अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

मन्त्रिपरिषद् बैठक

बिआरटीनेपाल २०८० फागुन २९ गते ६:१५ मा प्रकाशित

आज बसेको मन्त्रीपषिद् बैठकले विभिन्न निर्णयहरु गरेको छ ।सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा गरेको छ । सोमबार(फागुन २८ गते) बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई गृहमा सरुवा गरिएको हो ।गृहका सचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

सरकारले विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका तीन कर्मचारीलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीमा बढुवा र दुई सहसचिवको सरुवा समेत गरेको छ । सो बैठकबाट यीसहित १३ निर्णय गरिएको शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू