रिवन इन्टरटेनमेन्ट प्रालि – प्रेस विज्ञप्ति
Loading...

Published on September 24, 2016 at 9:52 am

यस रिवन इन्टरटेनमेन्ट प्रालिद्धारा गत असोज ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्य समारोहका बिच आयोजित दोस्रो संस्करणको मिसेस नेपाल इन्टरननेशनल २०१६ बारे केही प्रतियोगीले असोज ६ गते बिहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका विविध पक्षबारे पैmलाएको भ्रामक तथ्यबारे सम्मानित स्वतन्त्र प्रेस जगतलाई प्रस्ट पार्दछौँ । तसर्थ तपाईँको प्रतिष्ठत सञ्चार माध्यममा यो प्रेस विज्ञप्ति प्रेषित गरेका छौँ ।
प्रथमतः लुकेका प्रतिभाको उजागर गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्येश्यले २०७१ सालमा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको यस रिवन इन्टरटेनमेन्ट प्रालिले विभिन्न उमेर, समूह र वर्गका लागि प्रतिभामूलक तथा सिपकलामूलक विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको यहाँहरुलाई अवगत गराउँदछौँ । यसै सिलसिलामा एक महिनाभन्दा बढी समयसम्म विविध विषयको तालिम र प्रशिक्षण प्रदान तथा अभियान र कार्यक्रम गर्दै गत असोज ३ गते मिसेस नेपाल इन्टरनेशनल २०१६ आयोजना गरिएकोमा पराजित मानसिकताका केही प्रतियोगिले प्रतियोगिताको गरिमा तथा देशकै प्रतिष्ठित व्यक्तित्वहरुको निर्णायक मण्डलको समेत प्रतिष्ठामै आँच आउने गरी भ्रामक तथा कपोकल्पित तथ्य सार्वजनिक गरेकोमा रिवन इन्टरटेनमेन्ट गहिरो दुःख व्यक्त गर्दछ । यसप्रकारको भ्रामक र कपोकल्पित भनाइलाई केही सञ्चारमाध्यमले पत्रकारिताको धर्म र आचार संहिताबिपरित दोस्रो पक्षलाई सम्पर्कसमेत नगरी तथा आप्mना कुरा राख्ने अधिकारबाट समेत वञ्चित गरी केही सञ्चारमाध्यममा समाचार प्रवाह हुनुले हामीलाई आश्चार्यचकित बनाएको छ ।

आवेदनमा आयोजक र निर्णायक मण्डलको निर्णयप्रति पूर्णरुपमा सहमत हुनेछु तथा मेरो कारणले प्रतियोगिताको गरिमामा आँच आए कारबाही भोग्न तयार छु भनेर हस्ताक्षर गरेपछि मात्र प्रतिस्पर्धाको प्रक्रियामा सामेल हुने व्यवस्था रहेको सम्मानित प्रेस जगतलाई जानकारी गराउँदै प्रतियोगिताअन्र्तगतको पुरै समयको तालिम, प्रशिक्षण तथा अभियान र कार्यक्रममा सहभागिता जनाउँदै अन्तिम स्पर्धामा सहभागी भई परिणाम आएको पर्सीपल्ट सुनियोजित ढङ्गले कपोकल्पित आरोप लगाउनु केवल पराजित मानसिकताको उपजबाहेक अरू केही हुन नसक्नेसम्मानित प्रेस जगतलाई जानकारी गराउँदछौँ ।

जहाँसम्म ‘टप २० मा नसमेटिएका व्यक्तिलाई उत्कृष्ट घोषणा गरिएको’ तथा ‘सारै कम नम्बर ल्याएकी मान्छेलाई वीनर बनाउँदा पैसाको खेल भयो भन्ने लागेको’ भन्ने आरोप छ, सो सम्बन्धमा कुनै पनि समयमा जोसुकै सहभागी वा सम्बन्धित पक्षलाई प्रतियोगिहरुले निर्णायक मण्डलबाट प्राप्त गरेको अंक सम्मानपूर्वक सहजरुपमा हेर्न आउनु हुन हामी हार्दिक स्वागत गर्दछौँ । पत्रकार सम्मेलनका क्रममा अभिव्यक्त गरिएका ‘प्रतिस्पर्धाको नाममा बारमा लिएर अनैतिक सम्बन्ध र अनुचित व्यवहार गर्न खोज्नुजस्तो जघन्य अपराधको विरोध गरेका हौँ’, ‘तालिमको क्रममा केटाकेटीको व्यवहार आयोजकबाट खेप्यौ’, ‘अपमानजनक व्यवहार खेप्नु प¥या’े भन्ने भनाई छ, त्यस्तो सम्बन्ध र व्यवहार भएको प्रमाणित गरे आयोजक पक्ष मुलुकको प्रचलित कानुनअनुसार जुनसुकै कारबाही भोग्न तयार रहेको जानकारी पनि गराउँदछौँ । प्रतियोगिताको प्रकृति भनेकै हार र जीत हो भन्ने तथ्यलाई चाहेर पनि हामी कसैले लुकाउन सक्दैनौं । तर पराजय भोगेको कमजोर मानसिकताबाट लगाइएका यस्ता आरोपले व्यक्ति र संस्थाको नैतिकतामा समेत आँच आएको महसुस हामीले गरेका छौँ, यसको मूल्याङ्कन समय, सम्बन्धित पक्ष र सम्मानित प्रेस जगतले समेत गर्नेछ भन्ने विश्वास हामीलाई छ ।
अन्त्यमा, यसप्रकारको मिथ्या र कपोकल्पित आरोपबाट विचलित नहुने विश्वास दिलाउँदै आगामी दिनमा थप स्तरिय र निश्पक्ष कार्यक्रमहरू गर्दै जाने प्रण हामीले गरेका छौँ । केही प्रतियोगिको यसखाले भ्रामक आरोपबाट जो जसलाई चोट पर्न गएको छ र मर्यादामा आँच पुग्न गएको छ, उहाँहरुप्रति हामी माफी चाहन्छौँ । तपाईँको प्रतिष्ठित सञ्चार माध्यमले हाम्रा कदम र कार्यक्रमलाई पु¥याउँदै आउनु भएको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यो सद्भाव प्राप्त भइरहने आशा हामीले गरेका छौँ ।

सहयोग र सद्भावका लागि हार्दिक आभार ।

निशु झा
अध्यक्ष
रिवन इन्टरटेनमेन्ट प्रा.लिई.

Loading...

यसमा तपाइको मत