अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

‘राष्ट्रकवि माधव प्रासाद घिमिरे गीत पुरस्कार’ किरण खरेललाई

बिआरटीनेपाल २०७३ माघ १८ गते १:३७ मा प्रकाशित

‘राष्ट्रकवि माधव प्रसाद घिमिरे गीत पुरस्कार-२०७३’ बरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिएको छ । सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रममको आयोजना गरी पहिलो पटक स्थापीत राष्ट्रकवि माधव प्रसाद घिमिरे गीत पुरस्कार राष्ट्रकविकै हातवाट गीतकार किरण खरेललाइ प्रदान गरिएको हो ।

आफ्नो नाममा स्थापित पुरस्कार आफ्नै हातबाट प्रदान गर्न पाएकोमा खुसी ब्यक्त गर्दै राष्ट्रकवि घिमिरेले गीतकार खरेलको प्रसंसा गरे । उनले भने, किरण खरेलका शब्द संगीतकार सम्म पुग्नु अघिनै आफैं संगीत बोकर जन्मेका हुन्छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गुरु माधवप्रसाद घिमिरेका नाममा पुरस्कार स्थापना गर्नु सहित्यकार तथा गीतकारका लागि खुसीको कुरा भएको बताए । सो पुरस्कार किरण खरेलजस्तो सही स्रष्टालाई छानेर प्रदान गरिएको उनले बताए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर द्वारा स्थापित २१ हजार रुपैया पुरस्कार राशी रहेको सो पुस्कारको ब्यवस्थापन गीतकार तथा प्राय उन्ननी शिला बोहोलाले गरेकी हुन् । कार्यक्रमा बोल्दै प्राज्ञ तथा गीतकार उन्नती शिला बोहोराले आफुलाई सानैबाट गीत संगीतप्रति आशक्ती भएकाले र माधव प्रसाद घिमिरेका गीत र नेपाली गीती क्षेत्रमा घिमिरेको योगदानको कदर गर्दै यो पुरस्कार स्थापना गर्नमा प्रेरित भएको बताईन् । साथै बोहोराले किरण खरेलद्वारा लेखिएका गीतहरुको प्र्रशंसामा खरेलका गीतहरुको केही अंश पनि कार्यक्रममा सुनाएकी थिईन् ।

त्यस्तै गायक तथा संगीतकार गणेश पराजुलीले पनि किरण खरेलद्वारा लेखिएको गीत कार्यक्रममा प्रस्तुत गरेका थिए ।

पुरस्कृत गीतकार किरण खरेलले आफुलाई राष्ट्रकवि माधव प्रासाद गीत पुरस्कार प्रदान गर्ने आयोजक संस्थालाई धन्यवाद दिंदै माधव प्रसाद घिमिरेकै गीत सुनेर लेख्दै आएको आफु आज उनकै नामको पुरस्कार उनकै हातबाट प्राप्त गर्न पाएको दिन आफ्ना लागी अत्यन्त महत्वपुर्ण र खाष दिन भएको बताएका थिए ।

पुरस्कार समारोहमा गीतकार बरिष्ठ गीतकार रत्न समसेर थापा दिनेश अधिकारी, राजेन्द्र थापा,श्रीपुरुष ढकाल लगायतका अग्रज गीतकार साथै नयाँ पुराना साहित्यकार र गीतकारको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू