अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२० | Colorodo: 12:35

यसकारण राख्न सकिन क्रिष्टमसको शुभकामना स्ट्याटस्-सोम विक्रम सिंह

बिआरटीनेपाल २०७३ पुष ११ गते १:२७ मा प्रकाशित

मामु मामु यसपालि मलाई सान्ता के गिफ्ट (उपहार) दिन्छ ? मलाई यसपालि साइकल देऊ भन है मामु । मोजाहरु राख्देउ हैं, क्रिसमस ट्रि ल्यायौं ? मेरो छोरो ४ वर्षको हुँदा क्रिसमस आयो भने तोते बोलीमा सान्ता क्लजलाई उसको इच्छा पुकाररिदेउ भनेर आफ्नो आमालाई मायालु स्वरमा भन्ने शब्दहरू हुन् । क्रिसमस आयो कि हाम्रो बाह्र बज्थ्यो । धुपीको रुख ल्याउ, त्यसलाई सजाउ, उसको लागि मनोरोञ्जन र नाचगान, खेल खेलाउने काम गर । छोरो सुते पछि मोजा ठाउँ ठाउँमा राख, त्यसमा खानेकुरा राख, खेल्नेकुरा साइकल राख, फेरी पैंशा पनि नहुने, माजोमा ठुलो साइकल पनि नअटने । मोली पल्ट छोराको आँखा खुल्ने बित्तिकै डौडेर भए भरको मोजा छाम्थ्यो र भएभरको सामान बटुल्दै, थैन्कु शान्ता भन्दै दंग पथ्र्यो भने साइकल नपाएकोमा दुःखी हुन्थ्यो । हामी उसलाई समझाउदै सान्ताले यो साइकल भनेर बुझयो होला भन्थ्यो भने अर्को क्रिसमसमा मलाई ठुलो साइकल देऊ भन हैं भन्थ्यो, हामी हस भन्थ्यौं । एंव रितले क्रिसमस उसको खुसीको लागी हुन्थ्यो । बिचरा मेरो छोरा बालक मन मस्तिस्कमा सान्ताले सबै इच्छा पुर्ति गर्दिन्छ तर उ आफू सान्तालाई नपुकारी हामीलाई पुकार गथ्र्यो हामी पनि हस भनी उसलाई भुलाउथ्यौं । हाम्रो पनि उसको खुसीमा परिश्रम खेर नगएको सोच्थ्यौं । फेरी यो बाल मनस्थिती भनेको साह्रो ईन्नोसेन्ट (निर्दोष) हुन्छ, उनीहरू कति दयालु, मायालु तथा जिज्ञासु हुन्छ, हामीले जस्तो गर्‍यो, जस्तो पढायो त्यही संस्कार लिँदै हुर्किन्छन् ।

अब हामीले अहिलेको जस्तो मोन्टेश्वरी बेस्ड शिक्षा ग्रहण गरेनौं, हामी सरस्वती माताको मूर्ती अगाडी प्रार्थना गर्ने र अहिले अङ्ग्रेजी ढर्रारामा प्रार्थना गर्ने विद्यार्थी । हाम्रो पालोमा शिसाकलम औंलाको बिचमा राखेर हड्डी बंग्याउने, सिस्नोपानी र पाइपले डाम बस्ने गरी ड्याम कि ड्याम लगाउने, अहिले पनिस्मेन्ट दिन हुन्न भन्ने शिक्षा । हुन त कुन ठिक कुन बेठिक भनेर तौलने मापनयन्त्र छैन क्यार । तर पनि आफ्नो संस्कृति हराउन लाग्या पो हो क ीभनेर अत्यास लाग्छ ।

अहिलेको अभिभावक मेरो छोरा छोरीले इंग्लिसमा क्या पर्रर भन्छ भनेर दङ्ग पर्ने जमाना, हामीलाई चाहिँ संस्कृत भाषा हामीले पढ्न छोड्यौं, भाषा पलायन हुँदै गयो भन्ने चिन्ता भने उता हाम्रो पलायन भएको संस्कृत भाषालाई अतुलनीय शीर्ष भाषा मान्दैं विदेशका बिश्वबिख्यात विश्वविद्यालयमा संरक्षण गर्दै पठन पाठन हुँदै । यही हो नजिकको देउता हेला भन्या । अझ भनौं स्वागं भन्दा ढ्वांग ठुलो भनेझैं अरूको भाषा र संस्कारलाई ठुलो मान्नु पर्ने । के गर्नु छोरा पनि क्रिसमस भनेपछि हुरुक्कै, मोन्टेश्वरीको शिक्षा नैं त्यसो भयो छोरा पनि विभिन्न समयमा स्कुलको प्रोग्राममा आफूलाई सान्ता क्लज बनेर जाने मनको इच्छा जाहेर गर्ने, हुन त उ कहिले खाली शिशि बोक्ने मधेसी बन्थ्यो, कहिले ज्यापु बन्यो, कहिले गणेश भगवान् बन्यो, कहिले श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाह बन्यो भने सान्ता क्लजमा सानो झोलामा चक्लेट, बिस्कुट, खानेकुरा र खेल्नेकुरा राखेर आफ्ना साथी भाइलाई बाडेर हिडेको क्षण भने अविस्मरणीय नै बन्यो ।

शान्ता भन्ने शब्द हाम्रा सन्त, महन्तहरुबाट नैं आएको हो, जसले ज्ञान तथा प्रसाद बांडछ, हामी पनि हाम्रो छोरा दिइने व्यक्ति बनोस्, लिईने व्यक्ति होइन भन्ने ठान्छौं । संस्कार र संस्कृति मेटिन हुन्न भन्नेमा अरू कोही नभए पनि हामी अहिलेका अभिभावक सजक हुनै पर्छ । भाषा अङ्ग्रेजी बोल्दैमा वा अरू संस्कृति हामीले मनाउँदैमा हामी ठुलो वा भाषा चलन अनुसार खतरा भएछौं भन्ने होइन, मिठो भाषामा भन्दा बुद्धिमानीमा ज्ञानी भन्ने होइन ।

म विदेशमा पढेर र काम गरेर बस्दा खास गरी स्वीजरल्याण्डमा आठ वर्ष बस्दा अंगे्रजी बोल्ने, लेख्ने बाहेक जर्मन बोल्ने र थोरै लेखपढ गर्ने गर्थे भने, फ्रेन्च, ईटालियन, जापनिज पढ्ने, थोरै बोल्ने, धेरै बुझ्ने तथा पोर्तुगल केही मात्रामा बुझने गर्थे । म काम गर्ने ठाउँमा मलाई सबैले यस कुरामा सम्मान गर्थे किनभने त्यहाँ विष देखी पच्चिस वर्ष सम्म कसैले पनि हाई हलो शिवाय अरू बोल्न नसकेको देख्दा ती व्यक्ति प्रति दयाँ लागेर आउथ्यो । तर हामीले यसलाई हामी जन्मे हुर्केको संस्कृतिले अरूलाई व्यवहार गर्ने सहिष्णुता हो भन्ने मनन गर्दा अति उत्तम हुन्छ । हामी आफू पनि कहिले नहोचिने, आत्म सम्मान साथ बस्ने र अरूलाई पनि त्यस्तो व्यवहार नगर्ने बैदिक संस्कारी उच्चकोटीको मानवता भित्र वा नागरिकमा पर्छौं भन्ने ज्ञात हुनुपर्छ । खैर मैले यहाँ उठाउन लागेको सन्दर्भ मेरो छोरा परिवार र म नभई अहिले बहसमा आएको क्रिसमस हो ।

आज बिहान मलाई लाल नेपालीजी ले यो के हो भनेर माईसंसार डटकमको लेख देखाउनु भयो । त्यसमा क्रिसमसको बिदा त जनता देखी राजा सम्मले मनाउने भएर पो छुट्टी मकै भुट्टी भएको रहेछ भनेर डाम्या रे, र डाम्ने शब्द जनकमान डंगोलले धेरै प्रयोग गर्ने शब्द हुन् । त्यहाँ क्रिसमस ईभमा टाई सुटमा झल्केर हाम्रा राजा र युवराजले आम जनतासँग खिचिएको फोटो माथि टिका टिप्पणी भएको थियो । यो के होला भनेर आफू पनि सोचमग्न भएँ । प्रत्येक वर्ष मैले मेरी क्रिसमस र हयाप्पी न्यू इअर भनेर सामाजिक सञ्जालमा पोस्ट राख्ने गर्थें । यसपालि सांच्चीकैं हच्किएँ । राख्न मात्रै के लाग्या थिए, क्रस रोड ब्याण्डको मुख्य गायक, मनपर्ने कलाकार सञ्जय श्रेष्ठको स्ट्याटस देखेर एक छिन सोच्न बाध्य भए, उहाँले आफ्नो संस्कृति बाहेक अरूको संस्कृति अनुसरण गर्ने ढोंगीहरुलाई कडा जवाफ दिदैं लेख्नु भएको रहेछ, फेरी कसैले मेरी क्रिसमस भन्छन्, क्रिसमस चाहिँ कसको हो मेरी की तेरी को भन्छन्, त्यस्तै राजकुमार थापा थप्छन्, आफ्नो धर्म संस्कृति नभुलौं, अर्काको धर्म संस्कृति अपनाउदा राष्टिय धर्म धरापमा पर्छ ।

कोही सावधानीपूर्बक लेख्छन् । जस्तै कुन्ति शाही लेख्छिन्, क्रिसमस डे मा सम्पूर्ण क्रिश्चियन समुदायमा शुभकामना, जय सनातन हिन्दु राष्ट । त्यस्तैं सरोज जङ्ग कार्कीले बडो चातुर्यपूर्ण स्ट्याटस राखेका छन्, नेपालका सम्पूर्ण क्रिश्चियनहरुलाई श्री पशुपति नाथले रक्षा गरुन । सञ्जय श्रेष्ठले हाम्रो धर्म र संस्कृतिमा विभिन्न बहानाले अतिक्रमण गरे बापत दह्रो झापड दिँदै अगाडी लेख्छन्, क्रिसमसमा इंग्लयाण्डमा मात्रै १ करोडको टर्की र बंदेल मारेर खाने, सबैतिर ५० औँ करोडको जनावर मार्नेलाई रोक नलगाएर आँखा चिम्ली हाम्रो पर्वमा मात्रै मासु खाए भनेर विरोध, डलर डकार्ने ढोंगीहरु तिमीहरू कुन कुनामा बसेर रक्सी र मासु धोक्दै छौँ भनी एजनिओ र आईएनजिओका अधिकारकर्मिलाई कडा शब्दमा लेख्छन् भने कोही क्रिसमसको उपलक्ष्यमा भोलेबाबा, माता दुर्गा भवानी र साथसाथैं ३३ कोटी देवी देबताहरुले फिरंगी लगायत तीनका दलालहरुको नाश गरेर नेपाल र नेपालीको कल्याण गरुन भन्छन् भने रघु न्यौपाने आफूलाई विदेशीको संस्कृति क्रिसमसमा आफूलाई शुभकामना दिन कष्ट नगर्दिन हुन र भोज भतेर नबोलाउन अनुरोध गर्छन् । आफ्नो वरीपरीको समाजमा निकै क्रिया प्रतिक्रिया आएपछि मैले राख्न लागेको क्रिसमस डे को शुभकामना नराख्न बाध्य भए ।

जब एसएलसी पास गरेँ तब देखि मैले आफ्नो बुबाको पर्यटन व्यवसायलाई सहयोग गर्दै अंगाले । अनि म टेकिगं गर्ने पर्यटक लिँदै नेपालको विभिन्न स्थानमा जान थांले । पर्यटनको सबै भन्दा राम्रो समय भनेको अगष्ट देखि अन्तिम डिसेम्बर र पहिलो जनवरी सम्म हुन्छ । म टेकिंग जाँदा जहिले पनि क्रिसमस इभ कि टेकिंग गर्ने बाटामै पथ्र्यो , कहिले बेस क्याम्प तथा कहिले काठमाण्डौंमा पथ्र्यो तब हामी पर्यटकको चाँड भएकोले केक बनाउँदै मिठो मिठो खाना बनाउँदै मनाउथ्यौं भने काठमाण्डौं हुँदा होटेल रेष्टोरेण्टतिर थोरै समूह भए घरमा नै डाकेर मनाउँथ्यौं । हामी त्यसबेला हाक्काहाक्की मेरी क्रिसमस भनी अँगालो हाली शुभकामना आदान प्रदान गथ्र्यौं । बिचरा बिरानो ठाउँमा आफ्नो ठुलो पर्व तथा हामी हाम्रो अन्नदाता मान्दै खुसी तुल्याउन फेरी हामी जस्तो सहिष्णु को छ र भन्दै हर्षोउल्लासको साथ मनाउथ्यौं ।

टेकिंग एजेन्सि र होटेल एशोसिएसन तथा पर्यटन व्यवसायमा लाग्नेलाई त यो जस्तो ठुलो पर्व कँहा हुन्थ्यो र, जति उनीहरू खुसी पैसा हवार हवार आएर हामी पनि हृष्ट पुष्ट भएर फस्टाउने । तर अहिले गरिबी र अचेतनाका कारण नेपालीहहरु सबैं क्रिश्चियनमा परिवर्तित भएपछि झसंग भईयो । फेरी आफू स्वीजरल्याण्डमा बस्दा विदेशीको पात्रो अनुसरण गर्न पथ्र्यो ।

त्यसबेला त्यहाँ बस्ने नेपालीले मनाउने भनेको दसैँ मात्र हो, त्यता नेपाली एम्बेसिले दसैँमा कार्यक्रम गथ्र्यो, कि त्यहाँ स्थायी विवाह गरी बसेका नेपाली दिदी दाजुहरुले बोलाएर हामी सँग मनाउनु हुन्थ्यो । नभए युवा विद्यार्थी तथा काम गरेर बस्ने मध्ये प्रायः सबै मेरो अपार्टमेन्टमा जम्मा भएर मनाउने गथ्र्यौं । मिठो परिकार बनाउँदै खान्थ्यौं, रक्सीको बोतल कति फुटथ्यो फुटथ्यो तर यहाँका उछृगंल युवा युवती जस्तो कहिले टाउको फुटथेनन्, संयमभ एर तिता मिठा कुरा हुन्थ्यो, त्यसबेला माओवादी जनयुद्ध भएको हुनाले र बिस्तारवाद र साम्राज्यवाद विरुद्ध र भारतको रबैया विरुद्ध लागेको हुनाले खुब प्रशंसा गरीन्थ्यो उनीहरू आतङ्कवादी होइनन् राष्टवादी हुन भनी खुब मिठा मिठा सपनाको कुरा गरिन्थ्यो । अहिले पो उदांगीयो असली चरित्र ।

मादल घन्काएर खुब नाचगान गरिन्थ्यो, सुरेश पुरी जो अहिले टन्कलिटी एण्ड स्पाका मालिक छन्, खुब मिठो भाका हालेर गाउन खप्पिस म फेरी तरुनी अघिपछि छ भने नाच्नमा खप्पिस । जे होस् हामीलाई एकताको सूत्रमा बाध्ने दसैँ जो नेपाली जनको मन मस्तिस्कमा थिए । फेरी उताको चाडबाडमा भने क्रिसमस, न्यू एअर, तथा इष्टर स्वीस नेशनल डे होटलमै मनाईन्थ्यो किनभने उनीहरूको चलन यी चाडबाडमा प्रायः घर भन्दा होटेल, रेष्टुरेण्ट तथा पार्कमा नैं बढी जसो मनाउने चलन छ भने हामी होटेल तथा टुरिजम पढेका विद्यार्थी काम पनि होटेल रेष्टुरेण्ट बाहेक अरूमा बिरलै गरिन्थ्यो । थ्याकंस गिभिगं प्रायः घरमा मनाउने भएर होला हामी त्यति प्रेशरमा काम गर्नु पर्थेन । क्रिसमस भने असाध्यैं रमाइलो हुन्थ्यो खाना तथा मनोरोञ्जन गर्न आउने पाहुना जस्तैं हामी पनि थोरै बहुत रमाउन पाउथ्यौं भने हामी पनि रातो सान्ताले लाउने जस्तो टोपी लाएर व्यवस्थापनमा व्यस्त हुन्थ्यौं । अनि हामी एक आपसमा अभिवादन र शुभकामना व्यक्त गर्दै लाग्थ्यौं । त्यसबेला फोन तथा पोष्टकार्डमा पनि शुभकामना अभिव्यक्त हुन्थ्यो । मेरा साथी भाइ भन्ने हो पैतालिस भन्दा धेरै राष्टका नागरिक छन् कोही पढने ठाउँमा, कोही काम गर्ने ठाउँमा कोही टेकिगं गर्दा कमाएका साथीभाईहरु अझ स्विजरल्याण्डमा त मलाई छोरा सरह माया गर्ने तिन चारवटा स्वीस परिवार छन् ।

यसो हुँदा हुदैं पनि मेरो प्रियजन, मित्र, परिवारहरू विदेशमा छरपष्ट भएता पनि मैले यसपालि विभिन्न कारणहरूले क्रिसमसको शुभकामना सामाजिक सञ्जालमा राख्न सकिन अझ उता मसँग स्विसमा पढ्ने नेपालमै जन्मे हुर्केका जोनी मेण्डिजलाई पनि शुभकामना दिन नेपाली जनमानसमा उठेको मनोभावले गर्दा दिईएन । मैले सामाजिक सञ्जालमा गएर जो जो मेरा विदेशी मित्र देखिन्छन्, तिनीहरूको पेजमा गएर शुभकामना दिंए  ।

त्यस्तै मेरो दोस्रो घरको रूपमा रहेको स्वीस एम्बेसीका मित्रलाई दिए । तर सबै यो अहिले नेपालप्रति विदेशीले हेर्ने हेयको दृष्टिकोण, हाम्रो समाज र संस्कार भड्काउने किसिमको वातावरणको बीज रोप्ने केही कुतत्वहरु नेपालको कु नेताहरू जो आफ्नो संस्कार र राष्टको नामो निशान मेटाउन उद्यत छन् तिनीहरूको क्रियाकलापले गर्दा तथा नेपाली नव क्रिश्चियनहरु जसले यही धर्तीमा जन्मे हुर्के, अर्काको धर्म अंगाले र बाउ आमाले मानेको धर्मलाई दानव देंखे त्यहीको परिणामको उपज हो आज नेपाली सहिष्णु हुँदा हुँदै पनि क्रिश्चियनप्रति विष बमन गर्दै छन् ।

आज एउटा मसेस यस्तो पनि प्राप्त भयो कि धनगढीमा वा कुनै ठाउँमा चर्च नउडाई छोडिन्न । यस्तो किसिमको भडकाउ मानसिकता र नेपालीलाई रयाडिकल बनाउने जिम्मा कसले लिने, त्यस कारण ए, भातमारा नेता हो बेलैमा सोच, हाम्रो सामाजिक, धार्मिक तथा जातीय सहिष्णुता भड्किने भाषण बन्द गर नत्र एक दिन तिमीहरूको बोल्ती बन्द गर्ने प्रति क्रान्ति यही सुरु हुन्छ । म आफू शिवभक्ति भएता पनि स्वईच्छाले तथा धक फुलाएर मेरा प्रियजन, मित्र, स्वीस परिवार तथा अन्य मान्यजनहरु मेरी क्रिसमस लेख्ने वातावरण बनाईदेउ भनी असहिष्ण नेताहरूलाई आग्रह गर्न चाहन्छु ।

अन्तमा राजा र युवराज त्रिशरा भन्ने रेष्टोरेण्टमा गएर क्रिसमस इभ मनाए भन्ने समाचारलाई खेद प्रकट गर्दै केही सुझाव दिन चाहन्छु । म ६ महिना काम गरेको देश बु्रनाईमा दसैँमा त्यहाँका मुस्लिम राजाले आफना गोर्खे कामदारहरुलाई टिका लगाईदिएर दक्षिणाको रूपमा सुन, पैंशा तथा घडी दिएको, ब्रिटिस गोर्खा होस वा सिगांपुर लाहुरे होस् जता पनि त्यहाँका राष्टले गोर्खाजको लागि दसैँमा संस्कृति अनुसारनै खान पिन, पूजा पाठ तथा टिका टालोलाई पनि एउटा नजीरको रूपमा हेरिदिन आग्रह गर्दछु । फेरी हाम्रो राजा आफना भन्दा सालोको रेष्टोरेण्टमा खानपीन गर्न गए त के बिगारे ? यसलाई बंग्याउनुको साटो बरु हाम्रा राजा सहिष्णुको उदाहरणको रूपमा छन् भनेर लेखेर जनता भड्काउने काम नगरे अति उत्तम हुने थियो ।

जय संस्कृति, जय सहिष्णु नेपाली जनता ।

singhsom@hotmail.com

प्रतिक्रिया