अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

समृद्धिको बाटोमा लम्कदैं दैलेख

बिआरटीनेपाल २०७३ मंसिर ६ गते २३:३० मा प्रकाशित

नेपालको दैलेख जिल्ला प्राकृतिक स्रोत साधन र धार्मिक ऐतिहासिक सम्पदाले भरिपूर्ण जिल्ला हो । यहाँको प्राकृतिक स्रोत साधनलाई उत्खनन् गरेर प्रयोगमा ल्याउने सके दैलेख जिल्लामात्र नभई देशको नै मुहार फेरिने सम्भावनाहरु रहेका छन । पञ्चकोशी तिर्थस्थल, नेपाली भाषाको सवैभन्दा पुरानो अभिलेख, दजनौं जात जातिको उद्गम स्थल, सयौं वर्षदेखि निरन्तर बलिरहेको ज्वाला, दश हजार मेगावाट विद्युत उत्पाद हुने नदी, बाईसे र चौविसे राज्य मध्ये दुईवटा राज्य भएको जिल्ला हो । विभिन्न प्रचुर सम्भावना र ऐतिहासिक महत्वले आफैमा एउटा फरक पहिचान बोकेको जिल्ला हो । मानव सभ्यातादेखि अहिलेको युगसम्म निहालेर हेर्ने हो भन, केही वर्ष अघि ओझेलमा परेको देखिएता पनि तत्कालिन माओवादीले चलाएको दश वर्षे जनयुद्धको अन्त्यसँगै विकासको गतिमा निकै फड्को मारेको छ ।

द्धन्द्धले जिल्लाको समग्र रुपमा सवै क्षेत्रमा सामान्य असर गरेका पनि त्यो दिर्घकालिन ठूलै असर पार्न सकेन । पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका केही भौतिक संरचनाहरु पुर्नः निर्माण गरि गरिएका छन । जिल्लाभर छरपटकरुपमा रहेका ऐतिहासिक भौतिक संचरनाहरुको केही हदसम्म संरक्षण भएका छन । पछिल्लो समयमा जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म चिनिन पुगेका छन । बाह्य तथा आन्तरिक पर्यटकहरु दिनप्रतिदन जिल्लाको अध्ययन÷अवलोकन गर्न आउने गुम्ने गरेका छन । एक वर्षमा कति आन्तरिक तथा बाह्य पर्यटक आए भन्नेमा कुनै सरकारी तथ्य नभएता पनि जिल्लाको प्रवेशद्धार वा तीर्थस्थलहरुसम्म पुगेपछि नयाँ–नयाँ पर्यटकहरु आएको सहजै देख्न पाईछ । तर यहि दृश्यलेमात्र हुदैन जिल्लामा कति पर्यटक आए त्यसको तथ्य राख्न सम्बन्धी निकायको ध्यान जान नसक्नुले जिल्लावासीका लागि दुर्भाग्य नै हो ।

जिल्लामा रहेका इतिहासिक प्राकृतिक र सँस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन जिल्लावासी यतिखेर रातादिन आ–आफ्नो क्षेत्रबाट सक्दो प्रचार–प्रसारको प्रयास गरेका छन । जसले दैलेख नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म चिनिन पुगेको छ । अहिले आएर जीवनमा एक पटक अनिवाय दैलेख जिल्ला घुम्नुपर्ने ठाउँ हो भन्ने मानिको संख्यामा बृद्धि हुदै गहिरहेको छ । जुन असाध्यै सरहानीय पूर्ण कार्य हो । यहाँका ऐतिहासिक कला, संस्कृतिलाई जगेन गर्ने उद्देश्यले काण्ठमाडौमा हप्ताको एक पटक विभिन्न अन्तरक्रिया, छलफल र बहस गर्ने समेतका कामहरु भएका छन ।

जिल्लामा विकास निर्माण र ऐतिहासिक स्रोत साधनले आत्मनिर्भर बनाउनको लागि लगानि कर्ताहरु र जिल्लावासीहरु लागि परेका छन । विभिन्न एनजिओ÷इएनजिओ माफत वा ब्यक्ति गत रुपमा जिल्लामा सहयोग गर्नेहरु पनि छन । यतिमात्र नभएर जलस्रोतमा जिल्ला निकै धनि छ । नेपालका ३ वटा मुख्य नदी मध्य कर्णाली नदीबाटमात्र १० हजार ८ सय मेगावाट विद्युत उत्पान हुने सम्भाब्यता निकालिएको छ । ग्रामिण क्षेत्रहरुमा साना तथा लद्यु जलविद्युत ओयोजना दजनौ छन । कुना कन्दरासम्मका स्थानीयवासीहरुले पछिल्लो प्रविधिको समेत प्रयोग गर्न पुगेका छन ।

राजा महेन्द्रले वि.स. २०१६ सालमा अमेरिका भ्रमणमा जाँदा तत्कालिन राष्ट्रपति आइजन हावरसँग अनुरोध गरी पहिलो पटक कर्णाली नदीलाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयोजकत्वमा अध्ययनमा ल्याउँदा कर्णाली नदीको अध्ययन कार्य सम्पन्न गरिएको थियो । तर विडम्बरना भन्नुपर्दछ नेपाल सरकारले कर्णाली नदी भारतीय कम्पनी जिएमआरलाई सुम्पिसकेको छ । यो दैलेखवासीको लागि दुःखत विषय हो । यलाई बचाउन देशभक्त आमाका सन्तानको आवश्यकता छ । किन भेन, देश आज संघीयतामा गएको छ । सिङ्गो देश भूगोलको आधारमा विभाजन भएको छ । त्यसै अनुरुप हामी ६ नम्बर प्रदेशमा छौं । यस प्रदेशको मृटु भनेको कर्णाली नदी हो । यो नदीले हाम्रोमात्र नभएर नैपालकै मुटु हो जसबाट विद्युत उत्पाद गर्ने हो भने अन्य देशमा विद्युत नियात गर्न सक्छौं । वाईस\चौविसे राज्य मध्ये दुल्लु र वेलापसुर राज्य गरी दुईवटा राज्य दैलेखमा रहेको इतिहास छ । आज यहि दैलेखलाई छर्ठौ प्रदेशको राजधानी बनाउनु पर्दछ भन्ने आवाजहरु उठेका छन । यहाँ यो पंक्ति लेखिरहदा कतै दैलेखलाई ६ नम्बरको राज्यको राज्य बनाउन राम्रो नै देखिन्छ । किन कि दैलेख सवै वस्तुको अध्ययन अवलोकन गर्दा अन्य जिल्ला भन्दा केही आकर्षित, विकसित र धार्मिक दृष्टिले नेपालको तेस्रो जिल्ला हो ।

केही वर्ष पहिला एउटा अध्यारो कोठा सीमित भएको दैलेख जिल्ला अहिले तिव्र रुपमा समग्र विकास भईरहेको छ । मानव सूचाकंनमा पनि राम्रो स्थानसम्म पुग्न सफल भएको छ । विकाससँगै विनाश पनि हुन्छ भनेजस्तै केही हदसम्म पूर्वधार निर्माण गर्दा प्राकृतिक स्रोत साधनको विनास भएपनि पनि विनास भन्दा बढी विकास भएको छ । आफ्नै रफ्तारमा विकास निर्माणका कामहरु भईरहेका छन । स्थानीयवासीहरु दुई तीन दिनको बोटो हिडेर सदरमुकाम आएर आफ्नो काम गर्ने पर्ने बाध्यता हिजो आज हटेको छ । विहान घरवाट गाडीमा बसी सदरमुकाम आई आफ्नो काम सवै पूरा गरी स्थानीयवासीहरु साँझ समयै घरमा पुग्ने गरेका छन । गाउँवस्तीहरुमा नयाँ–नयाँ सहरुका बनेका छन । राष्ट्रिय गौरवका आयोजनले जिल्लालाई समेटेको छ ।

यो जिल्लावासीको लागि अत्यन्तै राम्रो कुरा हो । विभिन्न क्षेत्रमा भएको विकससँगै संचार क्षेत्रले पनि छोटो समयमै फड्र्को मार्न सफल भएको छ । राज्यको नीति निर्माण तहमा पुगेका ब्यक्ति सम्म आवाज विहिनहरुको आवाज सम्बन्धी निकायसम्म सहजै पु¥याउन स्थानीय संचारमाध्यको उल्लेखनिय भूमिका रहदै आएको छ । जिल्लामा मझौला तथा साना उद्योगहरु स्थापना भएका छन । जसले गर्दा विहान वेलाका हात मुख जोड्न मुस्किल भएका घरपरिवारको सामान्य भएपनि रोजगारी पाएका छन । त्यसैले गर्दा दैलेखमा रहेका स्थानीय कच्चा पदार्थहरुको उत्पादनभई प्रयोगमा आउन थालेका छन । कृषि पेशालाई आत्मसाथ गरेका किषकहरुले पनि ब्यवसायिक रुपमा आधुनिक कृषि प्रणाली गर्ने गरेका छन । जसले उनीहरुको घरपरिवारका आधाभूत आवश्यकतालाई परिपूर्ति गर्न सफल भएका छन । यरी हेर्दा समग्र दैलेख जिल्ला पछिल्लो दिनमा समृद्धीको बाटोमा लम्कदै गईरहेको छ ।

 

(लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।

newsdailekh@gmail.com )

प्रतिक्रिया