अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

जापानमा २ दिन अघि ७.४ रेक्टल स्केलको भूकम्प,फेरी ५४ वर्षकै ठुलो हिम्पात पर्दै, ट्रेन हरू पनि अबरुद्ध हुन सक्ने सन्केत

बिआरटीनेपाल २०७३ मंसिर ९ गते १३:३६ मा प्रकाशित

 

जापानको टोकियो देखी २ घण्टाको दुरिमा २ दिन अगाडि फुकुसिमामा ७.४ रिक्टेल स्केलको भूकम्प गएको थियो भने आज ५४ वर्षकै ठुलो हिमपात पर्ने सन्केत जापान मेटोरोजिकल एजेन्सिले जनाएको छ । जापानको मध्य भागमा रहेको राजधानी टोकियो सहरमा यस अघि यही परिमाणको हिउ सन १९६२ मा परेको आशाही शिन्वुनले जनाएको छ ।यातायात क्षेत्रमा पनि प्रत्यक्ष असर पर्ने देखिएको छ । हिउको कारण हवाइ मार्ग देखी अन्य सवारी साधनहरू सुचारु रूपले चल्नलाई कठिनाइ हरू आउन सक्ने अनुमान गरिएको छ

जापानको मौसम विभागको अनुसार २३ तारिखको बेलुकादेखी नै कान्तो क्षेत्रमा चिसो हावा वहदै हिमपात पर्न सुरु गरेकोछ। र्पवतिय क्षेत्र यामानाशी र नागानो पहाड कान्तोको पूर्वी भागमा पर्ने भएकोले टोकियोमा ठुलो हिमपात पर्न सक्ने अनुमान मौसमविदहरुले बताएका छन्। २ से .मि को हिउ प्राय भूभागमा ,पर्वतिय क्षेत्रमा १५ से .मि र हाकुने देखी टोकियो वरपर १० से.मि सम्म हिउ पर्ने सक्ने जनाएको छ ।

टोकियो को तापक्रम मिनिमम नोबेम्वर २३ मा ६ डिग्री सेल्सियस बाट झरेर त्यसको भोलिपल्टसम्ममा १ डिग्री सेल्सियस सम्म कायम हुन सक्ने अनुमान गरिएको छ । यो समाचार तयार पार्दासम्म टोकियोको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको थियो । समुद्री छालबाट चिसो हावा छर्दै पहाड सम्म फैलिएकोले पनि यसको असर अन्य क्षेत्रमा पनि पर्न सक्ने अनुमान गरिएको छ । जापानको मुख्य सहर टोकियो लगायत क्योटो र ओशाका पनि हिउको प्रभाव प्रत्यक्ष रूपमा पर्ने देखिएको छ ।

जापानमा नोवेम्बर देखी मे महिना सम्म हिउ पर्ने समय भयता पनि मुख्यतया हिउ पर्ने समय भनेको फ्रेब्रुवेरी हो । तर अहिले नोवेम्वरको पहिलो पटकनै ठुलो हिमपात पर्ने भएकोले जापानबासी नेपाली हरू सतर्कता अपनाएर बस्नुहोला , काममा जानु होला । ( शुभरात्री सबैलाई ..! मध्यरात ३ बजे )

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू