अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

टर्कीको इस्तानबुल आगलागीमा मृतकको संख्या २९ पुग्यो

बिआरटीनेपाल २०८० चैत २१ गते ६:४० मा प्रकाशित

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको इस्तानबुल गभर्नरको कार्यालयले जनाएको छ । शहरको युरोपेलीतर्फ बेसिकटास जिल्लाको गेरेटेपे छिमेकमा रहेको १६ तले भवनको तल्लो तलामा रहेको नाइटक्लबमा मर्मतसम्भार गर्ने क्रममा आगलागी भएको कार्यालयले जनाएको छ ।

आगलागीमा परी घाइते भएकामध्ये एक जनाको उपचार भइरहेको छ । इस्तानबुलका गभर्नर दाउत गुलले घटनास्थलमा पीडितहरू मर्मत कार्यमा संलग्न व्यक्तिहरू रहेको बताउनुभयो । न्यायमन्त्री यिलमाज टुंकले चार कार्यस्थल प्रवन्धक र एक नवीकरण पर्यवेक्षकसहित पाँच संदिग्धहरूलाई घटनाको जिम्मेवार ठहर गर्दै पक्राउ गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू