अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२०
| Colorodo: 17:35
रुकुम पश्चिमको सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले घटनाको छानविन सुरु गरेको छ । समितिले हिजो पीडित पक्षसँग भेटघाट गरेर छानविन सुरु गरेको हो । गृह मन्त्रालयका उपसचिव माधव ढकालले छानविन थालेको केहीदिनमा नै तथ्य ल्याउने जानकारी दिनुभयो ।
रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको र नदीमा फालिएको देखिएको चिकित्सकले बताएका छन् । मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एकजना चिकित्सकको भनाई छ ।