु पर्‍यो भन्ने माग राखेका थियौँ। तर, निर्वाचन आयोग र जितेका भनेकाहरुले गोपनियताको दुहाई दिँदै देखाउन नमिल्ले भनेर डाटाहरुलाई लुकाएर राख्ने प्रयास गरियो।त्यही सदस्यहरूको अधिकारलाई सुरक्षित गर्न र गराउन हामीलाई टेनिसीको अदालत सम्म पुग्न बाध्य गरायो। अन्त्यमा अदालतको सामु केही नलागेपछि घुँडा टेकेर आत्म समर्पन गरेको छ। सिलबन्दि रूपमा डाटाहरु अदालतमा बुझाइएकोछ। $ ६००० सम्म भर्पाई तिर्ने भनेर अदालतमा , अदालतले जारी गरेको पत्रमा यो कार्य समितिका वकिलले सही गरी सकेको छ। यो हामी सम्पूर्ण NRN प्रेमी साथीहरूको पहिलो जित हो।

हाम्रो देश्रो जितको सुसमाचार निकत भविष्यमै आउने कुरामा म विश्वस्त छु। डाटा अदालतमा बुझाइसकेको छ, भने प्रतिवादीको अनुमति लिएर डाटामा लगाइएको सिल खोलिसकेको अवस्था छ।अदालतको आदेश मा उल्लेख भए अनुसार डाटा का केही अंशहरुको फोटो कपि गरिकन प्रारम्भिक विश्लेषण सुरु भई सकेको छ। अमेरिकी निर्वाचन प्रणालीको सर्वमान्य नियम, कसैले कसैको मत खसाल्न नपाउने भन्ने नियमानुसार , विगतको निर्वाचनमा व्यापक अनियमितता भएको हुन सक्ने हाम्रो शङ्का छ। त्यसैले पनि सुरु देखिनै हामीले डाटाविश्लेषण हुनु पर्ने माग राखी आएका हौँ। यदि हाम्रो अनुमान सही रहेमा र बिज्ञहरुले त्यस्ता डाटाहरु प्रमाणित गरेको अवस्थामा, विगतको निर्वाचनमा अनिमियतता भएको हो भनेर प्रमाणित गर्न कुनै आइतबार कुर्नु पर्ने हुँदैन। त्यति बेला हालको कार्य समितिको विषयमा के गर्ने हो भन्ने बारेमा म सदस्य महानुभावहरु माझ पछि नै अर्को प्रशन तेर्स्याउँला। यो हाम्रो दोस्रो जित हुनेछ।

तेस्रो जित को बारेमा केही कुरा गरी हालौं। विगतको निर्वाचनमा नांग्लामा राखेर एकै व्यक्तिबाट बृहत् रूपमा अरूको रकम तिरि दिएको तथ्य बाहिर आए पश्चात् र केही कम्प्युटरबाट हजारौँको सङ्ख्यामा सदस्य बाइएको तथ्य बाहिरिए पछि, अब आइन्दा हुने चुनावहरुमा धाँधली हुने सम्भावना कम गराउन , सदस्य बन्ने बेला एक थरी आईडि पेस गर्नु पर्ने माग राखिअाएका थियौँ। यो माग लाई हालै सम्पन्न भएको साधारण सभाले पास गरेर सदस्यहरूलाई अर्को जित प्रदान गरेको थियो। यो हाम्रो तेस्रो जित हो।

तर विडम्बना हाम्रो यो जितलाई केही दिनको लागी मात्र सीमित गरेको पाइएको छ। सदस्यता नविकरण हुने क्रम जारी रहँदै कार्य समितिले, साधारण सभाले गरेको निर्णयलाई उल्ट्याएर आइडिको अन्तिम चार अङ्क मात्र भए पुग्ने र फोटो नचाहिने निर्णय गरेको थियो। यस पश्चात् डुङ्गाले पनि सदस्यता पाउने भन्ने लेख प्रकाशित भई सकेपछि र मैले विशेष साधारण सभाको माग राखेर अविश्वासको प्रस्ताव दर्ता गराउने अभियान सुरु गरिसकेपछि पुन फोटो हाल्नु पर्ने र इमेलबाट भेरिफाई गराउनु पर्ने व्यवस्था गरिएर आफ्नो साख जोगाउने काम सुरु गरेको छ।

यसै गरी हाल न्यु योर्क लगायत विभिन्न ठाउँहरूमा सदस्यता वितरण केन्द्रहरु खोलिएका छन्। ती केन्द्रहरुबाट सही सदस्यहरूले सदस्यता ग्रहण गर्दै छन् कि नक्कली भोटहरु बनाउँदैछन भनेर विभिन्न व्यक्तिहरूले प्रश्न नउठाएको होइन। के केन्द्रहरु खोल्न पाइन्छ त?? किन ती केन्द्रहरु खोलिएका छन्?? यदि जायज हैन भने तुरुन्त बन्द गराउने पहल हुनु पर्‍यो। कि त्यो नांग्लामै राखेर सदस्यता वितरणै गर्न पाउनेनै हो?? यसको जवाफ म सँग छैन।

यसो भन्दै गर्दा हाल सम्म करिब १० जनाले अध्यक्षपदमा र अरू दर्जनौं ले विभिन्न पदहरुमा उठ्ने घोषणा गरिसकेका छन्। तर किन ती सबै जना सदस्यताको बारेमा मौन छन् ??? कि बोल्ने हिम्मत छैन??? कि सबै जना भित्र भित्रै आआफ्ना फर्जि मतहरु बनाउन तल्लिन छन्??? यसको जवाफ भविष्यले नै देला।

म त त यति मात्रै भन्न चाहन्छु, सदस्यता वितरण प्रक्रियामा हाल पद ओगट्दै बसेका कुनै पनि व्यक्तिको संग्लग्नता हुनु हुँदैन। यति सम्म कि नैतिकताको आधारमा पनि हालको कार्य समितिले वेब साइटको जिम्मा निश्पक्ष ब्यक्तिहरुवा निर्वाचन आयोग वा भेरिफिकेसन टिमलाई अहिलेनै सुम्पि दिनु पर्दछ। तब मात्र निश्पक्षताको केही आसा गर्न सकिन्छ। नत्र भने दूधको साक्षी बिरालो मात्रै हुनेछ।जय NRN

प्रतिक्रिया