अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१
| Colorodo: 06:16
सञ्चारकर्मी रवि लामिछानेसहित तीन जना भोलिसम्म हिरासतमै रहने भएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा ‘दुरुत्साहन’ गरेको आरोपमा प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन गरेको कसुरमा आइतबार मुद्दा दर्ता गरेको छ ।
मुद्दा दर्ता भएसँगै अदालतले आइतबार अस्मिताको बयान लिएको छ भने रवि लामिछाने र युवराज कँडेलको बयाल लिन समय अभाव भएको भन्दै भोलिसम्मका लागि अदालतले तीनै जनालाई न्यायिक हिरासतमा पठाएको छ ।
बयानपछि सोमबार थुनछेक बहस हुने जनाइएको छ । थुनछेक बहसपछि अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक निर्णय गर्नेछ । त्यतिन्जेलसम्म तीनै जना प्रहरी हिरासतमै रहने भएका छन् ।