अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

मालीको काम फूल बगैंचाको रेखदेख गर्ने मात्र होईन, बाँदरका झुण्डहरु धपाउने पनि हो….

बिआरटीनेपाल २०७३ पुष २६ गते ८:०० मा प्रकाशित

केहि दिन पहिला निस्केको र पृथ्वी जयन्तीको अघिल्लो दिन पुनः निस्केको पूर्ब राजा ज्ञानेन्द्र शाहको बिज्ञप्ति पछी फेरी जनमानसमा चर्चा परिचर्चा भईरहेको छ । राष्ट्रवादी कित्ताको पक्षमा देखिने यी बिज्ञप्तिहरुले देश उधो मुण्टो हुनबाट जोगाएको देखिन्छ भनें राष्ट्रवादी शक्तिको मनोबल उच्च राख्न प्रेरीत गरेको देखिन्छ ।

नेपाली दाजुभाई, दिदि बहिनी, बुवा आमाले पटक पटक भन्ने गरेका छन्, अब ढिलो भैसक्यो, अब अत्ति नैं भईसक्यो, जनता आजित भैंसके, यहाँ नगरे कहाँ गर्ने, अहिले नगरे कहिले गर्ने, हामिले नगरे कस्ले गर्ने ? के को लागि गर्ने भन्दा यस धर्तीको एक मुठ्ठी माटोको लागि गर्ने । राजसंस्था हुंदा शान्ति क्षेत्र नेपालको कुरा गरेर हिंडने मुलुक आज नालायक नेताहरुले गर्दा देशका कुना काप्चामा जनताहरु आफु आफैं लडदैछन्, प्रहरी प्रशासन र देशको सिस्टमसँग रुष्ट छन् । बझागंको काडाँ गाबिसका जनताले आफ्नो नागरिकता त्याग्न खोज्नु, त्यहाँ रहेको प्रहरी चौकि माथि ढुंगामुढा गरी चौकी छोडन् २४ घण्टे अल्टिमेटम दिनुले पछिल्लो अवस्थामा देश कुन जटिल मोडबाट गुज्रिरहेको छ भन्ने प्रष्टै छ ।

राजसंस्था हुँदा देशको सर्वागिंण बिकास तथा बिकेन्द्रिकरणको अभ्यासले जनताको सम्बृद्धि उठाउने कुरा गरिरहने नेपाल आज आएर संघियता तथा भूमी टुक्रयाउने र अब देश पो रहन्छ कि रहदैंन भन्ने बहस छेडिरहेको छ । पूर्बिय दर्शन नैं संसारको बिकास, सम्बृद्धि, शान्ति र भाईचाराको बलियो सुत्र हो भन्ने नेपाल आज आएर धर्म सापेक्ष र निरपेक्षको फगत बहसमा अल्झिरहेको छ । नेपालको ठूलो धार्मिक पर्वहरु जस्तै ठूलो एकादशी, एकादशी पूर्णे, बाला चर्तुदर्शी, बुद्ध जयन्ति आदिमा माछा मासु काटमारलाई पुरा बन्देज गर्दै मासु पसल सम्म बन्द गर्ने समाज आज आएर पशुबलिको बहस छेडी समाजमा बस्ने एक आपस बिरुद्ध बिद्रोह फैलाउदै छ भने हिन्दु धर्मप्रति वितृष्णा जगाउने कार्य भईरहेको छ । बहादुर गोर्खाली, सभ्य तथा ईमान्दारीताले विश्व प्रसिद्ध नेपाली आजको समयमा एक आपसमा तल्लो स्तरको गालि तथा बिभिन्न जातीवादको बहसमा जगडिरहेको छ भने कुनै जातिलाई उपल्लो जाति र कुनै जातिलाई दलीत भनि नीच जातीमा दर्शाई एक आपस बिरुद्ध प्रयोग भइरहेको छ । पहिले नेपाली भएको जनता आज हिमाली, पहाडी र तराईमा बिभाजित बनाईएको छ । यो दोष कसको थियो राजाको हो वा अहिलेका ६०१ महाराजहरुको ?

जनता जाग्ने बेला भईसक्यो, सामाजिक सञ्जालमा बहस गर्ने मात्र नभई चोक चोकमा आएर देशघाती, राष्ट्रघाती, बिदेशी दलालको अनुहार चिन्ने र सम्पूर्ण जनताले एक्यवद्धता जनाई एकिकृत क्रान्ति तथा नव एकताको जागरण क्रान्तिको बिगुल फुकि बैरी बिरुद्ध जाईलाग्ने समय आईसक्यो । राष्ट्रवादी, जनवादी, देशभक्ति तथा राष्ट्रसेवकहरु ती कुतत्व तथा किर्ना बिरुद्ध धु्रविकरण हुने यही नैं सही समय हो ।
यो देश एउटा सुन्दर बगैंचा हो, सम्पूर्ण जातजातीहरु बिभिन्न प्रकारका फूलहरु हुन् । बैदीक सनातन धर्म, बिभिन्न जातजाती, बिभिन्न बर्ग, लिगं र यस समुदायले मान्ने संस्कृति, रितिरिवाज भेषभुषा, भाषा, लवाई खवाई नै यस सुन्दर बगैचाले छर्ने सुवास हो । यो फूल फक्राउन र सुवास छर्ने गरी हुर्काउन मालीको अत्यन्तैं जरुरी हुन्छ । के त्यो मालीको भूमिकामा राजसंस्थाले निभाएको थियो त, यो अत्यन्त मननयोग्य बहस हुनेछ । के राजसंस्थालाई मालिको भूमिकामा निरन्तरता दिंदा त्यहाँ उम्रिने, काम नलाग्ने झारपात, बिषालु पेड पौंवा, उखेलेर फाल्नेछन् ? के त्यहाँ बिरुप भईरहेको बगैंचा फेरी सुन्दर बगैंचामा परिणत हुने नैं छन त ? यदी सांच्ची नै सुन्दर बगैंचाको कल्पना गर्ने हो भने राजसंस्थाले पक्कै पनी ईमान्दार मालीको रुपमा काम गर्ने छ । फेरी एकपटक कुरुप भईसकेको बगैंचाले सुन्दर बगैंचाको रुप लिनेछ । त्यहाँ फेरी कोही सुन्दर फोटो खिचाउने मनसायले आउनेछन्, कोही फुलको सुवास लिन आउनेछन्, कोही चोर्ने र उछृगंल ब्यक्तित्व आए मालिले समातेर सजाय दिनेछन् र बगैंचा सही हेरबिचार गर्नेछन् भन्ने मान्यताको जमात बढ्दै गईरहेको आभाष हुंदैछ ।

फेरी ईतिहासको पान्नालाई पल्टाउदैं हेर्ने हो भन, उहिले र बर्तमान नेपालको परिस्थितीलाई नियाल्ने हो भने यो देशमा फेरी एक पटक बैदिक सनातन धर्म अनुरुप नैं शासन हुनुपर्दछ । बेदले निर्दिष्ट गरेको रेखा अनुसरा नैैं शासन पद्धतिलाई अगाल्नु पर्दछ । बेदको, जनताको, राष्ट्रको धर्म तथा संस्कृतिको रक्षार्थ पनि राजसंस्थाले परापूर्ब कालको झैं निरन्तरता पाउनु पर्दछ । अहिले उत्तर तथा दक्षिणको बिचमा सम्बन्धको दुरीलाई मिलाएर लाने एउटैं शक्ति राजसंस्था नैं हो ।

गत पुस ६ गतेको पूर्ब राजा ज्ञानेन्द्रको बक्तब्यले राजनतिज्ञहरुको पसिना छुटाएकै छ भने आम जनतामा उत्साह थपेको छ । राष्ट्रको प्राचिन सभ्यता धर्म संस्कृति, शास्वत चिन्तन बाहिरी शक्तिको अनुचित प्रभावमा खडेरी लागी स्थायी तथा बौद्धिक शक्ति क्रमशः कमजोर भईरहेको अवस्थामा पूर्ब राजा ज्ञानेन्द्रको बक्तब्यदवारा आम जनतालाई देशभक्तिको लागी जाग्न आव्हवान भएको छ, त्यसलाई राष्ट्रवादी शक्तिले मनन गर्दै बक्तब्यको समर्थनमा जुलुस निकाली ठाउँ ठाउँमा जनजागरण गर्न उत्साहित पनि भए । राजाले जनतालाई चेतावनी स्वरुप अहिले नजागे समय ब्यतित भएपछी पश्चाताप गरेर केहि हुन्न भन्ने सूचित पनि गराए । साथैं हिमाल, पहाड, तराई छिन्न भिन्न हुने गरी बाहिरी शक्तिको आडमा नेपाली कुपात्रहरुको जुन भागिरथ प्रयास भएको छ, त्यसको बिरुद्ध एकजुट हुन आव्हवान पनी भएको छ । बक्तब्यको बिश्लेषण हुन आवह्वान पनि भएको छ ।

बक्तब्यको बिश्लेषण गर्ने हो भने क्रान्तिकारी, परिवर्तनकारी र बलिदानी सुन्दर शब्दलाई जसरी दलाल नेताहरुले दुरुपयोग गरी आफ्नो निजी स्वार्थ र जीवन रक्षकको मात्र बाटो अबलम्बन गरें त्यस क्रान्तिकारी परिवर्तनकारी र बलिदानीलाई सही अथ्र्याउने बेला आएको छ । त्यसको जिम्मेवारी आफनो काधमा आएको हो भन्ने बुझाउन पनी कोशिष गरिएको छ । हामी मरेपनी नेपाल बाचिरहोस भन्नेलाई अथ्र्याउने हो भने अब हामी देशको लागी बलिदानी दिन पनि तयार हुनुपर्छ भनेर स्वंय राजा ज्ञानेन्द्रले आफुलाई जनता माझ उभ्याईसकेको अवस्था हो । यो भनेको बुझनेलाई श्रीखण्ड, नबुझनेलाई खुर्पाको बिंड भने झैं हो । अझ भनौं सम्पूर्ण नेपाली जनमानसको मनमस्तिस्कमा देशभक्तिको भावना मरेको छैन भन्ने अभिब्यक्तिले नेपाली जनतालाई देशभक्तिप्रति जागरण गरेको भान हुन्छ ।

पक्कै पनि बक्तब्यले नेपाली जनतामा तरंग नैं ल्याईदिएको छ । सामाजिक सञ्जालको निजी भनाईलाई हेर्ने हो भने जनतालाई राजाले र राजालाई जनताले देशको लागी साथ दिनेछन भन्ने ठोकुवा गर्न सकिन्छ । यास्मीन फुच्चीले सेयर गरेको भनाई सापटी लिने हो भने राजाले नेपाल बनाएको हो, नेपालले राजा बनाएको होईन भने झैं अब चाहि जनता जागेर भन्नु पर्यो अब हामी देश बनाउँछौं नेपाल जहाँ राजाको नेतृत्व हुन्छ, त्यसमा जनताको साथ हुन्छ र दलाल नेता सखाप हुन्छ ।

सर्बप्रथम पूर्ब राजा ज्ञानेन्द्रको बिज्ञप्तिलाई हृदयगंम गरी जनता जाग्नु पर्यो र जनता जुटनु पर्यो राजा त देशको लागी अघि नैं जागा भईसके । सम्पूर्ण राष्ट्रवादी, देशभक्त शक्ति जाग्नैं पर्छ र जुटनै पर्छ र देशघाती र राष्ट्रघाती माथि टुटनै पर्छ । अब क्रान्तिलाई सही सदुपयोग गरी राष्ट्रिय एकता तथा अखण्डतालाई कायम राख्न फेरी एकपटक जनता एकजुत हुन आवश्यक छ र बलिदानी दिन तयार हुन जरुरी छ, जसले जनताले चाहेको परिवर्तन ल्याउनेछ ।

श्री ५ बडामहाराज धिराज पृथ्वी नारायण शाहको राष्ट्रिय एकिकरण अभियान, राजा महेन्द्रको राष्ट्रिय एकता, राजा बिरेन्द्रको शान्ति क्षेत्र तथा राजा ज्ञानेन्द्रको आधुनिक नेपालको सार्थकतालाई अस्तित्व र स्थायित्व दिने हो भने जनता कफन बाधी देश बचाउन अघि बढ्नुपर्दछ, भलाई यसैमा छ । अहिले राजाले जनताको साथ मागें, राष्ट्रवादी जनता जागे तब बिदेशी दलाल टाउको लुकाउदै भागे । तसर्थ जनता आउ, राजा ल्याउन, राष्ट्र जोगाउ । जनता जहिले पनि तयारी अवस्थामा बस्नु पर्दछ । जब राष्ट्रले रगत माग्छ बलिदानी दिन सदैव तयार हुनुपर्दछ । दृढ संकल्प र दृढ ईच्छाशक्तिको साथ तयार रहि रहनुपर्दछ । हिम्मत देखाउनुस जनता हो, शक्ति निर्माण गरि जागा नैं बसौं, जनता तिमिहरु आँट देखाउ । बल हामी मिलीजुली प्रयोग गर्छौं, साथ दिनुपर्छ जनताको जीत हामी नैं मिलेर हुनेछ । यो राष्टले फेरी बिजयी झण्डा फहराउने छ ।
बाच्नु यदी छ नैं भने बाँच नेपाली भैं
बोल्नु यदी छ नैं भने बोल नेपाली भैं……………
राष्ट्रिय एकता दिवस जिन्दाबाद, राष्ट्रिय एकताका नायक अमर रहुन ।

प्रतिक्रिया