अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

अर्थमन्त्री तथा नेकपा महासचिव पौडेललाई गृह जिल्लामै कालोझण्डा

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:३० मा प्रकाशित

नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह जिल्ला रुपन्देहीमा कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन् । मंगलबार बुटवल पुग्नुभएका पौडेललाई बुटवलमै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले कालोझण्डा देखाएका हुन् ।

लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै उनीहरुले बुटवलको नेपालगञ्जरोडमा ब्यानरसहित उभिएर कालोझण्डा देखाएका हुन् । मन्त्री पौडेल बुटवलबाट सैनामैनामा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो ।

कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै पौडेलविरुद्ध नाराबाजी पनि गरेका थिए। सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया