अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

फिफा वरीयता : नेपाली महिला टोली ५ स्थान माथि उक्लियाे, पुरुष टोली १ सय ७५ औँ स्थानमा यथावत्

बिआरटीनेपाल २०८० चैत २ गते ६:५७ मा प्रकाशित

फिफा वरीयतामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पाँच स्थान सुधार गरेको छ । फिफाको नयाँ वरीयताअनुसार नेपाली महिला टोली एक सय पाँचौं स्थानबाट पाँच स्थान सुधार गर्दै एक सयौँ स्थानमा आइपुगको हो ।

गएको महिना साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनशिपमा नेपाली महिला टोली फाइनलमा पुग्दै उपविजेता बनेको थियो । त्यही प्रतियोगिताको प्रदर्शनका आधारमा नेपाली महिला टोलीको वरीयता सुधार भएको हो । फिफा महिला वरीयतामा स्पेन शीर्ष स्थानमा यथावत् छ ।

यस्तै इङ्ग्ल्यान्ड दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिँदा फ्रान्स तेस्रो स्थानमा यथावत् छ । यसैगरी फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एक सय ७५ औँ स्थानमा यथावत् छ । पुरुष टोलीको वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ । यस्तै फ्रान्स दोस्रो र इङ्ग्ल्यान्ड तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू