अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

मायावी राजनीति र तेजहीन नेतृत्व

बिआरटीनेपाल २०७३ मंसिर ८ गते ९:०९ मा प्रकाशित

नेपालको राजनीति सँधैमायावी रहिआएको छ । पञ्चायत, प्रजातन्त्र र गणतन्त्र कालका ठूल्ठूला राजनीतिक परिवर्तनदेखि लिएर अनेक खाले विद्रोह र आन्दोलनले यो प्रमाणित गरिसक्यो । यस्तो लाग्छ –‘नेपालका सबै परिवर्तनहरूको परिणति भनेकै ‘खोदा पहाड निक्लाचुहा’भएर गयो । यसै सन्दर्भमा ‘जसका लागि गोठ बनायो उसकै पुच्छर बाहिर’ भन्ने उखान झल्झली याद् आउँछ । आएर के गर्नु ?मनोताप हरण गर्ने भएपनि उखानले चुलो बल्दैन, चुलो बाल्न त अहिलेका सन्दर्भमा ग्याँसै चाहिन्छ ।

राजनीतिमा भएको देखिँदैन र देखिएको हुँदैन । अख्तियार प्रमुख लोकमान सिँह कार्की विरुद्धको महाभियोगको छिनोफानो गर्न तीन प्रमुख राजनीतिक दलहरू जति-जति ढिलो गरिरहेका छन्उतिउति यसले ‘रात रहे अग्राख पलाउँछ’ शैलीमा अनेकानेक जरामा आफूलाई फैँलाउँदै नीति कथाकी पात्रा ‘सुरसा’को मुखझैँ बाइरहेको छ भन्ने सुनिन्छ । कतै यसले प्रमुख दलमा विभाजनको भाँजो हालेर संसदमा सो प्रस्ताव फेल भयो भने रक्तवीजभई उठी स्वतन्त्रताको बालीमा पसेको साँडे भई बेमिसाल डुक्रन सक्छ । त्यसो हुन गयो भने राजनीति आफैँ मायावी हैन, यसलाई क्रियाशील गराउनेहरूले नै मायावी बनाएका हुन् भन्ने सन्देश जनतामाजाने खतरा बढेर गयो।

प्रवृत्तिका हिसाबले देशमातीनथरी मानिसहरू छन् –खोले, झोले र मुख नखोले ।

पहिलो थरी ‘खोले’हरूलाई बिहान बेलुकीको खोलेकै चासो हरघडी रहन्छ । मुखमा माड लगाउनै तिनीहरूअहो रात्र चिन्तित हुन्छन् । फुटबलका‘म्याच फिक्सिङ्’हुन या देशको‘राजनीतिक फिक्सिङ्’तिनीहरूलाई पत्तोफाँट हुन्न । समाज शास्त्रीय चेतले भन्छ –‘अपवादलाई छाडेर जसको आर्थिक अवस्था न्यून हुन्छ उसका सन्तान धेरै हुन्छन् । ठीक उल्टो जसको आर्थिक स्थिति दरो हुन्छ त्यसका थोरै देखिन्छन् ।’व्यक्ति र परिवारको अर्थको मापनले मानिसको परिवारिक सदस्य संख्या निर्धारण हुन्छन्÷भएका छन् । कम्तिमा पनि नेपालमा त्यो देखिएको छ ।

दोस्रा थरी मानिसहरू‘झोले’ हुन्छन् । राजनीतिमा मात्र झोले कार्यकर्ता हुँदैनन् । समाज विभिन्नअवयवहरू मिलेर बन्छ । समाजिक परिवृत्तमा भएका‘पावर एक्सरसाइज’गर्ने हरेक क्षेत्रका टाउके र लाउकेहरूका अनन्त छिचीमिरा झैँ झोले कार्यकर्ताहरू हुन्छन् । यो समूहकाहरूले भन्न जानेको र अनुकूल थेगो भनेकै ‘हुन्छ, हजुर र हवस्’ नै हो । समाजिक परिवेशमा रहेका यिनै झोलेका झुण्डले धेरै जसो क्रान्ति,वगावत् र विद्रोह गर्ने हो । ती र तीहरू मध्ये कतिपय शिक्षित र अर्धशिक्षित हुन्छन् । परिवर्तन खातिर लड्ने भिड्ने अनिजीतका जितौरीहरू यिनीहरूका कोटका खल्तीमा र घरका भँडारमा समेत भित्रिन्छन् । यो वर्ग ‘ताक परे तिवारी नत्रगोतामे’ पाइनको हुन्छ ।

राजनीति मादलअदलु बदलु र विचार परिवर्तन गर्न सक्ने अनि दिनलाई रात र रातलाई दिन भनाउन सक्ने मठाधीशहरूका यिर्द गिर्दमा गणेश शैलीमा घुम्ने भएकाले यो वर्ग ‘खोले’ खाँदैन अपितु फाइदाका ‘जूवाकाखाल’माच्याँखे भने थाप्छ । वासमती राइसको उदरपूर्ति गर्दै मल निस्काशन गर्न सक्ने यो वर्ग नेपालाँ धेरै ठाउँमा सुल्सुले भृत्तिमा पसेको छ जसरी चालममा ढुङ्गा, बेसारमा पिठो, मसलामा काठको भुस, घिउमा बोसो, तोरीमा कोदोझैँ नियालेमा दृश्यर माथिबाट मात्रै हेरेका खण्डमा अदृश्यजो हुन्छ । यो वर्ग आफ्ना मालिक वर्गको ‘सलामी, गुलामी र मलामी’मा हरघडी चिन्तित रहन्छ ।सिजन अनुसारका अभिनयमा पारङ्गत यो वर्ग ठेकेदार, डफेदार, पेटी कन्ट्रयाक्टर, कट किन्दार, होलसेलर, डिलर, ब्रोकर, वितरक र रिटेल सबैजसो चालमा आफूलाई मालिकका आज्ञाकारी अनुचर प्रमाणित गर्न सक्षम हुन्छ । कतै यो निजामति कर्मचारीका रूपमा, कतै फ्रेन्चकट दारी आकृतीय प्राध्यापकका टाइमा, कतै कालोकोटधारी वकिलकानोखमा, कतै नाफखोर बेपारीका आकृतिमा र कतै चालीसा लागेका विद्यार्थी नेताका मुखुण्डाहरू लगाएको सूत्रधारका गेट अपमा पाश्र्वमा‘खाइदेऊ सगोत्री’भई देखिन्छ । जो आफ्ना स्वार्थमा निर्णय गराउन सँधै हतारोमा हुन्छ र कुदेको कुदेई गर्छ । यिनीहरूले प्रायःनिजी स्कुल, कलेज, फाइनान्स, सहकारी र सेयर बजारमा आफ्ना सञ्जाल विच्छ्याएका हुन्छन् । तर मार्न तरक्की गर्ने यो वर्ग बहसमा ‘अगर, मगर, लेकिन, बट, किन्तु र तर’ धेरै भन्छ । थेगो र ठेक्कालिन रौसिन्छ । राजधानी र देशैभरि गोष्ठी राजनीति गरेर यसले ‘गोष्ठी रोजगारी’ आफू र आफू मातहतका लागि दिलाउँछ ।

तेस्रो वर्ग भनेको ‘मुखनखोले’ हो । यो हिजो सत्तामा थियो । आजपनि कुनै न कुनै हिसाबले सत्तामा छ । भोलिपनि यो सत्तामै हुन्छ । ‘अङ्ग्रेज चले गए लेकिन अङ्ग्रेजी छोडकर’ भन्ने हिन्दी उखानझैँ यसले आफ्ना सन्ततीलाई भरसक हाइस्कुलको शिक्षानै विदेशमान भएपनि देशका नामीदामी भनिएका प्राइभेट स्कुलमा दिलाएर विदेशका हाईप्रोफाइ लकलेज र विश्व विद्यालयबाट दीक्षित गराउँछ । सके त्यो पुस्ता विदेश बस्छ नसके देश फर्केर अकूत धन कमाउने डिरेक्सनमा लाग्छ । यो वर्गलाई देश संघीयतामा जाओस् किधर्म सापेक्ष होस्,चुनाव नहोस् कि बाल मतलब हुँदैन । यो वर्गसँग शक्ति र मनीपावर दुवै अकूतहुने भएकाले चर्चित बैंक, आइएन्जिओ, हस्पिटल, एलाइट स्कुल, जल विद्युत्कम्पनी, ट्राभल एजेन्सी, मनी चेन्जर, विमान कम्पनी,तारे होटल र उच्च रिजोर्टहरू हुन्छ । यिनीहरू‘एनीहाउ पैसा कमाऊ’ ध्याउन्नमा रहन्छन् ।

देशमा‘खोले’ जनताले देशविरुद्ध हानी नोक्सानीगर्न सक्ने हैसियत राखेको छैन । बरू ज्यादात्तर राष्ट्रियताको भावना यिनैमा देखिन्छ । माटोलाई नमन गर्ने यो वर्ग फाटो के हो भन्ने रत्तिभर जान्दैनँ । वर्तमानको मायावी राजनीति र तेजहीन नेताहरूको कुरूप राजनीतिक रवैयाले जनतालाई वाक्कदिक्क बनाएको छ । समाज विश्लेषकहरूका शब्दमा –‘गरिब देशको सरकार कन्ट्रयाक्टर र अपोजिसन भनेको ठेकेदार हो ।’ भाग शान्ति जय नेपाल गर्ने मामलामा या सेवा सुविधा बढाउने मुद्दामा कतै पनि सरकार र प्रतिपक्षका नेताहरूको दन्तबझान सुनिँदैन । फाइदाकारक राजनीतिक मुद्दामा मात्रै यिनीहरू न्वारान देखिको बल लगाएर घाँटीका नसा सुक्नेगरी बाझाबाझ गर्छन् । संसारमा अहिले ‘¥याडिकल डेमोक्रेसी’का कुराहरू उठिसके । यथा स्थितिको संक्रमणमै रूमल्ली रहन चाहने पुराना वैचारिक मेखालाल गाएका कौन्तेय भनाउँदाहरू नै अहिलेको नेपालको दिशाहीनता, दण्डहीनता, अनिर्णय र अकर्मण्यतालाई चुइगम तन्क्याएझैँ लम्ब्याउन चाहन्छन्किनकि अवसरका माछाहरू पनि पानी धमिलिएकै बेला बढी मर्छन् ।

बेसाएको विचारअनुकूल राजनीतिपन्प्याउनप्रदेशकालागिअन्त्यहीनबखेडा गर्नेहरू नै देश बिर्सिंदै जानेहरूमध्ये हुन् । तिनीहरूलाईयो थाह छैन कि देशभित्रै प्रदेश छ अथवा देश रह्यो भने मात्र प्रदेश रहन्छ । अङ्गीकृतको गीत लेख्दै ‘फिजीकरणको भद्दा रिमिक्स’संगीतमा नाचेर समूल नेपाल औ नेपालीको भलो कवै हुँदैन । यो वात्यो बहानामा हिँसात्मक तबरले ‘नेपाल बन्द’ गरेर दैनिक ४अर्ब घाटा व्यहोर्न बाध्य गराउने अनि अन्त्यहीन राजनीतिका गुलदस्ता नेपाली जनताका नाउँमा भँजाउन खोज्ने भनेकै अस्थिरताका खाल्खाले मतियार नै हुन् ।
इन्भर्टरको उज्यालोमा रमाउने लोकमान भन्दा लोड सेडिङ्लाई पत्तासाफ गर्दै जाने भिजन र मिसनमा हराएको बिजुलीको चहकलाई सुलभ गर्ने कुलमान नै देशका खाँटी छोरा हुन् तर अब पावरका कसिमन खोरहरूले उनलाई राजदूत बनाएर देश बाहिर धकेली फेरि मायावी अँध्याराको साम्राज्य फैल्याउँन बेर पनिछैन ।

अन्त्यमा, शिक्षित, काबिल र चुस्त दुरूस्त सक्षमयुवा पुस्ताले अहिले हामीले भोगेको र व्यहोरेको ‘हाइ लेबल’मा भैरहेको कुराजनीति र लोकतान्त्रिक समाज निर्माणमा बाधा अवरोध पुग्ने गरी नीतिनिर्माण तहमा‘दलगच्चाझार’झैँ तालमा मौलाइरहेको ‘सिण्डीकेट राज’लाई तोड्न पनि मुलुकमा तीन चरणका चुनावहरू अब सडकमै ओर्लेर माग्ने बेला टरी सक्यो । ‘भर्चुअल’दुनियाँका श्वेतपटमा मात्र क्रान्ति र बगावत खोज्ने होइनन कि देशैभरि या समग्र विश्वका कुना कुनामा छरिएर रहेका तमाम मेहनत कशर राष्ट्रवादी नेपालीमा चेतनाको उभार भरेर नयाँ वैचारिक शैलीले नेपाल आमाको मुहारमा कान्ति ल्याउनु परेको छ । ‘युवा देशका लागि र देशका लागि युवा’भन्ने मूलनारा ‘ग्लोकलाइजेसन’गर्दै पुरानार थोत्रा पन्थबाट बाहिर निस्कन अबेला भैसक्यो । युवा पुस्तामा चेतनाभया ।

प्रतिक्रिया