अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

असफलताबाट सफलताको शिखर चुम्न सफल प्रेरणादायी हस्तिहरुः -सुनिल मणी दाहाल

बिआरटीनेपाल २०७३ माघ २२ गते ८:२५ मा प्रकाशित

हरेक प्रसिद्ध व्यक्तिहरूको आ-आफ्नै सघर्षको इतिहास हुन्छ । उनीहरू त्यसै चर्चित भएका हुदैनन, त्यसका पछाडि ठुलो कथा तथा व्यथा लुकेको हुन्छ । विश्वको इतिहासमा ठुला ठुला हस्तिहरुले नाम लेख्न सफल भएका छन् । उनीहरूको आफ्नो काम र सोचले विश्वलाई नै प्रभावित बनाएको छ । यदि आफ्ना कमी कमजोरी र असफलताबाट शिक्षा नलिएका भए उनीहरू लोकप्रिय हुने थिएनन । त्यस्ता केही प्रेरणादायी ब्यक्तित्वहरुका बारेमा यहाँ चर्चा गरिएको छः

हेनरी फोर्डः 
फोर्ड मोटर कम्पनीका सस्थापक हेनरी फोर्ड अमेरिकाका सबै भन्दा ठुला उध्योगपति मध्धेका एक थिए र उनलाई अमेरिकाको एक प्रभावशालि व्यक्तिको रूपमा चिनिन्थ्यो । जब हेनरीले आफ्नो मोटरको व्यापार सुरु गरे, पहिलो दुई मोटर कम्पनी सुरु गरेको केही महिना मै बन्द हुन पुगेको थियो । यदि अरू कोही भए यस असफलताबाट निराश भई सक्ने थियो तर, हेनरी निराश भएनन, बरु उनको यस असफलताले नयाँ मोटर कम्पनी “फोर्ड मोटर्स” को जन्म भयो । उनले विश्वमा पहिलो पटक एसम्बली लाइन म्यानुफ्याक्चरिङ्गको प्रयोग गर्दै कार उत्पादनमा क्रान्ति ल्याए । यस सफलताले आफ्नो समय ताकाका विश्वका तीन धनी मध्धेका एक धनी हेनरी फोर्ड बने ।  

जे. के. रोलिङ:
हेरी पोर्टर सिरीजको पुस्तककी लेखीका जे. के. रोलिङको एउटा यस्तो समय थियो त्यस ताका उनी आर्थिक रूपले कङाल भएकी थिइन भने अर्का तर्फ पतिसँगको सम्बन्ध बिच्छेदले डिप्रेसनमा गएकी थिइन । जुन बेला उनी हेरी पोर्टर पुस्तक लेख्दै थिइन त्यस ताका एक सामाजिक संस्थामा बस्थीन उनी । यती मात्र हैन, उनको यस किताबलाई सुरुका दिनमा १२ प्रकाशकहरुले प्रकाशण गर्न मानेका थिएनन ।

आज उनी विश्वमा नै सबै भन्दा बढी पढीने पुस्तकको लेखीकाका रूपमा चिनिन्छीन । उनको पुस्तक हेरी पोर्टरको बिक्री करिब ४७० मिलियन कपी भएको अनुमान गरिन्छ । यो पुस्तक प्रकाशित भए पश्चात् यस अघिको बिक्री भएका अन्य पुस्तकहरुको रेकर्ड तोडिएको मानिएको छ ।

थोमस एल्बा एडिसनः
एडिसन अमेरिकाका यस्ता अनौठा आविष्कारक थिए जसको नाममा १०९३ आविष्कारका प्याटेन्ट रेकर्ड छन् ! सन १८८९ मा उनलाई गरिएको एक सम्मान समारोहमा एक बक्ताले भनेका थिए की एडिसनले यती धेरै आविष्कार गरेका छन् की सायद अब अरूलाई थप आविष्कार गर्न केही बचेको छैन ।

वास्तवमा मानव विकासको इतिहासमा एडिसनको बराबरीमा आविष्कार गर्ने वैज्ञानिक छैनन् । एडिसन बच्चामा कमजोर थिए र उनको व्यक्तित्व धेरै नै जटिल थियो । तर, उनको दिमाग सदा केही न केही नयाँ खोजमा रहन्थ्यो र ठुलालाई प्रश्न सोधेर हैरान पार्दथे । जब सम्म आफै परीक्षण गरी यकिन गर्दैन थिए तब सम्म अरूको कुरालाई विश्वास गर्दैन थिए । उनको यस किसिमको स्वभावका कारण स्कुलले समेत निकालेको थियो । उनका शिक्षक भन्थे – यो केटाको दिमाग एकदम खाली छ । सुरुका दिन एक सफल इलेक्ट्रीकल बल्बको आविष्कार पूर्व उनले नौ हजार पटक प्रयोग गरेका थिए, जसमा उनी सफल भएका थिएनन । पछि सफलता प्राप्त गरी छाडे । 

वाल्ट डिसनीः
डिसेम्बर ५, १९०१ अमेरिकाको सिकागोमा जन्मेका वाल्ट डिसनीले आफ्नो पहिलो बिजनेस आफ्नो घरको गराजबाट सुरु गरेका थिए । उनले सबै भन्दा पहिले सुरु गरेको कार्टुन बनाउने कम्पनी चलेन र त्यो कम्पनी डुबेको थियो । उनको पहिलो प्रेस भेलामा डिसनी लाई सिनेमा बनाउने कुनै अनुभव छैन भनी एक मिडियाका एडिटरले उनलाई होच्याउदै भनेका थिए । तर, उनले हरेस खाएनन । वाल्ट डिसनी अमेरिकाको प्रख्यात सिनेमा निर्माता, निर्देशक, पटकथा लेखक र एनेमेटर बने । उनले विश्वको सबै भन्दा प्रख्यात फिल्म निर्माता कम्पनी “द वाल्ट डिसनी कम्पनी” को स्थापना गरे । उनले २६ वटा अकेडेमीक अवार्ड समेत पाए । आज यस कम्पनीको वार्षिक रेभिन्यु ५२.४६ बिलियन अमेरिकी डलर भन्दा बढी छ । यस कम्पनीमा १ लाख ८० हजार भन्दा बढीले रोजगारी पाएका छन् । 

अब्राहम लिंकन :
सम्भवतः असफलतामा कैले पनि नआत्तीने, निराश नहुने र दृद विश्वासका साथ अगाडि बढने व्यक्तित्वमा सबै भन्दा अघि अब्राहम लिंकनको नाम आउँछ । गरिब परिवारमा जन्मेका लिंकनले आफ्नो जिवनकालमा अनेकौ कठिनाही ब्यहोर्नु पर्‍यो, धेरै असफलता हरुमा जुध्नु पर्‍यो ।

लिंकनले पाएको असफलताको विवरण नै यति लामो छ कि उनले कुनै पनि समय आफूले पाएको असफलताबाट निराश भई हार मान्न सक्दथे तर उनले हार मानेनन, उनी अमेरिकाको इतिहास मै सबै भन्दा लोकप्रिय महान् राष्ट्रपति बने । अब्राहम लिंकनलाइ अमेरिकाको प्रभावशाली राष्ट्रपतिका रूपमा चिनिन्छ ! उनी अमेरिका को १६ औ राष्ट्रपति थिए । उनले धेरै नै कठिन सङ्घर्ष पश्चात् मात्र सफलता प्राप्त गरेको उनको जीवनीले देखाउछ । अत्याधिक गरिबी र पिछडिएको वर्गबाट व्हाइट हाउस सम्मको यात्रा तय गर्न सफल लिंकन दुई पटक सम्म अमेरिकी माथिल्लो सदन सीनेटको चुनाव हारेका थिए ।

यसैले जिन्दगीमा केही पाउनु छ भने हार नमानी, निराश नभै, सकारात्मक सोचका साथ अघि बढन सक्नु पर्दछ, यही शिक्षा लिंकनले सिकाएर बिदा भए । 

प्रतिक्रिया