अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

इजरायली आक्रमणमा सात जना सहायताकर्मीको ज्यान गयो

बिआरटीनेपाल २०८० चैत २१ गते ६:५२ मा प्रकाशित

इजरायली आक्रमणमा गाजाका मानिसलाई खाना र पेय पदार्थमार्फत मद्दत गर्ने संस्था ‘वर्ल्ड सेन्ट्रल किचन’का सात जना कर्मचारीको ज्यान गएको पुष्टि भएको छ । आक्रमणपछि सहायता संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’ ले गाजामा आफ्नो सहायता कार्यक्रम सञ्चालन बन्द गरेको छ ।

यो संस्थाले गाजामा आवश्यकतामा रहेकाहरुलाई खाना र पानी सहयोग गर्न खटिनेहरुले ज्यान गुमाएका बताएको बीबीसीले जनाएको छ । सहायता संस्थाले ३ वटा गाडीमार्फत राहत सामग्री उपलब्ध गराउँदै आएकामा आक्रमणबाट  ३ वटै गाडीमा क्षति पुगेको खबरमा उल्लेख छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनाले ‘अनजानमा’ सहायता संस्थाका प्रतिनिधिहरु आक्रमणमा परेका प्रतिक्रिया दिनुभएको छ । उहाँले  फेरि यस्तो घटना नदोहोरियोस भनेर सुनिश्चित गर्न प्रयासरत रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू