अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

गजल-नजर के जुधेथ्यो

बिआरटीनेपाल २०७३ मंसिर २९ गते १:०५ मा प्रकाशित

 

नजर के जुधेथ्यो चाँदनी छरियो जीवनमा
प्यासी घडा अमृत जलले भरियो जीवनमा

कति भएथ्यो नदेखेको खोज्दै खोज्दै हिँडेको
हजारौँ आशाका खोला तरियो जीवनमा

लुकामारी खेल्दै कहिले ऊ माथि बादलमा
कहिले तल समुन्द्रमा झरियो जीवनमा

सोचेकै थिईएन आज एक्लै मुस्काइरहेछु
एकटकले हेरियो छक्क परियो जीवनमा

जता जता जान्छौँ तिम्रो रोशनी साथै
पछि पछि लाग्ने अठोट गरियो जीवनमा

प्रतिक्रिया
लोकप्रिय