अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

पोखरा कप फुटवल प्रतियोगितामा जापान र क्यामरुन सहित १२ टिम सहभागि हुने

बिआरटीनेपाल २०७५ माघ १३ गते ८:२९ मा प्रकाशित

पोखरामा यही माघ १५ गते देखि सुरु हुने छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगिता २०७५ को तयारी पुरा भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा जापान र क्यामरुनका दुई विदेशी सहित १२ टिम सहभागि हुने भएको एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङले जानकारी दिनुभयो । मंगलबार हुने उद्घाटन खेलमा एपिएफ बिरुद्ध हिमालयन शेर्पा क्लव बिच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट ९ क्लव मनाङ मस्याङदी क्लव, संकटा क्लव, थ्रि स्टार क्लव, नेपाल आर्मी, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ, हिमालयन सेर्पा, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेकाछन्। त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिर्भ्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने भएको एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू