अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

विश्व राजनीतिको भूमरीमा नेपाल

बिआरटीनेपाल २०७३ माघ ५ गते ६:४९ मा प्रकाशित

क्रिस्टमसमा यो पटक अमेरिका र युरोपमा राम्रैं हिंउ पर्यो, जाडोको महशुष पनि भयो, यो अवसरमा हिंउको राम्रै महत्व हुन्छ । यसै समयमा रुस र अमेरिकाको सम्बन्ध भने चिसियो, शीतयुद्धको झैं । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक नेता तिनका संस्थाको ईमेल हयाक भएको र चुनाव प्रभावित भएको, जसमा रुसी राष्ट्रपति पुटिनको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाईयो । अमेरिकाका राष्ट्रपति ओबामा आफु हवाईट हाउस छोड्न करीब तीन हप्ता बाँकी रहँदा पैतिस जना रुसी कुटनितीज्ञहरुलाई रुस फिर्ता र अमेरिकामा अवस्थित दुईवटा रुसी संस्थालाई बन्द गराएर बदला लिए । उता रुसी राष्ट्रपती पुटीनले भने आफु कुनै अप्रिय निर्णय लिनुभन्दा अगाडि नब निर्बाचित अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्फको राष्ट्रपति हवाईट हाउस प्रवेशलाई पर्खिने संकेत गरे । डोनाल्ड ट्रम्फले पनि रुससंगको सम्बन्धलाई मुख्य एजेण्डामा राखेर पुटिनसंग बिशेष हिमचिम भएको रेक्स टिलर्सनलाई अमेरिकी बिदेशमन्त्री नियुक्त गरेका छन् ।

अमेरिकामा विदेश मन्त्रीको अहम भूमिका हुन्छ तर नेपालमा गृहमन्त्रीको महत्व धेरै हुन्छ । अमेरिकाले विदेशी सम्बन्धलाई महत्वपूर्ण भूमिका खेल्ने सेतुका रुपमा काम गर्दछ भने नेपालको गृहमन्त्रीले भारतले अह्राए पह्राएका काम गर्ने र भारतीय गुप्तचर संस्था र अ को कामदारको रुपमा काम गरी नेपालको अत्यनतै गोप्य सूचना चुहाउने जस्ता क्रियाकलापम उद्धत भएको पाईन्छन् ।

तर ओबामा प्रशासनदवारा परिचालित सिरीया बिद्रोही सेना भने अमेरिका र रुसको चेपुवाईमा परेर अन्ततः हार मानेर सिरियाली सरकारसँग सम्झौंता गर्न बाध्य भयो । केही मात्रामा सिरियामा आई.एस.एस र अल नुसराह फ्रण्ट जस्ता आतंकवादी समुह बाहेक अर्को थ्रेट देखिदैंन । अरबले केही मात्रामा राहतको महशुष गर्नेछ । यदी रुस र अमेरिकाको सिरीया तथा बाँकी अरबिक राष्ट्रप्रति हेर्ने दृष्टिकोण समान भए मात्र ।
एकातिर डोनाल्ड ट्रम्फ सम्बन्ध सुधार्नेतर्फ उद्यत हुँदै गईरहेको देखिन्छन भने अर्कातिर चिनसंग भने सम्बन्ध चिसिदैं गएको महशुष भएको छ । डोनाल्ड ट्रम्फ आफ्नो ब्यापारी भएकोले होला, चीनसँग अमेरिकाको ब्यापार घाटा अधिक बढेकाले उनले चीनसँग नँया राजनीतिक हिसावले अघि बढ्ने घोषणा गरे ।

डोनाल्ड ट्रम्फको चुनावी मुख्य एजेण्डा अमेरिकामा आप्रवासीको ब्यापक रुपले अतिक्रमणलाई रोक्ने र कुनै पनि हालतमा बसाई सरेर बसेका आप्रवासीलाई लखेट्ने दोस्रो चीनको ब्यापार बिस्तालाई रोक्ने र अमेरिकामा ठूलो नँया उद्योगहरु खोली अमेरिकामा रोजगार प्रदान गर्ने । एउटा चीनले अमेरिकी अर्थतन्त्रलाई तहस नहस पार्यो भन्ने थियो भने आफ्नो तेस्रो श्रीमती मोडल मेलनी स्लोभानियाको आप्रवासी भएपनी उनी अमेरिकामा आप्रवासी भनेकैं कानुन बिपरित काममा संलग्न तथा अमेरिकनको रोजीरोटी खोसि दिएकोमा अत्यन्त रुष्ट भई उग्र राष्ट्रवादको नारा दिदैं चुनावमा होमिएका थिएं भने अप्रत्यासित रुपले रुसी राष्ट्रपति पुटीनको सहयोगमा उनी चुनाव जित्न सफल पनी भएका छन् ।

ट्रम्फको बिजय पश्चात युरोपमा हुन गईरहेको चुनावमा पनी ठूलो असर पर्ने देखिन आएको छ । सिरिया तथा मिडिल ईस्टमा अमेरिकन प्रभावले भइरहेको युद्धले ब्यापक रुपमा शरणार्थीहरुको जुन युरोप प्रवेश छ त्यसले युरोपियन जन जिवन उच्च कोटीमा प्रभावित भइरहेको छ । अहिलेको चुनावीय बहस पनि शरणार्थी र आतंकवाद रोक्नको लागि जर्मन, फ्रान्स लगायत देशको चुनावी एजेण्डा पनि राष्टियतामा आधारित नारा र एजेण्डा बन्नेछ भन्नेमा दुईमत छैन । त्यहाँ चौथो र पाँचौ स्थानमा भएका राष्ट्रवादी पार्टि अहिले यस चुनावमा आफ्नो प्रभाव राख्ने गरी सलबलाईरहेका छन् ।

आफ्नो राष्ट्रप्रति बफादार रहनु र राष्ट्रियता ख्यालमा राखेर देशप्रति सर्मपित हुनु त अत्यन्तैं सुन्दर पक्ष हो तर जसरी उनले चीनसँगको सम्बन्धलाई निरन्तरता दिए, त्यो संकेत हेर्दा भने भावी विश्व राजनीति त्यती सुखद देखिंदैन । चीनको एक चीन नीतिमा अडिक नभई ताईवानको राष्ट्रपतीसँग टेलिफोन वार्ता गर्नु र एक चीन नीति समय सापेक्ष हुनुपर्छ भन्दैं चीनलाई पाठ सिकाउन खोज्नु के भावी विश्व राजनीतिमा तहल्का मचाउदैन र ? यही मौका छोपी निकट भविष्यका हवाईट हाउसका पावरफुल ब्यक्तित्व अमेरिकन राष्ट्रपतिले जापानका प्रधानमन्त्रीसंग भेटवार्तागरी आफ्नो देशमा पचास बिलियन डलर इन्भेष्टमेन्ट गराउन सिंन्जो आवेलाई विश्वस्त बनाए । बिगतमा चीन र जापानको त्यती राम्रो सम्बन्ध छैन जसलाई बुझेर अमेरिकन राष्ट्रपतिले यी कदम चालेका पनि हुन सक्छन् ।

यता एशियामा चुलिदैं गएका विवादलाई मध्यनजर गर्ने हो भने फिलिपिन्सले गएको अक्टोबर तीर अमेरिकनसँग आफ्नो राष्ट्रको अन्तिम आर्मि तालिम हुन सक्ने र आफु अमेरिकासँग सम्बन्ध हटाएर चीन र रशियाप्रति आर्कषित भएको र राष्ट्रपती ओबामालाई गाली गर्दै त नरकको लायक छस् भन्ने कडा अभिब्यक्ति दिन सम्म भ्याए । चीनले पनी मौकामा चौका हान्दैं फिलिपिनो राष्ट्रपतीलाई बेजीगं भ्रमणमा आमन्त्रीत पनी गराए । अन्तराष्ट्रिय कोर्टको बिरुद्ध साउथ चाईना समुन्द्रीमा आफनो समुन्द्रीक अधिकार र स्वाधीन राष्ट्रको भूमी हक भन्दै आफ्नै सेना बिस्तार गर्दै युद्ध पोतलाई राख्न पनी भ्याए ।

समग्रमा हेर्दा विश्व राजनीति कता गएको छ भन्ने भेउ पाउन पनी मुस्किल छ तर हाम्रा नेता भने भारतको त्वम् शरणम गर्दै एकपछि अर्को सन्धी सम्झौंता गर्दैमा जिवन ब्यतित गर्दैछन्, सिर्फ जनयुद्ध पछि आफ्ना ज्यान जोगाउन । क्रेमीया रुसको अधीनमा आएपछि पहिलोपल्ट २०१४ पछि राष्ट्रपति पुटिनले पछिल्लो पल्ट जि ७ सम्मेलनमा जापानमा भ्रमण गरेका छन् । मौकामा चौका हान्ने स्तर भएका नेताहरु भए भरको कुटनीतिक बाटो प्रयोग गर्दै रुस जापान सम्बन्ध सुर्धान प्रयत्नरत देखिन्छन् । उता बिग्रेको सम्बन्ध सुर्धान टर्किका राष्ट्रपति त्यती टाढा रहेको देश रुस भ्रमणमा निस्के, फिलिपिनो राष्ट्रपति चीन भ्रमणमा दौडे भनें हाम्रा नालायक नेताहरु भने एकातिरको छिमेकीसँग सम्बन्ध सपार्ने नाउमा सर्वस्व सुम्पिएर धोती न टोपी भएर नांगै हुने भने अर्कोतिरको छिमेकी चाहिं देश नैैं होईन भने झैं आखा चिम्लेर बलियो सम्बन्धलाई नकार्ने ।

हुन त हामी विश्वको मानचित्रमा ठूला ठूला देशका लागी सानै देश भएपनी विश्वको नक्सा चनाको गेडा झैं थोप्लो झैं रहेको देशको लागि झैं महादेश नै हो । तर पनि हाम्रा नेताहरुको नालायकिपनले गर्दा लाग्छ आज हामी त्यत्रा ठूलो देश भएपनी थोप्लो झैं लाग्ने देशले आफनो स्वाधिनता, स्वाभिमान, सीमा रक्षक, राष्ट्रको आवाज अरु देशको अगाडि बुलन्द गरेर राखेको देख्दा एक थोपा पानीमा डुबेरैं मरु झैं लाग्छ । हो, भू राजनीतिको लागी सबैले आ आफ्नो देशको स्वार्थ हेर्छ ।

चीनले आज अर्थतन्त्रको जग भनी साठी भन्दा बढी देशसँग सिल्क लिंक बिस्तार गरेको छ , जसको अभिष्ट ईच्छा परि आएको बखत तुरुन्त सैनिक परेड गर्न सक्ने अवस्था छ । भारत घेर्ने निहुँमा साउथ चाईना समुद्रदेखी हिन्द महासागरमा उसको सैनिक तैनाथ छ, पाकिस्तान र श्रीलंकामा पोर्ट र एअरपोर्ट बिस्तारको नाउँमा खरबौं डलरको बिकास खर्च गरेको छ भने हिमाञ्चल, अरुणाञ्चल र नेपालको सिमा क्षेत्रमा टे«न, बाटो र एअरपोर्ट बिस्तार ब्यापक रुपमा भएको छ भने तिब्बत सीमा क्षेत्र नजीक पोखरामा दोस्रो एअरपोर्टको नाममा चीन आफैले ठूलो बिकास बजेट खर्च गर्दैछ । त्यस्तैं रसुवादेखी धार्के सम्म रेल बिस्तार, लुम्बिनी सम्म रेल बिस्तार, सुरुगं मार्ग र दुई लेनको बाटोको लागी अर्बौ रुपैंया नेपाललाई सहयोग गर्दैछ । उता भारत भने नेपाललाई सहयोग गर्ने नाममा चार दशक सम्म कुनै परियोजनाको नाममा फुर्ति झार्दै बस्छ, जुन परियोजना आजको दिन सम्म पनि अन्तिम अवस्थामा पुगेको देखिदैन । केहि बर्ष अगाडी नेपालका हितैषी जो भारतीय बिधायक थिए, उनी भारतले नेपाललाई छुट्याउने बजेट हिसाव गर्ने लेखा समितिको सदस्य भएर आएका थिए । भारतले नेपाललाई त्यत्रो बजेट छुट्याउदा पनी कनि कुनै ठोस परियोजना छैन भनि हकारेका त उनी त्यो हिसाव किताव हेरेर हेरेकै भएछन् । बजेट त यहाँका पच्चीस हजार भन्दा माथिका एजेण्टहरुलाई तलव खुवाउदैं पो सिद्धिने रै छ ।

नेपालको चीन र भारतसँगको सम्बन्ध
नेपाल चीनको स्वशासित भूमीका लागि दुई ठूला युद्ध भएका पनि हुन । नेपालले कुत बापत तिब्बतसँग रकम लिंदै पनी आएको हो जो राजा महेन्द्रको पालामा सदाको लागि सम्झौंता गरी नँया ढंगले बढ्ने समझदारी बन्यो । चीनसंग हाम्रो सांस्कृतिक जोडाई कैलाश, मानसरोवरले गर्दा छ, जसलाई हामी हाम्रो बैदिक सनातन धर्मको शीर पनि मान्छौं । त्यहाँ शिव र पार्वतीको जोडा बसी हाम्रो रक्षार्थ अहोरात्र खटिएका छन् भन्ने हामी मान्यता पनी राख्छौं । बिष्णु भगवानको नवौं अवतारको रुपमा जन्मेका बुद्ध भगवानको पबित्र सार बोकेर विश्व फैलाउने श्रेय पनी चीनिया हरुलाई नैं जान्छ जो यहाँ ब्यापारी र भ्रमण गर्ने रुपले आएर पछि बुद्धको उपदेशलाई ग्रहण गरी विश्व सामु चिनाए । पाटनका सयौं परिवारको रोटी बेटीको सम्बन्ध चीनको स्वशासित भूमिमा पनि छ । जहाँ अहिले पनि नेवार समुदाय ब्यापारको रुपमा अनेकौं पुस्ता सम्म आएर बसेका छन् ।

तिब्बतबाट नेपाल आउने र यो बाटो प्रयोग गरी भारत भ्रमणमा जाने पनी तिब्बेटीयन तथा चीनियाहरु गर्ने गर्दथे । यही बाटो प्रयोग गरी तिब्बतबाट चौंधौ दलाई लामा भारत प्रवाशित भएभने उनको चेला तथा सेना बाध्य बनाईएर नेपालमा राखियो । यो एउटा चाल पनि थियो जुन अहिले आएर प्रष्ट भईरहेको छ । भारत र चीनको सम्बन्धमा दरार आउने पनि यही तिब्बेतियन धर्म नेता तथा राजा दलाई लामालाई भारतमा निर्बासित गराईनु । यहाँ भएका निर्वासित तिब्बतीयनहरुलाई समय समयमा उचालेर चीनलाई तर्साउने बाटो तथा तुरुपको रुपमा अमेरिकी पश्चिमा र सिआईएले प्रयोग गर्नु । केही रकम र विवाह गरेको भोली पल्टै भारतीयहरुलाई नेपाली नागरिकता दिनु तर तीन चार पुस्ता भईसके पनि तिब्बतीयनहरुलाई नागरिकता दिन पहल गर्नुमा बिदेशीको ठूलो खेल छ भन्ने प्रष्ट बुझाई छ ।

पछिल्लो चरणमा चीनले जुन किसिमले लिपुलेकलाई भारतीय संग जोड्ने सीमाका रुपमा हेर्यो त्यो नेपालको लागी असाध्यैं दुःखद र त्रुटिपूर्ण छ । यता भारत भने आफुसँगै मात्र रोटी बेटीको सम्बन्ध छ भन्दै ठूलो स्वरले कराउँछ, हिमाली क्षेत्रको सिमामा र तिब्बतीय क्षेत्रको रहन सहन लवाई खवाई विवाहबारीलाई चटक्कै बिर्सदैं ।

नेपाल भारतसँगको थुप्रै युद्ध संस्मरण आज सम्म ताजा छदैंछ । पूर्बमा टिस्टा र पश्चिम काकडा सम्म पुगेको नेपाल १९७० को सुगौली सन्धी पछि खुम्चिएको थियो भनें नेताहरुको आफ्नो स्वार्थको कारणले गर्दा सम्पूर्ण नदी नाला तथा प्राकृतिक श्रोत र सीमा मिचिएको कारण अहिले चाहुरिएर बसेको छ ।

चीन, भारत, नेपाल र दलाई लामा
नेपालको भूमी भारतमा मात्रै होईन चीनमा समेत विवादास्पद रुपले खिचीएर लगिएको छ । भारतसँग गासिएको सीमा क्षेत्रमा त झन लालपुर्जा हातमा लिएर जग्गा धनीहरु स्थानीय निकायमा धाउदैमा जिवन बिताईरहेका छन् । के नेपालले यी दुई देश ठूला छन्, बिशाल छन, जनसंख्या धेरै भएका देश भन्दैमा हेपिएर, झेलिएर, लहसिएर अस्मिता खोसिएर नै बिताउन पर्ने हो त ?

भारतले पनि नेपालबाट असुरक्षा महशुष गर्ने चीनले पनि फ्रि तिब्बेतको नाममा नेपालबाट असुरक्षा महशुष गरी रहने यसैको नाममा हामीले आफ्नो आवाज दबाएरै जि हजुरमै जिन्दगी ब्यतित गर्नुपर्ने हो र ? भर्खर दलाई लामाको भारतमा हुन गईरहेको कालचत्र पुजामा चीनले तिब्बेतीयनहरुलाई निग्रानी राख्न नेपाललाई आग्रह गर्यो । हामी भूकम्पले पिडित भएको बेला नेपालीहरुको महान चाड दशैंको बेला भारतले नाकाबन्दी गर्यो भन्दैं सराप्दै थियो उता चीनले सदासयता देखाउदैं हामीलाई सहयोगको हात पसार्यो । तर ठीक उता चीनले भने दलाई लामालाई स्वागत गर्यो भनेर मंगोलियामाथि नाकाबन्दि गर्यो । तीन तिरबाट चीनदवारा घेरीएको मंगोलियाले भारतलाई सहयोगको लागी गुहार्यो र अहिले मंगोलियालाई रसियन तर्फबाट पारवहनको सहयोग उपलब्ध छ । दलाई लामा पनी निर्बासित जीवनबाट कहिले काहि आजित भएको अभिब्यक्ति आउँछ, उनी पनी कहिले काहीं आफ्नै जन्मभूमी फर्किन मन लाग्दो हा,े कति अर्काको माटोमा जिवन बिताउने भन्ने अत्यास लाग्दो हो तर उनको चीनसंगको निकटता बढ्यो कि पश्चिमा अदृष्य शक्तिले थिचि हाल्छ । तर उनको विश्व शान्तिको लागी प्रयास तथा प्रवचन मानव जीवनको लागी सदा अतुलनिय र प्रशंसनिय नैं छ । जब सम्म दलाई लामा र चीनको सम्बन्ध सुध्रिन्न तब सम्म विश्वले यी दुई विवादलाई लिएर खेलिनै रहनेछ ।

सेना सुरक्षा र गोरखा
चीनियाँ साम्राज्य बिरुद्ध लड्न भनी खडा गरिएको नेपाली सांस्कृतिक परिषदको ब्यानरमा भएको कार्यक्रममा नेपालका राजदुत दिपकुमार उपाध्याय, देउवा पक्षधर मोहन बहादुर बस्नेत, रा.एस.एस कार्यकारिणी सदस्य इन्द्रेश कुमार सहभागी भई दुइदिने कोटा सम्मेलन सफल बनाउन सहभागि भएका थिए । नेपाली समाजलाई चीन बिरुद्ध प्रयोग गर्ने उद्देश्यको भेउ पाउने बित्तिकैं सिलगुढी निवासी ज्योतिषी कनकधारा स्वामी स्वदेशानन्दले गोर्खाली समाजलाई त्यसरी प्रयोग गरेको बिरुद्ध कडा आवाज उठाउँदै बिज्ञप्ति नै जारी गर्नु परेको थियो भने हाम्रो परराष्ट्र मन्त्रालयले आफ्नो राजदुत त्यस्तो सम्मेलनमा भाग लिनुलाई त्यस्तो अनौठो मानेन ।

बेलायतको राजकुमार हयारी आफु गोर्खालीको बिचमा हुन पाउँदा त्यस्तो असुरक्षित महशुष कहिले नहुने भनेर गोर्खालीको ईज्जत गर्छन । भारतले पाकिस्तान र चीनको सीमामा गोर्खाली सेनालाई खटाईदा सुरक्षीत महशुष गर्छ । महसुर मध्ये पनी महसुर मानिएको खुकुरीको शान बोकेको गोर्खाली सेना हालमा आएर युएईमा समेत खडा भइसकेको छ । खाडी मुलुकलाई सुरक्षीत राख्न । शिवको शान्तिको महत्व बोकि महाकालीको शक्ति पुजक नेपाली सेना र गोर्खाली सेना जय महाकाली, आयो गोर्खाली भन्दै शत्रु माथि जाई लाग्छन् । भारतको सेनाको शानको रुपमा पनी खुकुरी धारण गरेको गोर्खा बिरगेडलाई महत्व दिदैं अग्रपंक्तिमा नाम राख्ने गरेको छ ।

गोर्खा महत्व नबुझेर नैं होला शायद भारत नेपालप्रति धेरै नैं लालायीत देखिन्छ । प्रचण्ड लम्पसरवाद र त्वम शरणमलाई नैं बुझेर होला भारतले उनलाई राजकीय भ्रमण गराई भुटान सरहको सन्धिमा हस्ताक्षर गरायो । अब नेपालले विश्व कुटनीति भारतको हेराईमा नै नजर मिलाउने भनेर । यसको प्रचुर मात्रामा फाईदा लिन खोज्दैं भारतले शान्ति सेना सम्बन्धि भारतीय प्रस्ताव भनेको शान्ति मिसनमा जाने नेपाली सेनालाई आफु मातहतमा परिचालन गर्न लविगं शुरु गरेको हो, त्यसको कारण भनेको शान्ति मिसनमा नेपालको उत्कृष्ट प्रदर्शन, शान्ति मिसनमा नेपालको सेना दन्द्धग्रस्त क्षेत्रमा भारतीय सेना जान डराए पछि अग्रपंक्ति मोर्चा सम्हाली हाल्ने प्रवृतिले गर्दा भारतले फाईदा लिन खोजिएको देखिएको छ । तर नेपाली सेनाको सुझ बुझ र चातुर्यताले गर्दा यो प्रस्ताव छताछुल्ल भयो भने भतुवा राजनीतिक नेताहरु तथा नालायक सरकार एक कदम पछि हटन बाध्य भयो ।

अझ भारतका प्रबक्ता तथा नेपालको परराष्ट्र मन्त्री महतले बारम्बार नेपाली सेना र चीनको सेना बीच हुन गईरहेको सैन्य तालीमलाई तीन तीन चोटी बक्तब्य निकाली, हावा कुरा होईन भ्रामक प्रचार भनी आफनो मालिक भक्ति देखाउदै थिए, उता चीनको जनरल साहेब आएर नेपाली सेना र चीन सेनाबिच सैन्य तालिम हुन्छ भन्दै ठोकुवा गर्दै कुटनीतिक मर्यादा बाध्दै नेपालललाई चेतावनी स्वरुप भाषा राखिदिए ।

सेनाको सन्दर्भमा भारत विश्वमै छैठौ नम्बरमा पर्दछ, भारतले गरेको अग्नी ५ बालस्टिक मिसाईलको परिक्षणलाई लिएर चीनिया विदेश मन्त्रालयको प्रबक्ता हुन चुन्वागंले नियमित पत्रकार सम्मेलनमा पत्रकारको जवाफ दिदैं उक्त परिक्षण चीनलाई चुनौती दिनको लागी हो भन्ने रिर्पोट प्राप्त भएता पनी आफु सदैव दक्षिण एशियाली शान्ति र सम्बृद्धिको पक्षमा भएको जवाफ दिने चीन आज आएर नेपाल र चीन बीचको बृहत संयुक्त सैनीक अभ्यासलाई भारतको मिडियाले बिशेष चासो देखाउँदा चिढिन लागेको आभाष देखिएको छ । चाइनीज एकेडेमी अफ सोसल साईन्स अन्तर्गत ईन्सिटच्युट अफ ईन्टरनेशनल एस्टोजीका बरिष्ठ अध्यक्ष स लिपिगंले एक लेख लेख्दै भनेको छन् । भारतीय मिडियाले सेना अभ्यास सम्बन्धि अनावश्यक प्रोपोगाण्डा गरी नेपाल माथि दबाव सिर्जना गर्दै समग्र दक्षिण एशियालाई नैं आफनो पछुवा बनाउन खोज्दै छ भन्ने जागरण गर्न खोजेका छन् ।

अन्तमा माथिको बस्तुस्थिती, विश्व राजनीति, भू राजनीति तथा छिमेकी राजनीतिले के देखाउँदछ भने फेरी पनी विश्व धु्रवीकरण तीरै गएको हो वा शीत युद्ध मात्रै नभई विश्व युद्धैतिर जान उद्यत भएको हो की भन्ने आभाष दिन्छ । सम्पूर्ण महाराष्ट्रहरु साना राष्ट्रलाई हेपाई र चेपाईमा पारी त्यहाँको जलस्रोत, तेल भण्डार, जडिबुटी तथा प्राकृतिक स्रोत जसरी पनि आफनो अधिनमा पार्न खोज्दैछ । तसर्थ यो विश्वले यो मानव सभ्यताले तथा नेपाल भूमीले गणेश बम मल्लले सामाजिक सञ्जालमा बिचार राखेको भनाई सापटी लिंदै भन्ने हो भने पौष १७ गते २०१७ साल हुन्छ रे तर यो २०१७ साल अंग्रेजी बर्ष प्रारम्भ भएको हुनाले फेरी नेपाली पात्रो अनुसारको २०१७ साल पछिको राजा महेन्द्रको कदमको आवश्यकता पक्कै भएकै हो त ? जुन कदम धु्रवीकरणमा लागेर शीत युद्धमा बाधिएका ठूला राष्ट्रलाई शान्तिको बाटो तिर धकेल्न २०१८ सालमा असंलग्न राष्ट्रको अभियान चलाए । जसलाई विश्वका सैयौं नेताहरुले साथ दिए भनें नेपालको कुटनीतिक हिसावले पनी दुई ठूला छिमेकी देशलाई पनि एक आपसमा धक्का पुग्ने गरी कुटनीतिक सन्तुलनमा राख्ने ठूलो भूमीका खेलें । आफ्नो राष्ट्रको स्वार्थलाई एक ईञ्च पनी तल माथि हुन नदिई देशको बिकास, सम्बृद्धी तथा शन्तिलाई कायम गर्दै नेपाललाई विश्व सामु सगरमाथाको उचाई झैं नामलाई उच्च स्थानमा राखें । भारतको हरेक चालबाझ तथा दुष्टयाईलाई बुझी विश्व सामु उदांगो नपारी उसको ईज्जतलाई पनी कायम राखिदिए भने म मरेपनी देशको उचाई घटन दिएनन् तर बिडम्बना आजका निकम्मा नेताहरुको निजी स्वार्थले गर्दा राष्ट्र छिया छिया पर्दा हामी नालायक जनता टुलु टुलु हेर्न बाध्य छौं ।

तसर्थ फेरी पनी यो देशको ईज्जत, शान, नाम राख्ने, आफनो राष्ट्रको स्वार्थलाई एक ईञ्च पनी तल माथि हुन नदिने, विश्व राजनीति तथा भू राजनीति बुझ्ने दुई राष्ट्रलाई तराजुको दुई जोख्ने भागलाई झैं सन्तुलन राख्ने आफु तराजुको सन्तुलनमा राख्ने मुख्य भाग बनी बस्न सक्ने दुरदर्शि, राष्ट्रप्रेमी, जनताप्रेमी, बिकासप्रेमी, सम्बृद्धप्रेमी नेताका अन्यन्त खाँचो छ ।

प्रतिक्रिया