अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४०
| Colorodo: 05:55
यस वर्षको तिहारलाई लक्ष्यित गरि सन्चालन गरिएको अप्रेसनमा ३ महिलासहित चार सय ६५ जना जुवाडे देशभरबाट पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । विभिन्न ४३ स्थानमा भएका घटनामा तीन करोड ३० लाख रुपैयाँ बरामद भएको जनाइएको छ। यो कात्तिक ३ देखि कात्तिक १३ गतेसम्मको तथ्यांक हो।
दशैँरतिहारको अवसरमा जुवाका गतिविधि ह्वात्तै बढ्न सक्ने आशंका गर्दै प्रहरीले विषेश अप्रेसन चलाएको थियो। राजधानीको महाराजगन्जबाट मात्र एकै ठाउँबाट २५ जुवाडे र २ करोड ६७ लाख रुपैयाँ बरामद भएको थियो। गत आर्थिक वर्षमा देशभर जुवा सम्बन्धी ३ सय ९१ वटा मुद्धा दर्ता भएकामा २ हजार ८ सय ६९ जना पक्राउ परेका थिए।