अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

बेलायतको घोषणा– गोर्खा पेन्सन वृद्धि, रकम सिधै स्वदेशी बैंकमा

बिआरटीनेपाल २०७५ फागुन २४ गते ८:५७ मा प्रकाशित

भूतपूर्व गोर्खाहरुका लागि बेलायत सरकारले विशेष सहयोग प्याकेज घोषणा गरेको छ । ब्रिटिश गोर्खा समुदायले उठाएका विभिन्न मागहरु सम्बोधन गर्न गठित संयन्त्रको सिफारिस तथा नेपाल सरकार र ब्रिटिश गोर्खा समुदायसँगको संवादका आधारमा यो प्याकेज घोषणा गरिएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायती रक्षा मन्त्रालयले बिहीबार प्रकाशित गरेको बुलेटिनमा सन् २००७ भन्दा पहिला बेलायतमा सेवा गरेका करिब २२ हजार ब्रिटिस गोर्खाहरुको पेन्सन बृद्धि गरी सन् २०१६ को जनवरी १ देखि नै लागू हुने गरी एकमुष्ट उपलब्ध गराइने घोषणा गरिएको छ । त्यस्तै, ८० वर्ष उमेर पुगेका भुपू बृटिश गोर्खाको पेन्सनमा विशेष बृद्धि गरिने घोषणासमेत गरिएको छ ।

यस्तै, आउँदो १० वर्षको अवधिमा नेपालका ५ वटा शहरमा गोर्खा र तिनका परिवारको लागि मेडिकल सेन्टर स्थापना गर्ने तथा यसअघि गोर्खा पेन्सन बापतको रकम भारतको बैंक हुँदै नेपाल पठाउने प्रचलन रहेकोमा अबदेखि सीधै नेपालको बैंकमार्फत पठाइने भएको छ । त्यस्तै गोर्खा बृगेडमा ४ वर्षभन्दा कम अवधि सेवा गरी स्वास्थ्यको कारणले नेपाल फर्केकाहरुलाई समेत बेलायतमा गएर बसोबास गर्न सक्ने व्यवस्थाको लागि आवश्यक कार्य अघि बढाइनेसमेत प्याकेजमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू