अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

मनोज बिकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को विशेष सो हुने

बिआरटीनेपाल २०७६ माघ २१ गते ११:३७ मा प्रकाशित

विश्वका सबैभन्दा होचो कलाकारको रूपमा परिचित मनोज बिकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को विशेष सो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ सङ्घले आगामी शनिवार अर्थात् यही २५ गते फिल्मको विशेष सो आयोजना गर्न लागेको हो । बोनम्यारो रोगबाट केही समयदेखि पीडित मनोजको अहिले उपचार भइरहेको छ ।

परिवारको आर्थिक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाइ उत्पन्न भइरहेको छ । ‘विश्वका होचा कलाकारको छवि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ सङ्घका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले फिल्मको विशेष सो गर्न लागिएको हो ।’ विशेष शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन् । फिल्मको विशेष सोबाट उठेको सम्पूर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ । सो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे राखिएको छ ।

उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरूको समेत उपस्थिति रहने अध्यक्ष शाहीले जानकारी दिए । विशाल सापकोटा निर्देशित फिल्ममा दिनेश राउत र सुभाष थापाको लगानी रहेको छ । फिल्ममा विपिन कार्की , लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रुमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । फिल्ममा विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत, बि. पाण्डेको शब्द, अन्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको सङ्गीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष् पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, विनोद पोखरेलको स्टिल फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रबल कोइराला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू