अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

नेपालका फटाहा नेताहरूको भाषाण सुन्नु भन्दा, प्रो.ड/. रामहरी सुबेदीले दिनु भएको साईबर अपराध र सुरक्षा सम्बन्धी ज्ञानबर्दक पाठ सिक्दा धेरै उपयोगी

बिआरटीनेपाल २०७३ मंसिर १३ गते २०:२८ मा प्रकाशित

मैले १३ वटा स्वर्ण पदक ल्याएर देशको शिर उच्च कोटीमा पार्दा कतिले अमेरिकामा मन पराए पराएनन त्यो कुरा मलाई थाहा भएन, तर मेरो मनस्तिथिले जुन व्यक्तिले राम्रो काम गर्छ भने त्यो व्यक्तिलाई समाजले चिन्नु पर्छ भन्ने धारणा बोकेर हिडेको मान्छे हुँ । मेरो राम्रो कामको तुलना कसैले गर्‍यो गरेन मलाई केही भन्नु छैन । तर कसैले देश, जनता, व्यक्ति बचाउने कार्य गर्छ भने मेरो सहयोगी हात सदैव अगाडी बढ्ने छ।
देश जनता समाज र व्यक्ति बचाउने भनेको कुनै एउटा सम्बन्धित निकाय र प्रशासनले मात्र होइन, प्रतेकमा जागरुक ल्याउनु र आँफुले जाने सिकेको कुराहरू अरूलाई र गलत कार्यहरू हुनबाट परिवार, समाज र देशलाई बचाउनु पनि हो ।

कोही डाक्टर हुन्छन् त उसले आफ्नो पेसा र आफ्नो निजी स्वार्थको लागि र आँफुलाई बिद्द्वान भनेर चिनाउनको लागि मात्र बनेका हुन्छन्, तिनीहरूले समाजमा केही पनि दिएका हुँदैनन, केही डाक्टर यस्ता हुन्छन् जो समाज र राष्ट्रको लागि समर्पित हुन्छन्, मानवको सेवामा दिनरात खटिएका हुन्छन् ।

हाम्रो नेपाली समाजमा पनि धेरै सकारात्मक कुरालाई पनि नकारात्मक सोच राखेर हिंडने र अनाबश्याक कुराको बढी भन्दा बढी आलोचना गर्ने बानी छ। अति आवश्यक कुराहरूलाई बुझेर पनि बुझ्न चाहेको हुँदैन, उसले बुझ्यो भनेपनि नकारात्मक सोचको प्रवाह समाजमा गरी रहेको हुन्छ र अरूलाई पनि सिक्ने मौका दिन खोज्दैनन ।

यसै सिलसिलामा केही जानकारी लिन भनेर हिजो नोभेम्बर २७, २०१६ को दिन डिसीनेपाल डटकमका फाउण्डर डाक्टर रामहरी सुबेदीको निवास स्थानमा हामी पुग्यौं । नेपाली कम्युनिटीमा नेतृत्व गर्ने केही साथीहरूलाई राखेर साइबर अपराध र सेक्युरिटी सम्बन्धी दिन खोजेको सत्य तथ्य कुरा केहो त भनेर मैले पनि भाग लिएँ। वहाले दिन खोज्नु भएको जुन कार्यक्रम थियो, यो अहिलेको परिवेशमा आएर अतिनै अवश्याक्ता रहेको मैले महसुस गरेँ ।

वाहाँले एउटा व्यक्ति मात्र नभएर समाज, देश र प्रशासनलाई साईबर अपराधबाट बचाउने कुरो गर्नु भएको थियो। करिब २६ को सहभागिता ५ घण्टे प्रयोगात्कम तालिम, नेपालको सरकारी स्कुलका गरिब बिधार्थीहरुलाई साईबर सुरक्षा सम्बन्धी नि:शुल्क तालिमको सहयोगको लागि २० डलर बुझाउनु पर्ने थियो । हेर्दै जाने हो भने अझै तन्किन्दै जान्छ । यही ज्ञानको बारेमा तपाईँ एउटा क्लास मात्र लिन जानुभो भने करिब ५०० देखि १००० डलर तिर्नु पर्ने थियो जुन डाक्टर सुबेदीबाट प्राप्त भो ।

यत्रो भूमिका बाधेर मैले भन्न खोजेको के भने हिजो साईबर अपराध सम्बन्धी केही सिकेर मुन्टो हल्लाउन्दै घर गएँ। तर आज बिहान एउटा समाचार कस्तो थियो भने सन फ्रान्सिस्को सहरको मेट्रो ट्रेन नै ह्याकरले ह्याक गरेछ ।

News Link
http://www.marketwatch.com/story/hackers-attack-san-franciscos-transit-system-resulting-in-free-rides-2016-11-27

यो समाचार पढ्ने बितिकै डाक्टर रामहरी सुबेदीलाई फोन गरेर हामीलाई साईबर सुरक्षाको सम्बन्ध् सिक्ने जुन समय दिनु भो वाहाँलाई हृदयदेखिनै धन्यवाद दिन मनलाग्यो । समाज सेवा गर्ने भन्दै च्याउ झैँ उम्रीएका संघसंस्थाहरु र नेपालका फटाहा नेताहरूको भाषाण सुन्नु भन्दा, डाक्टर रामहरी सुबेदीले दिनु भएको यो ज्ञानबर्दक पाठ सिक्दा बरु धेरै उपयोगी हुने कुराको मैले महसुस गरेँ । यसरि नै प्रतेक हप्ता समाज सेवाको काममा अघि बढ्नुस भनेर यही पत्र मार्फत वाहाँलाई अनुरोध गर्न चाहान्छु । किनकि यो समाजमा पनि नेपाली युवा युवतीहरु साईबर अपराधबाट पीडित भएका छन्। यो ज्ञानले समाजमा केही राहत दिने छ । नेपालमा भन्दा पनि यहाँ बस्ने नेपालीहरूको लागि यो अभियान झन् आवश्यक छ । वाहाँको यो पुन्य कार्यमा तपाईँ हामी पनि तन मन दिएर लागौं अनि साईबर अपराधबाट भयभित समाजलाई बचाऔं ।

प्रतिक्रिया