अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

अमेरिकाको ग्यास स्टेसन (पेट्रोल पम्प) मा काम गर्दा लुटेराहरुबाट ज्यान बचाउने उपाय

बिआरटीनेपाल २०७३ मंसिर २४ गते ८:०३ मा प्रकाशित

ग्यास स्टेसन अर्थात् पेट्रोल बिक्री केन्द्र र सँगै राखिएको सहज पसल स्टोर अमेरिकन जनताको सबैभन्दा प्यारो र बढी आवतजावत केन्द्र भन्दा भयो । नेशनल एशोसियशन अफ कन्भिनियन्स स्टोर्स नाक्सका अनुसार सन २०१५ को डिसेम्बर सम्मकोलाइ गन्दा अमेरिकामा १ लाख २१ हज्जार ४ सय ४६ ग्यास स्टेसन जसमा ८३ प्रतिशत स्टोर र ग्यास स्टेसन दुवै रहेछ। अमेरिकन श्रम तथ्याङ्क ब्युरोका अनुसार झन्डै ९ लाख २६ हजार ७ सय ९२ कामदारहरु काम गर्दा रहेछन् ग्यास स्टेसन र स्टोरमा गतसालको तथ्याङ्कलाइ हेर्दा। ग्यास स्टेसनमा वर्षमा २ खरब ४९ अरब डलर सामान बिक्री हुदो रहेछ भने नदेखिएका हिसाबलाइ हेर्दा झन्डै ४ खरब सामानहरू वार्षिक बिक्री हुदो रहेछ। यु एस सेन्सस ब्युरोका अनुसार ग्यास स्टेसनले सन २०१३ मा मात्रै प्वाइण्ट १३७ ट्रिलियन अर्थात् १३७ बिलियन डलर राजस्व तिरेछ जुन हरेक वर्ष बढ्दैछ कारण हो हरेक वर्ष अमेरिकी सरकारले बढाउने करको दरले राजस्व बढ्ने गर्दछ।

अमेरिकी दैनिकि अर्थात् जिबनशैलिको एक महत्त्वपूर्ण पर्याय ग्यास स्टेसन तथा स्टोर अमेरिकी साना तथा मझौला व्यवसायको मेरुदण्ड भने भयो । यस ग्यास स्टेसनमा काम गर्ने वर्क फोर्स नै ग्यास स्टेसनको अर्को मेरुदन्ड भन्दा भयो। जहा काम गर्न सहज छ, सजिलो पनि छ काम जानेपछि। असाध्यै दिमाग प्रयोग गर्नु पर्ने पनि होइन ग्यास स्टेसनमा काम गर्न तर ग्यास स्टेसनको व्यवसाय सन्चालन भने त्यति सहज र सजिलो चाहिँ छैन नै। ग्यास स्टेसन जहा धेरै नगदको कारोबार हुन्छ, जहा नगद सकलन बढी हुने गर्दछ। जहा सबै खालका बिहान उठे देखि नसुतेसम्म चुरोट, खैनि, पेय पदार्थ, काने कुरा, पाउरोटि, अन्डा, दूध, पेट्रोल, मट्टीलेत, डिजेल, देखि अति आवश्यक सरसामानहरु सहज र द्रुत गतिमा सेवा पाइन्छ पनि। खुरुरुर्र आयो गाडी वा हिडेर आयो सामान काउन्टरमा ल्यायो वा ड्राइभ वेबाट किन्यो वा पेट्रोल पम्पमा क्रेडिट, डेबिट कार्ड घोट्यो सेवा लियो जहा घन्टौ घण्टा कुर्नु नपर्ने सर्बसुलभ र गतिशील सेवा नै अमेरिकाको स्टोर र पेट्रोल स्टेसनको राम्रा पक्ष भए। चिठ्ठा किन्ने, जिते पैसा लिने, मन लागेका चिजबिज, स्न्याक्स खाजाको छिटोछरितो सेवा पेट्रोल स्टेसनको अर्को राम्रा पक्ष भए। अमेरिका भन्ने मुलुकमा समयको महत्वलाइ प्राथमिकतामा राखिन्छ। समयमा नचल्ने, समयलाई बेवास्ता गर्ने र समयको महत्वलाइ खेलाचि गर्नेहरु अमेरिकामा पछि पर्‍यो वा टिक्नै नसक्ने हुन्छ। समयको रफ्तारमा कुदिरहेको अमेरिकन र अमेरिकालाई छिटो छरितो र आवश्यक चिज र बस्तुको सेवाप्रदायलाइ पेट्रोल स्टेसन अमेरिकामा जिबनशैलि सङ्गै झुन्डिएको छ भन्दा अत्युक्ति नहोला। कागज नभएका जो एशियन, ईन्डियन, नेपाली अरबियन, चाइनिज, कोरियन, पाकिस्तानि वा प्रबासिहरुद्वारा सन्चालित पेट्रोल पम्पमा काम गरिरहेका हुन्छन् तिनका रोजगारीको थलो पनि ग्यास पेट्रोल पम्प र स्टोरहरु बन्ने गरेको छ अमेरिकामा। तर अमेरिकिहरु द्वारा सन्चालितमा चाहिँ कागज नभएकाहरुका लागि त्यति सहज हुँदैन पनि।

दैनिकि नगद सकलित स्थल ग्यास स्टेसन, अति आवश्यक वस्तुहरूको सहज केन्द्र ग्यास स्टेसन सुरक्षाका हिसाबले अति नै जोखिमपुर्ण छ अमेरिकामा। ग्राहकहरुबाट सकलित नगद लुटेराहरुको नजर पर्ने गर्दछ ग्यास स्टेसन। अधिकाश समय डलर नगद र कतिपय समयमा सामान्य बियर, चुरोट वा अन्य सामानहरुको लागि पनि लुटेराहरुबाट पीडित हुने गरेका छन् ग्यास स्टेसनमा काम गर्ने कामदारहरु र सन्चालित गर्ने साहुहरु। अमेरिकाको यस्ता शहरहरु र ठाउहरु छन् जहा ग्यास स्टेसन दिनदहाडै लुटिएका छन्, काम गर्ने कामदारहरु मारिने गरेका छन् र कहिलेकाहि साहुहरु पनि लुटेराहरुबाट मारिने र पीडित हुने गरका छन् अमेरिकामा। यस क्रममा थुप्रै नेपाली कामदार र साहुहरु पनि लुटेराहरुबाट मारिने गरेका छन् अमेरिकामा। अधिकाश काला जाति, केही र ग्यास स्टेसन जस्तै बाल्टिमोर, डेलवारे, एटलान्टा, शिकागो, न्यु योर्क, न्युजर्सि, कोलम्बिया साउथ क्यारोलिना, टेक्सस, ओक्लाहामा, फिलाडेलफिया जस्ता राज्य र शहरहरु ग्यास स्टेसनमा काम गर्न अत्यन्तै जोखिमयुक्त स्थानहरू हुन। जहा प्रायश बुलेट प्रुफ शिसाहरु भित्र बसेर काम गर्ने गरिन्छ। तै पनि लुटेराहरुबाट लुटिने, मारिने र तर्साउने र नगद बोकेर जाने गर्दछन् लुटेराहरु। अधिकाश समय रात्रि समय र बिहानी पखलाइ लुट्ने उत्तम समयको रूपमा लुटेराहरुले प्रयोग गर्ने गर्दछन्। मास्क लगाएर, मुख छोपेर, बन्दुक लुकाएर त कहिले नक्कलि बन्दुक देखाएर पनि लुट्ने गर्दछन् लुटेराहरुले।

ग्यास स्टेशनहरुमा अधिकाश स्थानहरुमा २४ सै घण्टा सर्भेलेन्स क्यामेराहरु राखिएका हुन्छन् नै तै पनि लुटेराहरुले लुटेकै हुन्छन्। लुटेपछि त्यही क्यामेराका कारण केही समातिन्छन त केहीको पहिचान चिन्न सक्दैनन अमेरिकन प्रहरिहरुले। अमेरिकामा कुनै पनि घटना वा परिस्थितिको सुरक्षाका लागि प्रहरी बोलाउनु पर्‍यो भने ९११ डायल गर्नु पर्दछ। नजिकका सिटिका प्रहरिहरुलाइ कप वा पुलिस भनिन्छ भने काउण्टि वा सिटि भन्दा बाहिरको सुरक्षा हेर्नेलाइ सेरिफ भन्ने गरिन्छ अमेरिकामा। ९११ डयल गरेपछि सुरक्षाकर्मि कार्यालयलाई सक्षिप्त घट्ना विवरण दिएपछि (वा कहिलेकाहि ९११ डायल गरेपछि घटनाको स्थल अटोमेटिक पत्ता लगाउछ प्रहरिहरुले) बढीमा ३० मिनेट भित्रमा प्रहरी घट्ना स्थलमा आइपुग्छ र घट्ना अनुसन्धान सुरु हुन्छ यदि घटना ठुलो छ भने चाहिँ यस्तो अवस्थामा सघिय प्रहरी एफ बि आइ को सम्लग्नता हुने गर्दछ।

ग्यास स्टेसनको सुरक्षा जोखिमताबाट कसरि बच्ने? कसरि लुटेराहरुको आक्रमणबाट आफूलाई बचाउने र कसरि सुरक्षित हुने भन्नेमा केही टिप्सहरु वा जानकारीहरू लिनु जरुरी छ जसबाट लुटेराले मार्ने अवस्थाबाट सजिलै बच्न सकिन्छ। लुटेराहरु कस्तो अवस्थामा आउछन, कति पटक स्टोरमा आउने गर्दछन्? उनीहरूले कस्तो व्यवहार देखाउछन? बन्दुक बोकेर आउनेलाइ, चक्कु बोकेर लुट्न आउनेलाइ वा केही पनि नलिकन एकैचोटी नगद भएको रजिष्टर बोकेर जाने वा माग्नेलाइ के गर्ने? उनीहरूले बन्दुक देखाइसकेपछि के गर्ने र लुटेरा भागिसकेपछि के गर्ने? नभाग्दै के गर्ने त? टेक्सासको शिवाकोटि, एटलान्टाका पाठक, साउथक्यारोलिनाका रबिनहरुको जीवन लुटेराले लिदा यदि उनीहरूले पनि यस्तै खालका पूर्व साबधानि र जानकारी भएको भए उनीहरूको ज्यान जान सक्दैन थियो होला। भविष्यमा पनि थुप्रै नेपाली दाजुभाइ दिदिबहिनिहरुको ग्यास स्टेसनमा कार्यरत रहदा यस्ता जानकारिहरुबाट लुटेराहरुबाट जीवन बचाउन सक्दछन।

ग्यास स्टेसनका साहुहरुले आफ्ना व्यवसायमा लुटेराहरुले लुट्ने सभाबनालाइ ध्यानमा राखी पहिले नै बिमा गरिसकेका हुन्छन्। लुटेरा आए भने हात माथि उठाएर रजिष्टर खुरुक्क खोलेर दिए हुन्छ। यस्तो अवस्थामा कहिल्ले पनि लुतेराको अनुहार हेर्ने प्रयास नगर्नु। यदि अनुहार हेरेमा लुटेराहरुले मारिदिन सक्छन्। उनीहरूले के ठान्छन भने मलाइ यसले चिन्ने वा जानकारी राख्ने प्रयास गर्‍यो र प्रहरीलाई हुलिया दिन सक्छ भन्ने ठान्छ लुटेराहरुले। अरू पैसा वरिपरि राखेको छ र लुटेराहरुले मागेमा त्यो पनि दिए हुन्छ। लुटेरा चाडै निस्कने प्रयास गर्नेछ त्यसबेला प्रहरीलाई कल गर्ने कहिले पनि प्रयास नगर्नु होला। जब लुटेरा जान्छ अनि मात्रै ९११ कल गर्ने, साहुलाइ जानकारी दिने। वा रजिस्ट्रर भन्दा तल राखिएको सुरक्षा बटन थिचिदिने तर लुटेरा निस्केपछि मात्रै। ग्यास स्टेसन हल्का वा ग्राहक पातलिएको बेला वा नभएको बेला लुटेराहरुले समय सदुपयोग गर्ने हुँदा यस्तो अवस्थामा को आउँदै छ, बाहिर निगरानी राख्नु होला यस्तो बेलामा सकेसम्म रजिस्टरमा नबस्नु होला। फोनमा टेक्समा, फेसबुक, च्याटमा यस्तो अवस्थामा नबस्नु होला। जसले यो समयको सदुपयोग गर्न सक्नेछन लुटेराहरुले। कहिलेकाहि ग्राहकलाइ पेनि, निक्कल, सुका नपुगेको अवस्थामा झगडा नगर्नु होला। जसले स्थानीय ग्राहकहरु रिसाउन सक्छन् र बेलुकिपख वा स्टोर बन्द भएपछि स्टोर फुटाउन सक्छन् रिसले। कहिले पनि ग्राहकको अगाडी हिसाबकिताब र नगद नगन्नु होला जसले गलत र फटाहा ग्राहकहरुले लुट्ने योजना नबनाओस। तपाईँले देखाएर नगद नगनेसम्म तपाइसङ्ग कति रकम छ भन्ने अन्दाज लगाउन सक्दैनन गलत र क्रिमिनल ग्राहकहरुले। राति हिसाब किताब गर्दा स्टोर बन्द गरेर मात्र गर्नु होला। नगद बोकेर कहिले पनि बाहिर ननिस्कनु जसले गर्दा लुटेराहरुबाट तपाइ नलुटिनोस। कहिले पनि गलत शब्द, नराम्रा शब्द र फोहोरि अग्रेजि शब्दहरू प्रयोग नगर्नु होला ग्राहकका अगाडी वा ग्राहकलाइ उनीहरूले लुट्ने योजना र बदलाको भावना नलियोस। अधिकाश चिनेका, नजिकका र स्थानीय ग्राहक नै हुन्छन् लुट्नेमा। स्थानीय लुटेराहरुले सकेसम्म मार्दैनन तर तपाईँले कुस्ति खेल्न थाल्नु भयो, लखेट्न थाल्नु भयो र दादागिरि देखाउन थाल्नु भयो भने एउटै गोलीले तपाइको पखेरु उडाइदिनसक्छ। सकेसम्म लुटेरालाइ तपाइसङ्ग पनि बन्दुक छ भन्ने नपरोस जसले हतारमा उसको गोलीले पहिले नै तपाइलऐ सिकार नबनाओस। रजिष्ट्रर पछाडि कुनै मेटल वा कुनै फलामको लौरो चाहिँ राखिराख्नु होला केही पर्‍यो भने कहिलेकाहि त्यही फलामको लौराले लुटेरा छिटो भाग्न सक्छ पनि।

तपाइसङ्ग ग्रिनकार्ड छ वा तपाइ अमेरिकाको नागरिक हो भने प्रहरी कार्यालयमा कन्सिल बन्दुकको लागि निवेदन दिनसक्नु हुन्छ र उनीहरूले नै तालिम दिन्छन कसरि बन्दुक चलाउने भनेर र कहिलेकाहि कुनै कुनै राज्यमा सीमित साना बन्दुक लुकाउने गरी लाइसेन्स बिना नै राख्न पाउछन तर बन्दुकको लाइसेन्स बिना बन्दुक देखाउने र खुलमखुला बोकेर हिड्दा फेलोनि को सजाय दिन सक्छ। कथमकदाचित तपाइ फेलोनिको सजाय पाउनु भएको छ भने तपाईँलाई बन्दुक लाइसेन्स दिदैन। लुटेराहरुको मास्क खोल्ने, लखटेने पछि लाग्ने र कुस्ति खेल्ने कदापि प्रयास नगर्नु होला। तपाइको ज्यान भन्दा व्यवसाय नहुन सक्छ। तपाईँले गर्ने सानो गल्तीले लुटेराले तपाइको ज्यान लिने हुँदा वा साहु वा म्यानेजरको बढी माया र धाप पाउन लुटेराहरुसङ्ग मुक्किबाजि नगर्नु होला। कहिले पनिलुटेराहरुले बन्दुक ताकेमा जुन ठाउँमा तपाइ हुनुहुन्छ एक कद पनि नचल्नुहोला। यदि तपाइ चल्न थाल्नु भयो भने उसले आफूलाई असुरक्षित ठान्छ र तपाईँलाई बन्दुक चलाउन सक्छ। लुतेरासङ्ग मुखमुखै नलाग्नु होला। जसले आबेगमा आएर तपाईँलाई बन्दुक चलाउन सक्छ। अत्यन्त साना साना साबधानि र ख्याल गर्दा ज्यान बचाउन सकिन्छ लुटेराहरुबाट। तपाइ कहाँ बस्नु हुन्छ, को कोसङ्ग बस्नुहुन्छ सकेसम्म ग्राहकहरुलाइ नभन्नु होला उनीहरूले योजना बनाउन सक्छन् तपाईँलाई लुट्न। तपाइको ज्यान सुरक्षा तपाइ आफैले गर्ने हो। आफै सजक हुने हो। सकेसम्म जोखिमयुक्त स्थानहरुमा भएका ग्यास स्टेशनहरुमा काम नगर्नु होला। गरी हाले पनि सजक हुने भन्दा अर्को उपाय नै छैन।

काम गर्दा अपनाउनु पर्ने साबधानिहरुले तपाइको जोखिमतामा कमी ल्याउछ। सकेसम्म अग्रेजि भाषा सिक्ने, धेरै बोल्ने प्रयास गर्नु होला भाषाको ज्ञानले पनि तपाईँलाई कन्फिडेन्ट बनाउने, ग्राहकले नहेप्ने र सम्मान गर्ने हुँदा यस्ता लुटेराहरुको सकेत पनि तपाईँले बुझ्न सक्नु हुनेछ। सहज र सजिलो काम त के नै होला र? जहा जुनसुकै ठाउहरुमा पनि एक खालका अप्ठेरा, जोखिम र असहजता त भई नै हाल्छ तर ग्यास स्टेसनमा काम गर्दा जति सहज छ जति तपाइआफु साबधानिपुर्बक काम गर्नु भएको छ त्यसले तपाइको सभाबित सुरक्षाका जोखिमताहरुमा कमी ल्याउनेछ। अरू बाकी अर्को लेखमा।

प्रतिक्रिया