अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५
| Colorodo: 06:20
कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल अर्थात् पूर्ण बन्द गरिएको छ । हिजो दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
सरकारी कार्यालय खुल्ला नै रहने छन् भने अति आवश्यकबाहेक सेवा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताउनुभयो । डडेल्धुरामा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धेरै सङ्क्रमण देखिएपछि जिल्लाको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो ।