अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

के अमेरिकामा नेपालीहरूले आर्थिक रुपमा सुरक्षित हुन सजकता अपनाएका छन् ?

बिआरटीनेपाल २०७३ पुष ५ गते ९:५४ मा प्रकाशित

सपनाको देश, अवसरको भूमि, कामको सम्मान भएको मुलुक भनेर परिचित देश अमेरिकामा नेपालीहरूको जनसङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । स्वाभाविक हो हामी नेपाली मिहिनेती र ईमान्दार छौ । सुरुका दिनमा प्रायजसो नेपालीहरूको कथाव्यथा र सङ्घर्ष मिल्दाजुल्दा छन् र यस्ता विविध खुड्किला पार गरेर कतिपय स्वरोजगारीमा र कतिपय व्यवसायमा आफ्नो राम्रो पकड जमाउन सफल भएका पनि छन् त कतिपय विभिन्न प्राइभेट वा सरकारी संस्थामा रोजगारी पाइरहेका पनि छन् । समग्रमा सबैले आ-आफ्नै ढङ्गले जीवन निर्वाह गर्ने वा परिवारको रेखदेख, दैनिकी सञ्चालन गर्ने, सन्ततीहरुको शिक्षादिक्षाको व्यवस्थापन, बासस्थानको व्यवस्था आदी काम सुचारु गरिरहेकै छौ । जीवन निर्वाह गर्ने क्रममा हामी कति भविष्य प्रति सजग छौ या चिन्तित बनिरहेका छौ त्यसतर्फ मध्यनजर राख्ने हो भने त्यति सन्तोषजनक नतिजा पाईदैन ।

पक्कै पनि हामी सबै भविष्य प्रति जिम्मेवार हुनको लागी आर्थिक सुरक्षा वा आर्थिक व्यवस्था के कसरी गर्ने भन्ने योजनामा लाग्नै पर्छ । हामीलाई थाहाँ छ अमेरिकामा अनेक किसिमका खर्चका बिलहरु दैनिकजसो भुक्तानी गर्नु पर्ने हुन्छ र त्यस्को व्यवस्थापन गर्न रोजगारी वा व्यवसायबाट आम्दानी गर्नु पर्छ । यस्ता खाले विविध शीर्षकमा हुने बिलको भुक्तानी विभिन्न जिम्मेवारी बहन गर्ने सन्दर्भमा भएका हुन्छन् र कथमकदाचित यस्ता बिल भुक्तानीमा संलग्न हुने परिवारको मुख्य व्यक्ति अशक्त हुँदा, लामो समय बिरामी पर्दा, अकस्मात् रोजगारी गुम्दा, काम गर्न नसक्दा, अकास्मात मृत्यु हुँदा पर्न सक्ने सम्भावित समस्याको बारे पुर्वानुमान समयमै गरेर आवश्यक विक्तिय योजनामा अनुवन्धित भईएन भने यसले परिवारमा ठुलो मानसिक एवं आर्थिक समस्या सृजना गर्न सक्छ । यसबाट समयमै आवश्यक कदम चालेर भविष्य प्रति निर्धक्क हुनको लागी केही न केही नियमित बचत गर्ने र उक्त बचतलाई थप आय आर्जन गर्ने क्षेत्रमा प्रवाहित गर्न सक्नु पर्छ ।

आफू र आफ्नो परिवारको सदस्यको सुखद भविष्यको लागी नियमित बचत एउटा प्रमुख आधार हो भने त्यही बचतलाई सही सदुपयोग गर्ने विभिन्न plan मा लगानी गर्नु अर्को महत्त्वपूर्ण काम हो । यस्तो हुनसकेमा भविष्यमा आफ्नो सन्तानको उच्च शिक्षामा लगानी गर्न “Education Fund” अवकाश जीवनको लागी “रिटायर्मेन्ट प्लानिङ” (Retirement Planning) विशेष किसिमको अशक्त अवस्था परेको खण्डमा साथै वृद्धावस्थामा रेखदेख वा नर्सिंगहोम लगायतको सेवा लिन लङ टर्म केयर प्लान (long Term care plan) अशक्त वा शारीरिक अपांग भएमा उचित आर्थिक व्यवस्था गर्न “Disability insurance”, अकास्मात मृत्युमा पारिवारिक आर्थिक संरक्षणको लागी जिबन बिमा, स्वास्थ्य उपचारका लागी जिबन बिमा अनेपेक्षित रूपमा नियमित आम्दानी घट्दा हुन सक्ने सङ्कटबाट बच्न ” Emergency Fund” को व्यवस्था साथै विशेषगरि ” Living Benefit” र Death Benefit” हुने आर्थिक योजनाको बन्दोबस्त गर्ने जस्ता अत्यान्त आवश्यक आर्थिक व्यवस्था हुनु जरुरी छ । त्यस्तै सेकुरिटी मार्केटमा लगानी, घरसम्पत्ती खरिदविक्री लगायतमा के कसरी फाइनान्सियल बेनिफिट लिन सकिन्छ ? लगानीमा Early saving को महत्त्व र मूल्यको भूमिका के कस्तो हुन्छ ? लगानीको प्रतिफल (Rate of Return) मा ” compound interest ” ले के कति प्रभाव पार्छ अर्थात् ” Rule of 72″ अन्तर्गत इन्ट्रेस्ट रेट फरक फरक हुँदा के कति वर्षमा लगानीको प्रतिफलको ढाँचा के कस्तो हुन सक्ने सम्भावना रहन्छ, त्यसबारे सहजै जानकारी लिन सकिन्छ । कति समय सम्म नियमित बचत निश्चित दरमा गर्दा कति रकम सङ्कलन गर्न सकिदो रहेछ जस्तो आर्थिक तत्वहरुको भूमिका थाहाँ पाएर सोही मुताविक आफूलाई अनुकूल हुने गरी फाइनान्सियल प्लान गराएर अगाडी बढ्दा बेटर लाईफ व्यतित गर्न सकिने हुन्छ । यसका लागी सबै भन्दा पहिला त फाइनान्सियल नलेज लिनु आवश्यक छ भने अर्को तर्फ आफ्नो आवश्यकता पहिचान गरी सोही मुताविक उचित पारिवारिक बजेट व्यवस्थापन गर्न तयार हुनुपर्ने हुन्छ । यस्तो विक्तिय समस्यालाई समाधान र मार्ग निर्देशन गर्ने उचित एवं विज्ञता हासिल गरेका विक्तिय सल्लाहकार (Financial Adviser) को परामर्श लिनु पनि अझै उपयुक्त हुन सक्छ ।

हामी जब समस्या पर्छ तब विगतलाई फर्केर पछुताउँछौ तर भविष्यका लागी फेरि सजग र उपयुक्त बाटो पहिलाउन खोज्दैनौ । यस्तो समस्या हामी नेपालीहरूले अमेरिका जस्तो विकसित देशमा हरबखत भोगिरहेका छौ । यसको सामान्य उदाहरण दिने हो भने पनि आजकल अमेरिकामा सडक दुर्घटना, लुटेराहरुको आक्रमण, डिप्रेशनका कारण आत्महत्या लगायत धेरै घटनाहरूको कारण नेपालीहरूको ज्यान गैरहेको छ । यस्तो अवस्थामा सामान्यरुपमा Death Benefit हुने खाले दैनिक १-२ डलर खर्च गरेर किन्न मिल्ने २-३ लाखको टर्म इन्सुरेन्स समेत नभएका कारण सम्बन्धित ज्यान गुमाउनेका परिवारहरू मानसिक सङ्कटका साथै आर्थिक सङ्कटमा परेका छन् । कतिपय अवस्थामा त अन्तिम दाहसंस्कारको लागी समेत आर्थिक सहयोग उठाउनु पर्ने अवस्था आईपरेको सबैलाई अभगत नै छ । यदि कार, घरसम्पत्ती, स्मार्टफोन, व्यापार-व्यवसायका लागी गरिने बिमा जस्तैगरि सामान्यरुपमा लिभिङ बेनिफिट र डेथ बेनिफिट दुवै भएको प्लान दैनिक २-३ डलर इन्सुरेन्स प्रिमियम भुक्तान गरेर खरिद गर्न पनि सकिन्छ ।

जस अन्तर्गत व्यक्तिहरूले आफ्नो आवश्यकता, प्राथमिकता, जोखिमबहन क्षमता, आम्दानीको स्तर, आम्दानीको स्रोत, पारिवारिक बनोट आदिको आधारमा विभिन्न सुविधायुक्त जीवन विमालेख( Life Insurance Policy) लिन सकिन्छ । तुलानात्मकरुपमा बढी लाग्ने प्लान किन्न नसकेपनि कम्तीमा सस्तो शुल्क वा प्रिमियम भुक्तान गर्न सकिने टर्म इन्सुरेन्स खरिद गरेको भए पनि त्यस किसिमको आर्थिक सकंट परिवारजनमा पर्ने थिएन । त्यसतर्फ ध्यान पुगेको पाईदैन । त्यस्तै दुर्घटनाका कारण अंगभंग भएर काम गर्न नसक्ने अवस्थामा आर्थिक गर्जो टार्न कम्तीमा Disability Insurance भएको भए धैरै राहत हुने थियो । त्यसो त आजकल सरकारले अनिवार्यरुपमा हेल्थ इन्सुरेन्स  गर्नुपर्ने प्रावधान बनाई दिएकोमा यसले उपचार गर्न धेरै टेवा पुगेको छ यद्यपि कतिपयले सस्तो प्रियमियमको लालचमा आवश्यक कभरेजलाई बेवास्ता गर्दा जटिल बिरामी परि उपचार गर्दा थप आर्थिक भार बहन गर्नु पर्ने समस्या पनि देखिएको छ । अत: समग्रमा भन्नु पर्दा उचित फाईनान्सियल ज्ञानको अभाव र बजारमा चलेका अनावश्यक हल्लाको पछाडि दौडिदा नेपालीहरू अनेपेक्षित भवितव्य हुँदा पर्ने आर्थिक सङ्कट एवं आफू र आफ्ना सन्तानको भविष्यको आर्थिक सुरक्षा वा संरक्षण उचित तवरले गर्नका लागी पछि परेको देखिन्छ ।

त्यस्तै कतिपयले के कसरी आफ्नो आम्दानीमा ट्याक्स कम हुनेगरि फाइनन्सियल प्लान गर्ने त्यसको ज्ञानको अभावमा सरकारलाई आम्दानीको ठुलो हिस्सा करको रूपमा भुक्तान गरेका छन् । सरकारले कुन कुन फाइनान्सियल प्लानमा कर छुट वा ट्याक्स एडभान्टेज गरेको छ वा Tax Now वा Tax Later (Tax deferred) गरेको छ भन्ने समेत हेक्का नहुँदा कतिपय अवस्थामा अन्यौलमा परेर गलत Financial Decision गर्ने अवस्था देखिएको पनि छ । त्यस्तैगरि How money works भन्ने बारे थाहाँ नहुँदा धेरै अवसरहरू र गलत विक्तिय निर्णयहरू हुन पुगेको पनि देखिन्छ । कतिपय नेपालीले त प्रशस्त बचत गरेको रकम बैङमा बर्षौ राखेर नाम मात्रको ब्याजमा चित्त बुझाएको पनि पाइन्छ तर त्यही रकमबाट उचित विक्तिय लगानीको बाटो रोजेर Money growth छिट्टै कसरी गर्ने भन्ने ज्ञान नपाएर सम्भावित विक्तिय फाइदा लीनबाट वञ्चित भएको पाइन्छ । यस्ता अनेकन समस्याहरू नेपाली समुदायले भोग्दै आएको पाइन्छ तथापि सयौको सङ्ख्यामा रहेका नेपालीका हितका नाममा खोलिएका सामाजिक संघसंस्थाहरुले उचित र भरपर्दो ” विक्तिय ज्ञान”(Financial Knowledge) दिएर नेपाली समाजलाई सुसोचित गरी भविष्य प्रति सुनिश्चित हुने उपाय दिन सकिरहेको पाईदैन बरु केही व्यक्तिहरूको गलत बुझाई र सुनियोजित अफवाहको पछाडि सामाजिक नेताहरू समेत दौडिएर सर्वसाधरणलाई अन्यौल र हतास मनस्थितीमा पार्न खोजिरहेको बेलाबखत देखिन्छ ।

अमेरिका जस्तो नियम र कानुनले सुसोचित ठाउँमा कुनै पनि छलकपटमा कसैलाई जवर्जस्ती विक्तिय योजनामा अनुबन्धीत गर्न सकिँदैन र गरिहाले पनि कानुनी उपचार सजिलै गर्न सकिन्छ । तसर्थ कुनै पनि सुनेको आधारमा हल्लाको पछि लागेर यथार्थतालाई बंग्गाउन खोज्नु सधैँ अनुपयुक्त हुन्छ । अत: हामी नेपालीहरू पनि केही न केही रूपमा विक्तिय ज्ञान भरपर्दो व्यक्ति वा संस्था मार्फत लिएर आफ्नो र परिवारको भविष्य प्रति पुर्णरुपमा विक्तिय सुरक्षा (Financial Protection) आजै बाट अपनाउन आवश्यक कदम चाल्न अग्रसर हौ । आखिर जीवनको सबै भन्दा महत्त्वपूर्ण पाटो भनेकै आफ्नो परिवारको आर्थिक संरक्षण र सदृढ/सुनिश्चित भविष्य हो तसर्थ यसमा विशेष ध्यान दिनु अति आवश्यक छ ।

अन्तमा, रात दिन नभनिकन मिहेनत गरी कमाएको पैसाको सही सदुपयोग हुने गरी परिचालन गर्न एवं आफू र आफ्नो सन्ततीको उज्वल एवं सुरक्षित भविष्यको लागी साथै शारिरीकरुपमा काम गर्न असमर्थ हुने उमेर अर्थात् अवकाश जीवनका लागी पर्याप्त विक्तिय जोहो हुने गरी अहिले देखिने आवश्यक विक्तिय योजनामा बचत परिचालन गर्न थाल्नु जरुरी छ । समयमै उचित बचत गर्दै उक्त बचतलाई विभिन्न खाले उपयुक्त हुने विक्तिय लगानी वा योजनामा प्रवाहित गर्न सके त्यसले भविष्यमा आवश्यक पर्ने विक्तिय समस्या समाधानको लागी प्रयाप्त कोषको व्यवस्था हुन सक्छ । यदि अहिले गर्नु पर्ने बचत ढिला गरी गर्न थालियो भने वा गर्दै गरिएन भने त्यसले भविष्यमा ठुलो पश्चाताप पनि निम्ताउन सक्छ किनकि Value of Money को नियमले पनि के देखाउँछ भने आजको १ डलरको मूल्य भोलीको १ डलर भन्दा बढी हुन्छ तसर्थ पैसाको आयआर्जन क्षमतालाई ध्यान दिदा समेत बचत र लगानी समयमै गर्नु जरुरी हुन्छ । त्यसैले वर्तमान र भविष्यमा एक किसिमको ” Peace of mind ” को लागी समेत आवश्यक Financial Knowledge लिएर समयमै उचित एवं सदृढ निर्णय गरौँ ।

 

=======================
Helping Families RISE,
Naresh KC.
Senior Marketing Director.
Mobile: 4437224428
Email: nareshkcus@gmail.com)
========================

प्रतिक्रिया