निवर्तमान प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा आफ्नो १८ महिने कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । सोमबार सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमार्फत अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारलाई सफल बनाउन भूमिका खेल्ने मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत सबैलाई धन्यवाद दिनुभएको हो ।
‘तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो,’ उहाँले लेख्नुभएको छ । उहाँले कानुन नागरिक समाज, सञ्चारकर्मी, सामाजिक संघसस्था र आम जनसमुदायलाई पनि धन्यवाद दिनुभएको छ । प्रचण्ड शुक्रबार पदमुक्त हुनुभएको छ। उहाँको बहिर्गमनसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भइसक्नुभएको छ ।