खाध्य विज्ञानको मान्यतालाई पन्छाएर गरिएको खाध्य अनुगमन

- नारायण घिमिरे, खाध्य वैज्ञानिक, टोरन्टो, क्यानडा

Published on August 24, 2016 at 11:30 am

narayan Ghimire

नेपालको अनलाइन खबरमा डिडिसिमै भेटियो १ लाख किलो म्याद नागेको पाऊडर दूध भनी समचार आयो । त्यसमा पनि एकातर्फ रिलेबलिङ् (Re-labeled) गरिएको समाचार अार्को तर्फ विभागका निर्देशकले ठुलो परिणाममा भएकाले प्रयोग नहोस भनी शीलगरेको भनिएको ब्यहोरा छ। फेरि अन्तमा परीक्षणबाट उपयोग गर्न अयोग्य ठहरिए नष्ट गरिने भनेर नमुना पनि लगेको भनिएको छ।

सामान्य आँखाबाट हेर्दा जे भयो त्यो अाशागरे अनुरूप लाग्न सक्छ । तर प्राविधिक रूपमा हेर्दा यसमा गम्बिर त्रुटि देखिन्छ । सबै भन्दा पहिले यसमा न त डिडिसि न त अनुगमन टोलीले नै खाध्य पदार्थको म्याद भनेको के हो भन्ने बारेनै सामान्य जानाकारि पनि नभएजस्तो देखियो । दोस्रो यदि उनीहरूलाई उक्त जानाकारि थियो भने किन एउटा पक्षले वैज्ञानिक परीक्षण बिनानै रिलेबल गर्‍यो र अार्को पक्षले शील बन्दी गरेर फेरि स्याम्पल लग्यो। स्याम्पल के सम्पूर्ण प्रडक्टको प्रतिनिधि नियमानुसार गरियोकि ख्बास्स १-२ बोरा काटेर लिईयो ?

यदि खान अयोग्य होकि हैन परीक्षण नगरी थाहा नहुने हो भने किन कुन नियतले डिडिसि र सरकारी सम्पतिमाथिनै ऊपभोक्ताको नकारात्मक असर पर्ने गरी मिडियामा यत्रो गाईजात्रा मच्चाईयो ? भोलि के उक्त प्रडक्ट खान र प्रयोग योग्य पाईए यो अनुगमन टोली क्षतिपुर्तिको लागि सक्षम र तयार छ ? कि नेपालमा जे गरे पनि केही हुँदैन उक्त टोलीमा हुदां वाहावाहि कमाउन जस्तोसुकै गैर जिम्मेवार काम गर्न पनि पछि पर्न नहुने नियतबाट ग्रसित छ । कि यसको नकारात्मक असर प्रति केही हेक्का नभएको गोबर गणेश टोली बनिरहेछ अनुगमनको नाममा ?

प्राविधिक रूपमा खानाको प्रयोग म्याद बा सेल्फ लाईफ (shelf Life) बारे कुरा गर्दा “गुड म्यानुफ्याकचरिङ प्राक्टिस” गाईडलाईन GMP Guidelines को आधार लिइन्छ । उक्त जियमपि गाईडलाईन अनुसार खाध्याण्ड ऊपभोक्तामा सिधै जाने हो (Finish Product) बा ऊपभोक्तामा पठाईने खाध्य पदार्थको कच्चा पदार्थको रूपमा जाने हो (Industrial Raw Materials) त्यसमा भर पर्छ । ऊपोभोक्तामा जाने तैयारि खाध्य पदार्थ हो भने यसमा बेष्ट बिभोर डेट (Best Before Date) दिईनुपर्छ र मिति गुज्रेपछि त्यसलाई बजारबाट हटाउन पर्छ । विज्ञको सहयोग लिएर ती पदार्थ अब कम आर्थिक हानि हुनेगरि केमा र कसरि उपयोग गर्नेहो भन्ने तर्फ ध्यान दिइन्छ । फिरन्ते मनिटरिङ टिमका (Mobile Monitoring Team) सदस्यले तेसलाई फोकस गर्नु मुख्य एजेण्डा हुन्छ ।

जहाँसम्म खाध्य पदार्थको कच्चा पदार्थका कुराहरू छन् त्यसलाई जियमपिमा “रि-टेष्ट पिरियड” Re-Test Period भनेर तोकिएको छ । जसमा दिइएको सेल्फलाईफ पार भईसकेपछि निर्धारित वैज्ञानिक परीक्षण हरू गर्ने र विज्ञहरूको राय अनुसार के यो कच्चा पदार्थ अझै फाईनल प्रडक्टमा आशा गरिएको मापदण्ड दिन सक्षम छ भनी मूल्याङ्कन गराईन्छ । र सक्षम पाईए प्रयोग गरिन्छ । यस्तो अवस्थामा सामान्य तया टेस्ट गर्नु पहले दिइएको सेल्फ लाईभ सकिएको दिनबाट सेल्फ लाईफको आधा अवधि (Normally we assign half of the date of previous date assigned as extended shelf life) दिइन्छ । कुनै अंकको आधा कहिल्यै जिरो नहुने हुनाले जब सम्म परीक्षणबाट यो अयोग्य ठहरिन्न तब सम्म यो फाल्नै पर्ने कुरो भएन ।

जाहासम्म डिडिसि (DDC) को केस छ त्यो (Powder Milk saved to use for Reconstitutions) प्रसोधन गरिएको भए पनि कच्चा पदार्थ हो । उपयुक्त परीक्षणले सही ठहर्याए सम्म यो एक्सपायर हुने हुँदैन । यसलाई ऊपभोक्ताको स्बास्थलाई केन्द्रमा राख्दै जबसम्म सुरक्षित पाइन्छ तबसम्म सेल्फ लाईफ बढाऊदै लानुनै वैज्ञानिक पद्धति हो ।

विज्ञान कसैको ईमोसन र सनकको हैन ब्यबारिकताको पक्षधर हुनाले सबैले त्यसलाई मानी आएको हो । त्यसैले ऊधारणको लागि हामी बजारमा खाध्याण्डनै भए पनि चामलको सेल्फलाईफ तोकिन्छ तर धान त बर्षों वर्ष भकारिमै रहेपनि आपत्ति हुँदैन । अब रहयो पाऊडर दूधको कुरा । सामान्यतया रेफ्रिजिरेटरमा मात्र ४-५ दिन टिक्ने पाऊडर दूध सामान्य रूम टेम्प्रेचरमा (Pantry) बन्द प्याक भित्र २ देखि १० वर्ष सम्म टिकेको वैज्ञानिक डाटा छ । यसको गुणस्तर स्टोरेजमा भर पर्ने र सामन्यतया बोरा या कन्टेनरको भित्री प्लाष्टिक एयर टाईट गर्दामात्रै १० वर्ष सम्म टिकाउन सकिन्छ । अझ भ्याकुम प्याक (Vaccum Inerd Pack) गरी कुल ड्राई प्रेसमा (Cold Dry Dark Place) राख्न सके झन् बढी टिकाउन सकिने भई हालियो।

नेपालबाट सुनिएको यो दुरभाग्यपुर्ण समाचार वास्तवमा एक प्रतिनिधि पात्र मात्रै हो । वास्तविकता के हो भने खाध्य क्षेत्रका अतिमहत्बपुर्ण क्षेत्रको निर्णयमा गैर खाध्य बिशेषज्ञको प्रभुत्ब र प्रभाव भएबाट नेपालमा अहिले खाध्य अांतङक मच्चिएको छ। वैज्ञानिक मान्यता (Scientific Facts) र ब्यबाहारिक अनुकुलताका (Applied Feasibilities) विपरीत जे पनि खान नहुने भनी बजारमा डर फैलाऊने काम एकातर्फ भइरहेको छ भने अार्कोतर्फ लामो द्वन्द (very long internal war crisis) लाई पचाएर धन्य टिकेको र बामे सर्दै गरेको डिडिसि वा जसोतसो ऊठन लागेका निजी खाध्य ऊधोगहरू (very small food industries) बन्द गराउने तर्फ चाहेर नचाहेर गतिविधिहरू अघि बढिरहेका छन्।

खाध्य बस्तुको सवालमा नेपालीको टेष्टबड (Taste Buds) भारतीय टेष्टबढसँग मिल्ने हुनाले यी गतिविधिले अन्तत भारतीय खाध्य ऊधोगहरूको लागि बजार तैयारि गरिदिएको छ । नेपालको सम्बन्धित पक्षको ध्यान यसमा तुरुन्तै जाने सँम्भाबना पनि निकै कम देखिन्छ ।

 

Loading...

यसमा तपाइको मत