अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

एसीसी महिला प्रिमियर कपमा मलेसियासँग नेपाल पराजित

बिआरटीनेपाल २०८० फागुन ४ गते ७:०७ मा प्रकाशित

एसीसी महिला प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ ।क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले हारेको हो ।नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले एक बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

मलेसियाको जितमा इल्सा हन्टरले अविजित अर्धशतकीय योगदान गरिन् । नेपालकी सिता रानामगर र कविता जोशीले २/२ विकेट, कविता कुँवर र रुबिना क्षेत्री बेल्बासेले एक/एक विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो ।नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाएकी थिइन् भने डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्री बेल्बासेले २०, सिता रानामगर ६ र कविता जोशीले २ रन बनाएका थिए ।

आजैै भएको पहिलो सेमिफाइनलमा युएईले थाइल्याण्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ । अब उपाधि भिडन्त आगामी आइतबार मलेसिया र युएईबीच हुने छ । नेपालले भने आजको पराजयसंगै एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छैन । महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोली तथा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले एशिया टी–ट्वेन्टी प्रतियागिता खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू