अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

अन्तरराष्ट्रिय नारी दिवस, क्यालिफोर्निया

बिआरटीनेपाल २०७३ माघ १४ गते १२:४२ मा प्रकाशित

“When I discover who I am, I’ll be free” – “जब मैले आफूलाई चिन्दछु, म स्वत्रन्त्र हुनेछु” भन्ने नाराका साथ NWGN – CA Chapter ले १०७औं अन्तरराष्ट्रिय नारी दिवस मनाउन गई रहेको सहर्ष जानकारी गराउद छौँ।

महिला अधिकार भनेको पुरुष माथि विजयी हुनु हैन; आफू स्वयम् माथि विजयी हुनु हो। आफ्नो अधिकारको जानकार हुनु हो, आफ्नो अधिकारको पाउनु हो र सो अधिकारलाई यथावत राख्न सक्नु हो। नारी एक स्वरूप अनेक: आमा, दिदी, बहिनी, श्रीमती आदि इत्यादि। यी सबै स्वरूपका हामी नारीहरूमा केही गुणहरू होलान् अनि कति अवगुण पनि। जब सम्म हामीले हामीमा भएका गुण/दोषहरु मूल्याङ्कन र पहिचान गर्न सक्दैनौ तब सम्म हामी, हामी बिच मै रुम्मलिने छौँ।

हामी हाम्रो अस्तित्व खोज्दा खोज्दै अस्तित्व बिहिन हुने छौँ। तसर्थ, नारी जागरणका निमित्त, नारी सशक्तिकरणका निमित्त, एक समतामुलक र सहभागितामुलक समाज निर्माणका हेतु यो हाम्रो सानो प्रयासलाई सहयोग गरी सफल पारी दिनु हुँन, सम्पूर्ण सङ्घ संस्था तथा बेएरियावासी आमा, बुवा, दिदी, बहिनी तथा दाजु भाइहरुलाई हार्दिक अनुरोध गर्दछौ।

मिति: मार्च ११, २०१७ शनिवार
समय: साँझ ५ बजे

स्थान: बर्कली एडल्ट स्कुल
1701 San Pablo Ave,
Berkeley, CA 94702

टिकट: मात्र $15 (दश वर्ष भन्दा मुनिकालाई निःशुल्क)

For details www.nwgnca.org

 

धन्यवाद

अध्यक्ष – सुस्मिता सिजापती

कार्यक्रम संयोजक – सुनिता सापकोटा
साथै, सम्पूर्ण NWGN CA टिम

प्रतिक्रिया