अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

राज अबिरलका ३ गजल

बिआरटीनेपाल २०७३ मंसिर २३ गते १०:२५ मा प्रकाशित

सपनी आयौ तिमी, घात सम्झेर रोएँ
पहिलो प्रहर अनिदो, रात सम्झेर रोएँ

मुटुभित्र सजाएको तस्बिर थियो तिम्रो
मुटु पनि चुडी लाने, हात सम्झेर रोएँ

माया प्रीति पोखिएको रगतले लेखिएको
सम्झनाका तरेली त्यो, खात सम्झेर रोएँ

छुटेपछि साथ हाम्रो गन्तब्य नै फरक हुदाँ
दोबाटोमा फेरी तिम्रै , साथ सम्झेर रोएँ

भाग्य लेख्ने मसी कस्तो,? भाग्यसंग प्रश्न गर्दै
तिम्रो सामु मेरो सानो, जात सम्झेर रोएँ

 

 

कसैको अघि कसैको पछि हराएको छ
यहाँ अबलाहरूको जिन्दगी हराएको छ

कहाँ गएर ढक्ढक्याउँ म न्यायको ढोका ?
हिजो बिस्तराबाटै मेरो साथी हराएको छ

कहिले पश्चिमबाट त कहिले पूर्बबाट सधै
कतै सिमाना त, कतै, नदी हराएको छ

कसले उठाउला यो प्र्रश्न म सोचिरहेछु
यहाँ देशको स्वाभिमान कति हराएको छ

 

यता मलाई राखेर उता आमा र बा राखेर
तिमी कसरी बाँच्छौ मुटु आधा-आधा राखेर

मेटिएन अझै मेरो बर्षौदेखि तिर्खाएको आँत
संगालेर आँसुहरू आफ्नै आँखामा राखेर

ए चरी, तैं भनि दे न, म मुटु जलाउछु भन्दा
किन गयो, जानेले मुटुमा, सम्झना राखेर

कस्तो बनाउला मेरो देशको, नक्सा हेर्नुछ
अर्जुन गएको छ, रावणलाई, सत्तामा राखेर

प्रतिक्रिया