अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:४३ मा प्रकाशित

भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु भएकाे छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय चुनावमा २५ सय भन्दा धेरै राजनीतिक दल सहभागी हुँदैछन् ।भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, द्रविड मुनेत्र कझगम (डीएमके), अखिल भारतीय तृणमूल कांग्रेस (टीएमसी) लगायत मुख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने अनुमान छ । पहिलो चरणमा २१ राज्यका एक सय २ सिटमा मतदान हुन लागेको हो ।

पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल, मेघालय, मिजोरम, नागाल्याण्ड, पुडुचेरी र सिक्किमको सबै निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ । उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रदेशको ६, राजस्थानको १२, उत्तराखण्डको सबै ५ सिटका लागि मतदान हुनेछ । त्यस्तै, पश्चिम बङ्गालको ३, असामको ४, मेघालयको २, अरुणाचलको २, छत्तीसगढको १, महाराष्ट्रको ५, तमिलनाडुको ३९, मिजोरमको १, नागाल्याण्डको १, सिक्किमको १ र त्रिपुराको १ सिटमा मतदान हुँदैछ । चुनावको तयारी पूरा भएको भारतको निर्वाचन आयोगले जनाएको छ ।

मतदान बिहान ७ बजेदेखि शुरु भएर बेलुका ६ बजेसम्म चल्नेछ । यद्यपि, केही राज्यहरूमा मतदान समाप्त हुने समय फरक पनि छ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । पहिलो चरणमा १६ सयभन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमा नौ केन्द्रीय मन्त्री, दुई पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल पनि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू