नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब प्रतिपक्षको भूमिका थप सशक्त हुने बताउनुभएको छ ।। शनिबार पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित महेशपुरमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेंलका पिता पृथ्वीराज कंडेलको नामाङ्करण रहेको बसपार्कको उद्घाटन समारोहमा बोल्दै देउवाले यस्तो बताउनुभयो । अहिले नेपाली कांग्रेस प्रतिपक्षमा रहेपनि कांग्रेसकै आलोचना भैरहेको बताउँदै उहाँले संसदमा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नोसमेत आलोचना गरिहेकाले जनताका समस्यालाई संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुने जनाउनुभयो । ‘अहिले कांग्रेसको मात्रै होइन मेरोसमेत आलोचना भएको छ तर पनि प्रतिपक्षको भूमिका सक्दो रुपमा निर्वाह गरेकै छ, गर्छ पनि’ देउवाले भन्नुभयो।
सभापति देउवाले महेशपुर भन्सार पूर्ण क्षमतामा संचालनमा आउन नसकेको भन्दै यसका लागि समेत छलफल गर्ने उल्लेख गर्दै भैरहवा विमानस्थल पुग्ने बाटो स्तरिकरणका लागि पहल गर्ने पनि बताउनुभएको छ । पूर्व गृहराज्यमन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कंडेंलका पिता पृथ्वीराज कंडेंलको स्मृतिमा बसपार्कको नामाकरण गरिएको र अर्धकदको शालिक निर्माण गरिएको हो । स्व।कण्डेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वी निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । सभापति देउवाले कंडेलका पिता स्वर्गीय पृथ्वीराज कंडेलको अर्धकदको शालिकसमेत अनावरण गर्नुभयो ।