अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

देशलाई अव पृथ्वीनारायण शाह, राजा महेन्द्र र जंगबहादुर जस्ता राष्ट्रवादी नयाँशक्तिको आवश्यकता

बिआरटीनेपाल २०७३ मंसिर २२ गते ७:०९ मा प्रकाशित

प्रधानमन्त्री समेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको छ । नेपालमा संविधान निर्माण गर्ने सभासदहरु,सांसदहरु र नेताहरुले नै संविधान–२०७२ लाई नमानि रहेको र पालना नगरेको अवस्था छ । यसकारण नेपालमा संविधान सभाबाट वि.सं. २०७२ सालअसोज ०३ गते जारी संविधान मरिसकेको छ । जस्तैः २५ जनाभन्दा बढी मन्त्रीमण्डल विस्तार गर्न पाइदैन । तर बढी मन्त्री मण्डल विस्तार गरेका छन् आदि-आदि जस्ता र संविधान सभा नै बहिष्कार गर्ने जलाउनेहरुलाई पनि सरकारमा सहभागि गराएका छन् ।

संविधान सभामा बहिष्कार गर्ने र संविधान जलाउनेलाई सरकारमा सामेल गराउन हुने मैले संविधानको श्राद्ध गर्न किन नहुने ?

संविधान सभालाई नै बहिष्कार गर्ने (संविधान जलाउने) हरुलाई सरकारमा लैजानुको औचित्य के ? मुलुकको हितका लागि संविधान निर्माणमा सहभागिता गराउनु सक्नु पथ्र्यो ।

सत्तालिप्सा बाँडफाँटको भागबण्डामा नौ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पालो, नौ महिना नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पालो यसपछि भागबण्डाको पालो कस्को ?

विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी भएको संविधान ‘हात्तीआयो हात्ती आयो फुस्सा’ भने जस्तै हो ।यो संविधान दिर्घकालिन सम्म टिकाउ संविधान होइन । यो संविधान फेल भएर जानेछ ।

विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । धर्म निरपेक्षता लादियो । यसरी वि.सं. २०६२\२०६३ सालमा नेपालीहरुको धर्म माथि त प्रहार भयो नै अब संस्कार , संस्कृति र भाषामाथि पनि प्रहार हुँदैछ । विध्यार्थीलाई विद्यार्थी, विदयुतलाई विधुत नेपालीहरुलाई शुद्ध भाषा बोल्न र लेख्न नदिने, लिपी नै परिवर्तन गराई दिने, व्याकरण लेस गराइ दिने जस्ता चलखेल र षडयन्त्र हाम्रो मुलुकमा भइरहेको छ ।

हामी आम नेपाली नागरिकहरुको विवेक, बुद्धि, ज्ञान र सचेतना कहिले आउने हो । हामी आम नागरिकहरु धनी छौं । तर हाम्रो मुलुक गरिब छ र सम्पन्न छैन । नागरिक र व्यक्तिहरु जति धनी भएपनि काम छैन । मुलुक धनी र सम्पन्न नहुनु पर्दछ । हाम्रो मुलुकमा आउने दिनहरुको भविष्य ठिक देखि रहेको छैन । मुलुकमा थप जटिलता आउने हो की ?खतराको संकेत महसुस भइरहेको छ ।

मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई प्रधानमन्त्री, मन्त्री, सांँसद र नेताहरु बाट धरापमा पार्ने काम भएको छ । यसका लागि दोषी र जिम्मेवार हामी नागरिकहरु छौं । हामी नागरिकहरुले २१ औं शताब्दीमा आएर पेट्रोलियम पदार्थहरु र ग्याँसको दुःख र सास्ती जीवनमा व्यहोर्नु पर्ला कहिले सोचेका थियौं । यसतै अवस्था मुलुकको रहि रहने हो भने रुवान्डा, सिरिया, अफगानिस्तान, हाइटी, टर्की, लेवनान, सुडान र इथोपिया आदि-आदि जस्ता राष्ट्र हुन के बेर । कति समय लाग्छ र ? सपार्नलाई समय लाग्छ । तर बिग्रनलाई पल भर समय पनि लाग्दैन यसकारण बेलामाआमनागरिकहरु सचेत र जागरुक हुन जरुरी छ ।

नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्म निरपेक्षता लादे, पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए । दोस्रो संविधान सभाबाट वि.सं. २०७२ साल असोज ३गते संविधान जारी पश्चात पनि मुलुकमा आन्दोलनरत दलहरुलाई नेपाल सरकार र शीर्ष नेताहरुले समेट्न नसकेको र द्वन्द्वको अन्त्य गर्न नसकेकोले मुलुकमा थप जटिल परिस्थिति र मुलुक जर्जर अवस्थामा रहेको छ । हाम्रो मुलुकको इतिहासमा नै २०५२ सालदेखिको संक्रमण कालअवस्था आज सम्म रही आएको र अझै कतिन्जेल संक्रमणकाल अवस्था रही रहने हो ? यस संक्रमणकाललाई हटाउन नसकेको मुलुकमा अराजकता र अस्थिरता जस्ता समस्याहरु देखिएका छन् । यस समस्याहरुलाई सुल्झाउन, मुलुकलाई निकास दिननसकेको र अनिर्णयको बन्दी बनाइ राखेकोले नेपालमा राजनीतिक दलहरुको सरकार, सांसद र नेताहरु मुलुक चलाउन र मुलुकलाई निकास दिन असफल भएकाले अब नेपालमा मुलुकको हित र रक्षाका लागि श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र,जंगबहादुर राणाआदि-आदि जस्ता राष्ट्रवादी नयाँशक्तिको आवश्यकता रहेकोले पाञ्चायन पुजा गर्न लागिएको हो।

नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, स्वाधिनता, प्रजातन्त्रको रक्षा, पाँचप्रदेश, हिन्दु राष्ट्र कायमगर्न, राज्यकोष ढुकुटी दुरुपयोग, भ्रष्टाचार र दण्डहिनताको अन्त्यगर्न, मनपरीतन्त्र र छाडातन्त्र आदिआदि जस्ता विकृतिहरु हटाउन मुलुकको हित र रक्षाका लागि श्री ५बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंगबहादुर राणा आदि-आदि जस्ता राष्ट्रवादी नयाँशक्तिको आवश्यकता रहेको छ ।

राज्यविभाजनहुनु (टुक्रिनु) हुँदैन र अखण्ड नेपाल नै रहि रहनुपर्छ भन्ने आम नेपालीनागरिकहरुको भनाई रहेको छ । आम नेपालीनागरिकहरुले विकेन्द्रिकरण खोजेकाहुन् । विगत देखिहालसम्मपाँच वटा विकास क्षेत्र विकेन्द्रिकरण भएर पनिनाममात्रको विकेन्द्रिकरण भएर थन्केर रहिरह्यो । आम नेपालीनागरिकहरुले विकेन्द्रिकरण भएका ठाउँहरुबाट सेवा सुविधाहरु छिटो भन्दा छिटो पाउनखोजेकाहुन् ।

पुर्वाञ्चल विकाश क्षेत्र, मध्यमाञ्चल विकाश क्षेत्र, पश्चिमाञ्चल विकाश क्षेत्र, मध्यपश्चिमाञ्चल विकाश क्षेत्र र सुदुरपश्चिमाञ्चल विकाश क्षेत्र यी ५ वटा विकाश क्षेत्रलाई (१)पुर्वाञ्चल प्रदेश (२)मध्यमाञ्चल प्रदेश (३)पश्चिमाञ्चल प्रदेश (४)मध्यपश्चिमाञ्चल प्रदेश (५) सुदुरपश्चिमाञ्चल प्रदेश नाम राखेर विकेन्द्रिकरण गरिनु पर्छ । राजनीतिक दलहरुका नेताहरु र सांसद (सभासद) हरुको अनिर्णय र अराजकताका कारण मुलुकको हित र रक्षाका लागि श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंगबहादुर राणा आदि-आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता(Requirement of Rise Nationalist New Power) रहेको छ ।

unnamed-1
नोट: 
– संविधानको श्राद्ध जिल्लापर्साको बिरगंजमावि.सं. २०७३ सालश्रावण २० गते गर्दा प्रहरीद्धारा पक्राउ,
– संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमावि.सं. २०७३ सालभाद्र ६ गते,
– संविधानको श्राद्ध जिल्लामकवानपुरको हेटांैडामा वि.सं. २०७३ सालभाद्र ९ गते संविधानको श्राद्ध गरियो ।

 

(नोट: २०७३ साल मंसिर २० गते बिहान ८ बजे जिल्ला मकवानपुरको हेटौँडा सानो पोखरा चोकमा स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले राष्ट्रवादी नयाँशक्तिका लागि पाञ्चायन पुजा गरेका छन् । पुजा पण्डित डिकनाथ पौडेलले गराएका छन् ।)

प्रतिक्रिया